होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एक साताभित्र वार्ता टुंगो नलागे नयाँ क्रान्तिकारी पार्टी घोषणा गर्ने उद्घोष गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफू एकताबद्ध एमालेको विपक्षमा नरहेको बताएका छन् । शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा समापन मन्तव्य राख्दै उनले एमालेको एकताकै पक्षमा आफू पनि रहेको बताएका हुन् । एकताका लागि भने उनले सर्त अघि सारेका छन् । लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको […]
पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने संख्या बढी भएपछि सक्रिय संक्रमितको संख्यामा कमी आउन थालेको छ । हाल सक्रिय संक्रमितको संख्या घटेर ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो […]
कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । शैक्षिक सत्र २०७७ […]
२१ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।
सरकारले हरेक वर्ष पुस ११ गते जेष्ठ नागरिक दिवस मनाउने निर्णय गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा हालै बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै परराष्ट्र मन्त्रालयको प्रस्तावमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । त्यस्तै, भारतसँग मल खरिदबारे छलफलका […]
२१ जेठ, सुर्खेत । कोरोना संक्रमित श्रीमतीको उपचारमा लाप्रवाही गरेको भन्दै हुम्लामा एक शिक्षकले स्वास्थ्यकर्मीमाथी हातपात गरेका छन्। चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढालाई शिक्षक अमृत रोकायाले हातपात गरेको हुम्लाका प्रहरी प्रमुख डीएसपी हेरम्ब शर्माले जानकारी दिए । ‘शिक्षकले नै स्वास्थ्यकर्मीमाथी हातपात गरेको उजुरी हामीकहाँ आएको छ,’ डीएसपी शर्माले भने, ‘हाम्रो टिम घटना स्थलमा गैसकेको […]
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटको सुनुवाई गर्ने संवैधानिक इजालसमा सर्वोच्च अदालतका ११ जना न्यायाधीशलाई नराख्न माग गर्दै निवेदन परेको छ । अधिवक्ता राजाराम घिमिरेले ११ जना न्यायाधीशको संसद विघटनविरुद्धको रिटमा सुनुवाइ गर्न स्वार्थ बाझिने भन्दै निवेदन दिएका हुन् । निवेदन दिएको तर दर्ता हुन बाँकी रहेको घिमिरेले जानकारी दिए । घिमिरेले न्यायाधीश दीपककुमार […]
२१ जेठ, काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् । एक पुरुषले उनलाई लठ्ठीले खुटटामा र शरीरमा पिटिरहेको अरु धेरै मानिसले हेरिरहेका छन् । कुटाइ खाने युवक रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान हुन् । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ […]
२१ जेठ, काठमाडौं । नेपाललाई कोरोना खोप दिने निर्णय गरेकोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडनलाई बधाई दिएका छन। सामाजिक संजाल ट्वीटरमार्फत देउवाले यो महत्वपूर्ण सहयोगले नेपाल र अमेरिकाबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास आफूले लिएको बताएका छन्। अमेरिकाले बिहीबार नेपाललगायत विश्वका विभिन्न मुलुकलाई खोप वितरण गर्ने घोषणा गरेको छ । […]
सम्बन्धी अध्यादेशविरूद्धको रिट हेर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले वरिष्ठ न्यायाधीशको संवैधानिक इजलास तोकेका छन् । आजको इजलासमा प्रधानन्यायाधीश राणासहित दीपककुमार कार्की, हरिकृष्ण कार्की, मिरा खड्का र ईश्वरप्रसाद खतिवडा छन्। वरिष्ठ पाँचमध्ये विश्वम्भर श्रेष्ठ अहिले आइसोलेसनमा छन्। त्यसपछिका बरिष्ठ खतिवडा हुन्। नागरिकताजस्तो संवेदनशील र राष्ट्रियतासँग जोडिएको विषयमा अध्यादेश ल्याएको भन्दै अधिवक्ता बोर्णबहादुर कार्की, रामबहादुर शाही लगायतका […]
२१ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको जानकारी दिए । बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उनको […]
२० जेठ, काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको नेपाल पत्रकार महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति जारी गर्दै बजेट सकारात्मक रहेको बताएका छन् । प्रेस संग्रहालय स्थापना, दुर्घटना बीमाको प्रिमियममा ५० प्रतिशत अनुदान, महासंघको निर्माणाधीन भवनलाई बजेटदेखि सरकारी अस्पतालहरुमा पत्रकारहरुको निःशुल्क उपचारसम्मका व्यवस्था बजेटमा समेटिएका छन् । अर्थ […]
कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका समयमा यहाँका व्यापारीले आफूखुशी मूल्य बढाएको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन शुरु गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा प्रशासकीय अधिकृत मधुकृष्ण पौडेलसहितको टोलीले यहाँका प्रमुख बजार दिपायल, पिपल्ला, राजपुरलगायतका क्षेत्रका पसलमा अनुगमन गरिरहेको छ । अनुगमनमा नगरपालिकाका कर्मचारी, पत्रकार, […]
काठमाण्डौ – पूर्वराजा ज्ञानेन्द्र शाहले कोभिड–१९ विरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । बिहीवार आफ्नो र पत्नी कोमलको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै पूर्वराजा ज्ञानेन्द्रले कोभिड–१९ विरुद्धको लडाइँमा खटिनेलाई धन्यवाद व्यक्त गर्नुभएको हो । उहाँले आफू दुई स्वास्थ्यबारे चिन्ता, चासो लिने र शुभकामना दिने सबैलाई आभार पनि व्यक्त गर्नुभएको […]
२० जेठ, काठमाडौं । लामो समय भूमिगत राजनीतिमा सक्रिय भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमतिसँगै नेकपा खुला राजनीतिमा आयो । उनले यसलाई शान्तिपूर्ण राजनीतिमा आएको नभई शान्तिपूर्ण हिसाबले आफ्नो धारणा राख्न तयार रहेको भनेर व्याख्या गरेका छन् । नेकपा गठन भएपछि आफ्नो […]
कैलाली । कैलालीमा जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला प्रशाशन कार्यालय कैलालीले जेठ ३१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । जिल्लामा कोरोना संक्रमणदर केही कम भए पनि तत्काल निषेधाज्ञा खोल्न उचित नहुने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रातोपाटीलाई जानकारी दिए […]
एमाले नेता गोकर्ण विष्टले पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत् अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका पक्षमा निरन्तर लागिरहने बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत विष्टले नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले आफ्नो नाम समेत जोडेर केही सञ्चार माध्यमहरुमा भ्रमपूर्ण समाचार प्रकाशित गर्दै एकताका […]
दार्चुलाका हिमाली क्षेत्रका जनताका लागि यार्सागुम्बा आर्थिक स्रोतको मुख्य आधार हो । खेतबारीमा लगाएको अन्नले तीन महिना नपुग्ने ठाउँमा यार्सागुम्बाको स्रोतबाट वर्षभरिको खाद्यान्न जोहो हुन्छ । यो क्रम एक दशकभन्दा बढी समयदेखि चलिरहेको छ । आर्थिकरूपमा यार्सागुम्बा हिमाली क्षेत्रको बलियो आयस्रोत भए पनि अहिले त्यही यार्सागुम्बा हिमाली क्षेत्रका नागरिकका लागि काल बनेर आएको छ । […]
काठमाडौं । स्कुल अफ डेमोक्रेसी नेपालले ‘महामारी र शैक्षिक अन्यौलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयन’ विषयक भर्चुअल अन्तरक्रिया गरेको छ। भर्चुअल अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि एवं कांग्रेस उपसभापति विमलेन्द्र निधिले महामारीको शैक्षिक अन्यौलतालाई विभिन्न प्रविधिले सहयोग पुर्याएको बताए । तर, विकटका विद्यार्थी भने यो सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। कांग्रेस नेता एवं पूर्वशिक्षामन्त्री दिलेन्द्रप्रसाद […]
९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ५३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ । संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि […]