होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात गाउँपालिकामा खर्च हुन नसकेर रु एक अर्ब १३ करोड […]
धनगढी : दार्चुला जिल्ला अदालतले सामूहिक बलात्कारको अभियोग लागेका दुईमध्ये एक जनाको कसुर ठहर गरेको छ। बलात्कारको मुद्दाका अभियुक्त गाडी चालकलाई सफाइ दिएको अदालतले सहचालकलाई दोषी ठहर गरेको हो। अदालतका सूचना अधिकारी बिमल रेग्मीका अनुसार सोमबार जिल्ला अदालत दार्चुलाका न्यायाधीश लोकजंग शाहको एकल इजलासले १९ वर्षीय सहचालक सन्तोष महरलाई दोषी ठहर गरेको हो भने २७ […]
१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो […]
धनगढीः जिल्ला प्रहरी कार्यालय दार्चुलाले बाढी–पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ। समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत जिल्लाका सबै स्थानीय तहमा बाढी–पहिरोबाट हुने जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो। सचेतनामुलक कार्यक्रम मंगलबारदेखि सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए। उक्त कार्यक्रम एक हप्तासम्म […]
मौसम पूर्वानुमान महाशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाबाट जारी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । यस्तै राति […]
काठमाडौँ– कोरोना भाइरस सङ्क्रमणको सकारात्मक सहउत्पादनका रूपमा विकास भएको शिक्षण सिकाइका वैकल्पिक माध्यममध्ये अनलाइन कक्षामा शिक्षकका आफ्नै गुनासाहरू छन् । अनलाइनमा पढाउने क्रममा शिक्षकका अनेक अनुभवहरू छन् । काठमाडौँ त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयकी शिक्षिका उर्मिला मानन्धरलाई एक दिन एक जना अभिभावकको फोन आयो । ती अभिभावकले शिक्षिकाले नपढाएको भन्ने गुनासो गरे । उर्मिला अचम्ममा […]
११ साउन, काठमाडौं । सरकारको घोषणालाई अटेर गर्दै बसेका ठूला रोजगारदाता पछिल्लो समय सामाजिक सुरक्षा कोषमा धमाधम आबद्ध हुन थालेका छन् । कोष योजनाको कार्यान्वयनमा आक्रामक रुपमा अघि बढ्न थालेपछि रोजगारदाताको कोषमा आबद्धता हुने क्रम बढेको हो । गत असार मसान्तसम्म कोषमा ठूला औद्योगिक घराना, बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, हजारौं श्रमिक कार्यरत ठूला […]
धनगढी । कैलालीमा साउन २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जारी गरेको आदेशमा साउन २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने जनाइएको छ । जारी आदेशमा पूर्वनिर्धारित लिखित तथा प्रयोगात्मक परीक्षा एउटा कोठा वा हलमा २५ जना भन्दा बढी व्यक्ति नहुने गरी दिने व्यवस्था मिलाउने, एउटा सिफ्टका परीक्षार्थी बाहिरिएपछि मात्र अर्को […]
११ साउन, काठमाडौं । डिल्लीबजार कारागारमा रहेका जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन् । जसपाको आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोगले हस्ताक्षर सनाखत गर्न सबै केन्द्रीय कार्यकारिणी सदस्यलाई सोमबार बोलाएको थियो । चौधरी त्यसकै लागि डिल्लीबजार कारागारबाट आयोगमा पुगेका हुन् । उनी प्रहरीको गाडी चढेर आएका थिए । चौधरीले आफूले […]
११ साउन, कञ्चनपुर । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदी बन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, टिनसेट र खाली ठाउँमा […]
११ साउन, हुम्ला । कोरोना महामारीका कारण दुर्गम हिमाली जिल्ला हुम्लामा सबैभन्दा बढी शिक्षा क्षेत्र थिलथिलो बनेको छ । हरेक वर्षको फागुन २ गतेदेखि शुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गत असार १ गतेबाट मात्रै शुरु भयो । नयाँ शैक्षिक सत्र शुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् […]
११ साउन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी श्रीमती सिता दाहाललाई भेटेका छन् । पौडेल सोमबार बिहान खुमलटार पुगेर दाहाललाई भेटेका हुन् । प्रचण्डकी छोरी गंगा दाहालले भेटको तस्वीर सामाजिक सन्जालमा सार्वजनि गर्दै पौडेलले स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उल्लेख गरेकी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री […]
११ साउन, काठमाडौं । उत्तरी भारतमा गुडिरहेको गाडीमा ढुङ्गा खस्दा नौ जना पर्यटकको मृत्यु भएको छ । आइतबार हिमाचल प्रदेशमा भएको उक्त दुर्घटनामा परी थप तीनजना घाइते भएका छन् । भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको एक भिडियोमा पहाडको माथिबाट खसेको ढुङ्गाले एउटा पुल नै भत्काएको देखिएको छ । हिमाचल प्रदेशका मुख्यमन्त्री जाइराम ठाकुरले यो घटनालाई हृदयविदारक […]
बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान […]
काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ ।अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइ गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा अन्य प्रदेशहरुका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुनेछ भने सुदूरपश्चिम […]
काठमाडौँ — आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारी साधनको साँचो बुझाएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघले आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सांकेतिक रुपमा गाडीको साँचो बुझाएका हुन् । महासंघको अगुवाइमा नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज पनि आवद्ध थिए […]
सोमबारदेखि मनसुन सक्रिय भई देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक विस्तारै आउने क्रम शुरु भएकाले सोमबारदेखि मनसुन सक्रिय भई देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । “आज रातिसम्म उक्त रेखा नेपालको तराई भू–भागसम्म आइपुग्ने सम्भावना […]
काठमाडौँ– नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ७६ (९) बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवासँगै रहने गरी श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । स्वास्थ्य तथा […]
१० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घर अगाडि आएर पख्लास्, देख्लास भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै […]
निर्मला पन्त घटनाको अनुसन्धानमा भएका हस्तक्षेप उजागर न्यायका लागि मानव अधिकारले माग गरेको छ । कञ्चनपुरकी १२ वर्षीया बालिका निर्मला पन्तमाथि बलात्कार र हत्याको अपराध भएको आज ३ वर्ष पुगेको छ । यतिका समयसम्म पनि अपराधमा संलग्न र संरक्षणकर्ताहरुलाई कानुनी दायरामा नल्याइएको प्रति यस सञ्जालले गम्भीर चासो व्यक्त गरेको छ । निर्मला पन्त घटनाको अनुसन्धानमा […]