होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
रुकुम १५ जेठ । रुकुम घटनामा मारिएका नवराज विकसहित चारैजनाको आज अन्त्यष्टि गर्न लागेको पीडित परिवारले जानकारी दिएको छ । प्रेमिका लिन चौरजहारी नगरपालिका–८ सोती गाउँ जाँदा मारिएका नवराज र गणेश बुढाको भेरी नगरपालिका–१मा रहेको शिवालय घाटमा दाहसंस्कारको तयारी भएको मृतककी आमा उर्मिला विकले बताइन् । “पोस्टमार्टमको रिपोर्ट आएको छैन । पोस्टमार्टम गरेपछि शव लैजाओ […]
जाजरकोट १५ जेठ : गत शनिबार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा बेपत्ता भएका थप एकजना मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ४ खलंगाका १९ वर्षीय सञ्जु विकको शव घटनास्थलदेखि करिब ४० किलोमिटर जिल्लाको छेडागाड नगरपालिका १३ कालाभिर नजिक भेरी नदीको खोचमा फेला परेको जिल्ला प्रहरी प्रमुख डिएस्पी किशोर श्रेष्ठले बताए । स्थानीयले […]
काठमाडौँ — कोरोना संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि आवश्यक औषधि, उपकरण तथा उपचारको लागि सरकारे बजेटमा ६ अर्ब रुपैयाँ छुट्याएको छ । बिहीबार आर्थिक वर्ष २०७७/८८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोडको बजेट प्रस्तुत गरेका छन् । उनले यो वर्ष स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिने बताएका छन् । […]
दयाराम पण्डित बाजुरा १४ जेठ । पश्चिम रुकुमका नवराज बिक लगायत तीन जनाको बीभत्स हत्यासहित दर्जनौं बेपत्ता पारेको र बाजुरा जिल्लाकै युवा विद्यार्थी कमल उखेडाको हत्याको छानबिन गरी दोषीलाई कार्वाही गर्न माग गर्दै नेबिसंघ बाजुराले बुधबार दिउँसो सदरमुकाम मार्तडीमा प्रदर्शन गरेको छ । एक साता अगाडी सदरमुकाम मार्तडीमा भएको उखेडाको घटना र पश्चिम रुकुममा जाती […]
जाजरकाेट १४ जेठ । शनिबार रुकुम (पश्चिम) को चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]
बर्दिया — गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत सुनिल पाण्डेले जानकारी दिए । अछाममा मजदुरी गरी फर्केका १६ जनामध्ये ती पुरुष बबई क्याम्पसको क्वारेन्टाइनमा थिए । मंगलबार राति ८ बजे उनको मृत्यु भएपछि बबई क्याम्पस सिल गरिएको […]
काठमाडौं : थप ३२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५४८ पुगेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुमा ८ जना, सर्लाहीमा १३ जना र काठमाडौको ३५ वर्षीय पुरुषमा कोरोना भाइरस पोजिटिभ देखिएको हो। डा. […]
नागरिक रैबार/बाजुरा ७ जेठ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाजुराका सचिवालय सदस्य पुरबहादुर रावतले बाजुरा जिल्लामा कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्नेलाई रंगेहात समात्ने चेतावनी दिएका छन् । उनले सामाजिक संजाल फेसबुकमार्फत लेखेर भनेका छन् राष्ट्र सेवा गर्ने राष्ट्रसेवकलाई हाम्राे दरिलाे साथ रहन्छ तर कर्मचारीकाे आवरणमा लुकेर राजनीति गर्ने जाे सुकै कर्मचारीलाई रङ्गे हात समात्ने छाै । बाजुरा […]
काठमाडौँ ६ बैशाख । — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । हाम्रो प्रयास विभिन्न कारणहरूले असफल भएको […]
गीता कँवर अछाम ६ जेठ । पुरै देश बन्दाबन्दीमा रहेका बेला सुदूरपश्चिमको अछाममा भने रोपाइँ सुरु भएको छ । बन्दाबन्दीको बेला सहरबजार सुनसान भएपनि गाउँघरमा चहलपहल बढेको छ । खेतीपातीको समय भएकाले गाउँघरमा चहलपहल बढेको हो। हिउँदे खेती भित्र्याएका किसान अहिले रोपाइँ गर्न व्यस्त छन् । वैशाखको अन्तिम साताबाट अछाममा रोपाइँको चटारो सुरु हुन्छ । […]
प्रज्ञा पनेरु । विचार । अचेल मेरो देशको मानचित्रको खोजी भइरहेको छ । लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे मानचित्र मैले कतै देखें कि देखिनँ, हेक्का छैन, तर यति याद छ, मैले एसएलसी दिँदादेखि अहिलेसम्म सामाजिक शिक्षाको वार्षिक परीक्षामा प्राय: नेपालको नक्सा बनाउने प्रश्न आउँछ । आफ्नो घर-खेतको चित्र कोर्न कहिल्यै सिकिएन तर परीक्षामा अंक आउने भएकाले आफ्नो देशको […]
काठमाडौं ६ जेठ। सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सकिएको छ । नीति तथा कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका गरी १ सय १० जना सांसदले धारणा राखेसँगै छलफल सकिएको हो । नीति तथा कार्यक्रमको सत्ता पक्षका सांसदले राम्रो भएको भन्दै बचाउ गरेका छन् भने प्रमुख प्रतिपक्ष दलका विपक्ष दलका सांसदले कोरोनाविरुद्ध लिनुपर्ने […]
आज जेठ ३ गते । २०५० साल आजकै दिन तत्कालीन समयका लोकप्रिय वामपन्थी नेता मदन भण्डारीको जीप दुर्घटनामा मृत्यु भएको दिन । चितवनको दासढुङ्गा भन्ने स्थानमा भएको जीप दुर्घटनामा चालक अमर लामा बाँचेका थिए भने मदन भण्डारी र जीवराज आश्रितले ज्यान गुमाएका थिए । जीप दुर्घटना रहस्यमय भएको भन्दै तत्कालीन समयमा पनि छुट्टाछुट्टै ४ वटा […]
नागरिक रैबार। बाजुरा ३ जेठ । संघिय सरकारले आज ल्याएको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिमका अधिकांश पूरानै योजनालाइ निरन्तरता दिदै गरेकामा सुदूरपश्चिमलाइ संघीय सरकारकाे पुरानै हेराइ पुष्ठी भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पूरानै योजनालाई निरन्तरता दिईएको हो। राष्ट्रपतिले नीति तथा कार्यक्रम […]
नागरिक रैबार बाजुरा ३ जेठ । लिम्पियाधुरासहितको नक्सा प्रकाशित गर्ने, कोरोना महामारीविरुद्ध केन्द्रित हुने खालको नीति तथा कार्यक्रमका विषयहरु स्वागतयोग्य रहेको बताए । तर, त्यस्तै रावलले नीति तथा कार्यक्रमभित्र रहेको ‘अन्तरदेशीय आर्थिक क्षेत्र’बनाउने विषयमा पनि आशंका गरेका छन् । उनले भारतसँगको सहकार्यमा अतरदेशीय आर्थिक क्षेत्र बनाउने भन्ने विषयको अर्थ के हो स्पष्ट पार्नुपर्ने बताएका थिए […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे स्थायी समितिकाे बैठक बस्ने भएको छ । भोलि ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते बसेको सचिवालय समितिको बैठकमा […]
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ । स्थायी कमिटी बैठक बुधबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बोलाइएको एक स्थायी कमिटी सदस्यले बताए ।
काठमाडौं ३० वैशाख। नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् । थपिएका संक्रमित सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या […]
काठमाडौं ३० बैशाख : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा निर्माण गरिएको चलचित्र ‘कोपिला’ डिसहोम च्यानल मार्फत प्रर्दशनमा आउने भएको छ। दर्शकहरुले चलचित्रलाई डिसहोम च्यानल नम्बर १०८ मार्फत हेर्न पाउने भएका हुन्। बैशाख ३० गतेबाट दैनिक ८ शो प्रदर्शन हुन लागेको यो चलचित्रलाई दर्शकरुले घरमै बसेर आफ्नो समय अनुसार सिनेमा घरमा […]
काठमाण्डाैँ । राष्ट्रघाती सन्धि खारेज गर, टनकपुर सन्धि खारेज गर ! महाकालि नदी साझा हो, पानी आधा–आधा हो !’ यो नेपालको संसदमा लगातार १० घण्टाभन्दा बढी घन्किएको नारा हो । २०४८ मंसिर १८–१९ गते (डिसेम्बर ४–५, १९९१) तत्कालीन प्रधानमन्त्री श्री गिरिजाप्रसाद कोइरालाले भारत भ्रमणको बेला गरेको टनकपुर सन्धिलाई यो सन्धि होइन सहमति मात्र हो भनेपछि […]