होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२४ भदौ, डोटी । सुदूरपश्चिम विश्वविद्यालयले कोरोना महामारी (कोभिड–१९) का कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा […]
काठमाडौं । दिन प्रतिदिन कोरोनाभाइरस संक्रमित वृद्धि हुन थालेपछि गत भदौ ३ गतेयता काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा बुधबार मध्यरातदेखि सकिँदैछ । तीन सातायता लकडाउन जारी गरिएको भएपनि संक्रमण दर घटेको छैन । बरु कोरोना नियन्त्रणका लागि विभिन्न विकल्पमा छलफल हुँदैगर्दा उपत्यका भित्रिने नाकामा सेना परिचालनको समेत आवाज उठ्न थालेको छ । निषेधाज्ञाको ३ साताको अवधिमा […]
२४ भदौ । नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हजार ८१ संक्रमित थपिएसंंगै नेपालमा कुल संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
२४ भदौ, पर्सा । गत असार ३१ मा पर्साको छिपहरमाई गाउँपालिका–३ की ४८ वर्षीया एकल महिलालाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानुसहित आठजनाले बोक्सीको आरोपमा कपाल मुण्डन गरेर गाउँ घुमाए । जनप्रतिनिधिकै संलग्नतामा अर्धनग्न पारेर सार्वजनिकरूपमा कुटपिट गर्नेमा गाउँपालिकाका सदस्य कानुसहित स्थानीय सञ्जय गिरी, मुन्नीलाल परदेशी, सन्ध्या देवी, इन्दु देवी, जितेन्द्र ठाकुर, राहुल ठाकुर र […]
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ। सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। कोभिड–१९ सङ्क्रमणका बिरामी राख्न श्ययाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य […]
२४ भदौ, पोखरा । ५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवम् प्रशासन उपशाखाले उनलाई सशस्त्र प्रहरी गुल्म पोखराको गुल्मपतिमा काज खटाएको हो अञ्चल सशस्त्र प्रहरी गुल्म, गण्डकी […]
नागरिक रैबार बाजुरा २४ भदौ । बाजुरा जिल्ला त्रिविणी नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेका जड्याहालाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण भएको छ । उनीहरुको आक्रमणबाट तिन जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले बताएका छन् । मापसे चेक गरेर प्रहरी चौकी ल्याउने क्रममा प्रहरी […]
पानीलिन घरभित्र पसेको भन्दै मोरङको उर्लाबारी–४ थापाडाँगीकी दलित १२ वर्षीया बालिका फुलसरी मंग्रान्ती (सार्की)लाई निर्घात कुटपिट गरिएको छ । कुटपिटबाट बालिका घाइते भएकी छिन् भने प्रहरीले उजुरी लिन मानेको छैन । फुलसरीलाई छिमेकी नन्दलाल श्रेष्ठ, उनकी पत्नी निर्मला र छोरा अम्बिरले कुटपिट गरेको उनका आफन्त दुर्गाकुमारी रोकाले बताइन् । आमाबुबा बेपत्ता भएकी फुलसरीलाई दुर्गाले नै […]
दार्चुलामा सुरक्षित गर्भपतन गर्ने बढेका छन्। अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन्। विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले भने जिल्ला अस्पतालमा सुरक्षितरूपमा गर्भपतन गराउन थालेका छन्। गत चैत ११ गतेदेखि बन्दाबन्दी शुरु भएपछि सीमा पुल बन्द छ। “जिल्लामा गत आर्थिक वर्षमा २५५ जनाले सुरक्षित गर्भपतन गराएका […]
कोरोनाको सङ्क्रमण बढ्दै गर्दा सङ्क्रमित, तिनका आफन्त र सर्वसाधारणमा मनोवैज्ञानिक असर पर्न सक्दछ । समयमै सचेत हुनसके यसको असर रोक्न सकिने विज्ञहरु बताउँछन् । कोरोना सङ्क्रमणका कारण मन आत्तिने, डिप्रेसन (अवसाद) जस्ता समस्या देखिने गरेको चिकित्सकले जनाएका छन् । चितवन मेडिकल कलेजका मनोरोग विशेषज्ञ प्रा डा सिपी सेढाइँका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि मुटु ढुकढुक […]
२४ भदौ, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले महामारीमा सरकारको उपस्थिति विषेधाज्ञा घोषणा गर्ने सीडीओ र कोरोनासम्बन्धी आँकडा पढ्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता रुपमा मात्र देखिएको छ । कर्मचारीको अनुहार पछाडि लुकेको देशको राजनीतिक नेतृत्व बालुवाटारमा आइसोलेसनमा बसेको तथा रोग र भोगबाट आहत नागरिकलाई सीडीओ र प्रवक्ताको भरमा छाडेको उनले बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा […]
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको आन्तरिक विवाद समाधान गर्ने सहमतिको प्रस्ताव तयार पार्ने गृहकार्यमा जुुटेका छन् । साउन १३ यता रोकिएको स्थायी कमिटी बैठक भदौै २६ गते पुनः बस्ने तय भएसँगै ओली–प्रचण्ड विवाद समाधान गर्ने उपायसहितको संयुक्त प्रस्तावकोे गृहकार्यमा लागेका हुन् । […]
जुम्ला । जुम्ला सदरमुकाम खलङ्गा बजार अन्धकारमा रहेको छ । विसं २०४० मा निर्माण भएको यहाँको घुघुत्ती साना जलविद्युत् आयोजनाको अहिलेसम्म मर्मतसम्भार हुननसक्दा यहाँका उपभोक्ताले दशकौँदेखि दैनिक १८ घण्टा लोडसेडिङको मार खेप्दै आएका छन् । गत वर्ष विद्युत्को क्षमता विस्तारका लागि करिब रु तीन करोडको ठेक्का आह्वान गरेर भारतीय ठेकेदार सुरेन्द्र पासीले दुईवटा नयाँ मेसिन […]
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको बुधबार १०७ औँ जन्मजयन्ती । देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला […]
कोभिड–१९का कारण एक वर्षमा छ लाखभन्दा बढी नेपाली स्वदेश फर्किने एक अध्ययनले देखाएको छ । त्यसरी फर्कनेमा विभिन्न देशबाट रोजगारी, व्यापार, व्यवसाय गुमाउने रहेको राष्ट्रिय योजना आयोगको अध्ययनले देखाएको हो । कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा […]
धनगढी– रोजगारीका लागि भारत गएकाहरू कोरोना संक्रमणको डरले घर फर्किए पनि अहिले भोकसँग हारेर फेरी भारत जाने क्रम बढेको छ। केही महिना घर–गाउँमै बसेका उनीहरु गुजारा चलाउनै मुस्किल भएपछि फेरी भारत जान थालेका हुन्। अहिले पुनः कामकै खोजीमा भारततिर फर्किनेको सीमा नाकामा लर्को छ। त्रिनगर–गौरीफन्टा नाकाबाट मंगलवार पनि चार सय ४८ जना भारत पसेका छन्। […]
जब कोरोना संक्रमितको मृत्यु हुन्छ, शव व्यवस्थापन झमेला बन्छ । सुरक्षित ढंगले शव विसर्जन गर्न अनेकन अड्चन छ । न परिवारजन-आफन्तले शवलाई विधीपूर्वक सद्गद गर्न पाउँछन्, न गाड्ने-जलाउने ठाउँ नै । संक्रमितको शव विसर्जन गर्न खोज्दा कहीँ छिःछि गर्ने त कहीँ ढुंगामुढा गर्ने प्रवृत्ति देखिन्छ । अर्कोतिर के पनि देखिन्छ भने, कोरोना संक्रमितको शवलाई व्यवस्थापन […]
२३ भदौ, वीरगञ्ज । कोरोना महामारी शुरु भएयताका ५ महिनामा देशभर महिला हिंसा तथा मानव अधिकार उलंघनका २ हजार ४६ वटा घटना भएका छन् । शान्तिका लागि साझा अभियान (कोक्याप) ले प्रदेश २ का प्रदेश सभा सदस्य महिला तथा महिला अधिकारकर्मीसँगको भर्चुअल छलफलमा यो तथ्यांक सार्वजनिक गरेको हो । कोक्यापको तथ्याङ्क अनुसार प्रदेश नं २ […]
२३, भदौ, काठमाडौं । मदिरा, वियर वा सूर्तिजन्य पदार्थ उत्पादन गर्ने उद्योगले पैठारीकर्ता तथा बिक्रेतालाई उपहार दिन नपाउने भएका छन् । अन्तःशुल्क ऐन २०५८ मा गरिएको संशोधनपछि यस्तो व्यवस्था लागू कार्यन्वयनमा आएको आन्तरिक राजस्व विभागले जनाएको छ । नयाँ व्यवस्था अनुसार उत्पादकले आफ्ना पैठारीकर्ता र बिक्रेताका लागि छुट दिएर कम मूल्यमा त्यस्ता पदार्थ पनि विक्री […]
२३ भदौ, बुटवल । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले गाई–भैंसी सुत्केरी हुँदा पशुधनी किसानलाई भत्ता दिने नीति लिएको छ । सुत्केरी भएका पशुले सो अवधिमा पोषणयुक्त आहार तथा दाना खान पाउन् र दूध उत्पादक किसानलाई प्रोत्साहन होस् भनेर प्रति सुत्केरी पशु दुई हजार रुपैयाँका दरले नगरपालिकाले भत्ता दिने भएको हो । भत्ता पाउन किसानले गाई–भैँसी सुत्केरी भएको […]