होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ भदौ, विराटनगर । प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका-६ की ३० वर्षीया विमला ऋषिदेवलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याए । प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना गर्न मानेन । उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन । मध्यरातमा खर्च जोहो गर्दागर्दै बच्चा जन्माउन नसक्दा विमलाको ज्यान गएको छ । सुकुमबासी टोलमा बस्दै […]
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आन्तरिक विवादका कारण झण्डै डेढ महिना अघि स्थगित बैठक विवाद समाधानउन्मुख भएपछि शुक्रबार बसेको हो । बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धि १५ बुँदे प्रस्तावमाथि सामान्य छलफल गरेर पारित गर्ने तयारी छ । […]
२६ भदौ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिन एक हजार २०९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ७६ हजार २७१ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ९६ हजार ५५१ नयाँ संक्रमित थपिएका छन् । एकैदिन थपिएका […]
नेपालको राज्य पुनसंरचनापछि पहिलोपटक जनगणना हुँदैछ । संघीय नेपालमा २०७८ सालको जेठ/असारमा हुने जनगणनाले आगामी दशकमा देश विकासको खाका तयार गर्ने प्रमुख आधार तयार गर्नेछ । यस बर्षको जनगणनाले व्यक्तिगत रुपमा करिब हरेक व्यक्तिका करिब ५२ वटा सूचना संकलन गर्नेछ भने सामुदायिक तर्फ करिब १ सयवटा नयाँ सूचनाहरु ल्याउनेछ । यी सूचनाहरुको विश्लेषणबाट सरकारले आगामी […]
जतीय विभेद तथा छुवाछुत मुद्दामा गुल्मीमा पहिलो पटक जिल्ला अदालतले पीडकलाई ३ महिना जेल सजायको फैसला गरेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका–५ फोक्सिङ्गका नेत्रबहादुर काउछा मगरलाई छुवाछुत तथा जातीय विभेद गरेबापत् न्यायाधीश राधाकृष्ण उप्रेतिको ईजालासले ३ महिना जेल सजायको फैसला गरेको हो । काउछा मगरले गत जेठ २३ गते दिउँसो मलामी गएर फर्किने क्रममा अविरल […]
कैलाली – सुदूरपश्चिम प्रदेशमा कोरोना सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको छ । बिहीबार प्रदेशका बिभिन्न अस्पतालबाट थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ७ सय ४३ पुगेको हो । कैलालीका ६७, कंचनपुरका २ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जानकारी दिएको छ । सक्रिय संक्रमितमा अछाम […]
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक आज बस्दैछ । गत साउन १३ गतेदेखि स्थगित स्थायी कमिटीको बैठक आज बस्न लागेको हो । महासचिव विष्णुप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तयार पारेको साझा प्रस्तावमाथि छलफल हुनेछ । अध्यक्षद्वयले अध्ययनका लागि तयार पारेको उक्त […]
२६ भदौ, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ का वडाध्यक्षको निधन भएको छ । वडाध्यक्ष लोकजन हमालको बिहीबार नेपालगञ्जबाट रिफर गरी उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा नवलपरासीमा मृत्यु भएको खार्पुनाथ गाउँपालिकाका लेखा शाखा प्रमुख विशाल बोहराले बताए वडाध्यक्ष हमाल गाउँमा एक्कासि लडेपछि उनको कम्मरदेखि तलको भाग चल्न सकेको थिएन । वडाध्यक्षको निधनको शोकमा आज खार्पुनाथ गाउँपालिकाका […]
धनगढी : धनगढीबाट अछामका लागि छुटेको जीप डोटीमा दुर्घटना हुँदा १२ जना घाईते भएका छन्। आज बिहान ५ बजे से १ ज ११६६ नम्वरको जीप डोटीको पुर्वीचौकी गाउँपालीका १ शान्तीनगर नजीकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। कार्यालयका प्रहरी निरिक्षक कर्णवहादुर बोहराले घाइते सबैको जिल्ला अस्पताल डोटीमा उपचार भईरहेको बताए। जिप सडकबाट एक […]
अछाम : अछाममा रुखमा च्यापिएर एक युवतीको मृत्यु भएको छ। जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साकी २१ बर्षीया निशा थापाको बिहिबार रुखले च्यापिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमलबजारले जनाएको छ। बिहिवार घर नजिकैको बनमा दाउरा ल्याउने क्रममा सल्लाको मुढाले घाँटी च्यापिएपछि उनको घटनास्थलमै ज्यान गएको हो। घटना बिहिवार दिउसो साढे ३ बजेतिर भएको स्थानीय […]
काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन आगामी फागुनको ७ देखि १० गतेसम्म हुने गरी बनाइएको कार्यतालिका प्रभावित भइसकेको अवस्थामा महाधिवेशनको अर्को मिति तोक्नुपर्ने बाध्यता निम्तिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले निर्धारित मितिमा महाधिवेशन सम्भव नभएको स्वीकार गर्दै सबैको सहमतिमा महाधिवेशनबारे निर्णय हुने बताएका छन् । कोरोना महामारीका कारण महाधिवेशनको कार्यतालिका प्रभावित भइरहेको अवस्थामा […]
२६ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीको पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाको व्यवस्था मिलाइएको छ । उनीहरुको पालनपोषण, संरक्षण र शिक्षाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । अभिभावक गुमाएका ७ जना बालबालिकाहरु २५ भदौमा एसओएस बालग्राम काभ्रे पुगिसकेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधासहित बस्नेछन् । […]
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज मनसुनको न्यून चापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । यसैगरी पश्चिम बंगालमा न्यून चापिय क्षेत्रमा अबस्थित छ। जारी मौसम पूर्वानुमानका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली भई केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी […]
काठमाडौं, २५ भदौ । मन्त्रालयले विदेशबाट आउने, एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्दा आफ्नै घर र खर्चमा १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम बनाएको छ । १४ दिनमा कुनै लक्षण नदेखिएमा परीक्षणको आवश्यकता नपर्ने उहाँले बताउनुभयो । यस्तै विदेशबाट आउँदा ७१ घण्टा अघि पीसीआर परीक्षण गरेको रिपोर्टलाई आधार मान्ने निर्णय पनि मन्त्रालयले गरेको छ । मन्त्रालयले […]
२५ भदौ, काठमाडौं । ट्युसन सेन्टरमा बसिरहेकी संगीता मगर र सीमा बस्नेतमाथि २०७१ फागुनको एक विहानै एसिड आक्रमण भयो । जेनी खड्कालाई २०७६ जेठमा श्रीमानले एसिड खन्याए, भदौमा स्कुल हिँडेकी मुस्कान खातुनमाथि एसिड प्रहार भयो । ६ वर्षदेखि एसिड आक्रमणमा परेकाहरुको उपचारमा जुटेका उज्ज्वल विक्रम थापाले एउटा टेलिभिजन कार्यक्रममा भने, ‘ट्रकको ठक्करबाट मृत्यु भएको व्यक्तिलाई […]
२५ भदौ, काठमाडौं । सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको संस्कृति, पर्यटन तथा […]
२५ भदौ, काठमाडौं । बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४६ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् । विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २४ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान […]
२५ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा र गर्भमा रहेको आठ महिनाको शिशु भने जीवितै भेटिए पनि उपचारका क्रममा काठमाडौँ लैजाने क्रममा मृत्यु भएको छ । स्थानीयवासीका अनुसार भिरबाट लडेर तामाङको पेट […]
कोभिड-१९ को खोप बनाउने विश्वव्यापी दौडमा एस्ट्राजेनेका-अक्सफर्डको साझेदारी अग्रपङ्क्तिमा रहेको मानिन्छ यूकेमा एक सहभागी बिरामी परेपछि अन्तिम चरणमा पुगेको कोरोनाभाइरसविरुद्ध बनाइएको खोपको क्लिनिकल परीक्षण अहिलेका लागि रोकिएको छ। झट्ट सुन्दा यो समाचारले अलकति झस्काउन सक्छ। तर खोप विकासमा अक्सफर्ड यूनिभर्सिटीसँग साझेदारीमा रहेको औषधि कम्पनी एस्ट्राजेनेकाले यसलाई “नियमित” स्थगन भनी व्याख्या गरेको छ। उसले ती व्यक्तिमा […]
२५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् । त्यसका निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा […]