होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर […]
१० असोज, बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–१२ मा पहिरो जाँदा उच्च जोखिममा परेपछि थप डेढ दर्जन घर परिवार विस्थापित भएका छन् । नगरपालिकाको वडा नं. १२ कोठिया मैदानको जोख्ले गैरा, पहरेपानी, मैदान लगायतका स्थानमा शुक्रबार दिउँसो जमिन भासिएर माथिबाट पहिरो खस्दा १७ घर बगाएको थियो । गाउँका ३५ घरमध्ये १७ घर बगाएपछि बाँकी डेढ […]
काठमाडौं । स्याङ्जामा पहिरोका कारण १० जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका र कालिगण्डकी गाउँपालिकामा पहिरोको कारण १० जनाको मृत्यु भएको स्याङ्जाका प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले बताए । गए राति २ बजे कालिगण्डकी–४ गोतामेडाँडामा खसेको पहिरोले दुईवटा घर पुरेको हो । गोतामेडाँडामा पहिरोले पुरेर १६ वर्षीय विष्णु बहादुर दमाईको मृत्यु भएको छ । […]
काठमाडौं, ८ असोज । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको जनाएको छ । विभागले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा अति भारी वर्षा भैरहेको जनाएको छ । विभागका अनुसार देशभर सामान्य देखि […]
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवम् गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले दुई वर्षभित्र बृद्धभत्ता रु पाँच हजार पुग्ने बताएका छन् । पोखरा महानगरपालिका वडा नं १७ सितापाईलास्थित पोखरा बृद्धाश्रमको २४ औं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनको बुधबार यहाँ उद्घाटन गर्दै उनले सरकारले जेष्ठ नागरिकलाई सार्वजनिक यातायात सुविधासहित निःशुल्क स्वास्थ्य उपचारको नीति लिएको बताए । […]
८ असोज, वीरगञ्ज । प्राध्यापक डाक्टर गोविन्द केसीमाथि भएको अभद्र व्यवहारको वीरगञ्जका चिकित्सकहरुले पनि विरोध गरेका छन् । उनीहरुले डा. केसीमाथि भएको अभद्र व्यवहारको विरोध गर्दै आज हातमा कालोपट्टी बाँधेर काम गरेका छन् । जनताको प्रत्यक्ष सरोकारको विषयमा आवाज उठाउनु आम नागरिकको प्रजातान्त्रिक अधिकार भएको मुलुकमा बल प्रयोग गरी अमर्यादित ढंगले अनसनरत डाक्टर केसीमाथि अभद्र […]
८ असोज, कैलाली । २०७५ साउन १० गते गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी कञ्चनपुर भिमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्त ११ गते उखुबारीमा मृत भेटिइन् । बलात्कारपछि उनको हत्या भएको थियो । घटना भएको २ वर्षमा अपराधीको पहिचानसम्म भएको छैन । सुदूरपश्चिम प्रदेशमा यो मात्रै एउटा घटना होइन, जसको दोषी पक्राउ नपरेको होस् । […]
काठमाडौँ । २८ महिनाअघि तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यहरूलाई पारिश्रमिक दिने भएको छ । यसका लागि नेकपाले आइतबारबाट सुरु भएको सचिवालय बैठकमा कार्यसूची नै लगेर छलफल थालेको हो । ‘केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्ने प्रस्ताव राखिएको छ,’ प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘तलदेखि […]
धनगढी : कोरोना भाईरसको संक्रमण रोकथामका लागि ६ महिनादेखि बन्द रहेको हवाइ उडान आजदेखि फेरी सुरु हुने भएको छ। सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै आजदेखि धनगढी–काठमाडौँ–धनगढी सुरु हुन लागेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले आज बुद्ध एयरले उडान भर्ने जानकारी दिए। थापाका अनुसार बुद्ध एयर काठमाडौँबाट १० बजेर ५० […]
बझाङ – करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ । अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका […]
काठमाडौं – सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा गत २८ भदौमा बसेको बैठकले उपचार सम्बन्धमा चिह्न वा लक्षण देखिएका विपन्न नागरिकको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । विपन्न नागरिकको पहिचानका लागि के गर्ने भन्ने ठोस योजना […]
५ असोज, काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित भएकी छन् । राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन् । उनी राष्ट्रिय महिला आयोगका पूर्वअध्यक्षसमेत हुन् । जनसंख्या र विकासका लागि अन्तर्राष्ट्रिय सम्मेलन (आइसीपीडी)को २५ […]
कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पार्टीलाई बलियो शक्ति बनाएरै छाड्ने दृढता व्यक्त गरेका छन् । आज पार्टी सम्बद्ध जनवर्गीय संगठनका पदाधिकारी, सदस्यहरुसँग भर्चुअल बैठक गर्दै अध्यक्ष थापाले नेपालको भू–राजनैतिक अवस्थाका कारण राप्रपाले बोकेको विचारले मात्र मुलुकलाई सवल, समुन्नत र स्वाधिन बनाउन सक्ने दावी गरे । पार्टीका विषयमा रहेका भ्रमलाई चिर्न जनवर्गीय संगठनका […]
४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री एवं […]
४ असोज, काठमाडौं । नेपाली कांग्रेस नेता गगनकुमार थापाले सरकारप्रति असहमति राख्नेलाई प्रहरी लगाएर तर्साउन खोजिएको बताएका छन् । ‘लोकतान्त्रिक मुलुकमा आफ्ना विचार राखेकै कारण कसैमाथि दुव्र्यवहार गर्ने होइन’ थापा भन्छन् । फरक मत राख्ने नागरिकमाथिको श्रृंखलाबद्ध आक्रमण आकस्मिक नभई योजनाबद्ध रहेको उनको विश्लेषण छ । ‘पछिल्ला केही घटनाहरू हेर्दा ड्युटीमा खटिएका प्रहरीको आकस्मिक प्रतिक्रिया […]
काठमाडौँ । पहिलोपटक कोरोना संक्रमणबाट नेपाली सेनामा कार्यरत एक जनाको मृत्यु भएको छ। काठमाडौँ उपत्यकामा कार्यरत रामेछापका ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको नेपाली सेनाले जनाएको छ । लामो समयदेखि ब्लड क्यान्सरका बिरामीसमेत रहेका ती जवानको भदौ २९ गते मृत्यु भएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए । पौडेलका अनुसार मृत्युपछि […]
बैतडी : जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रुबेलाको रोग देखापरेको छ। पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए। उनका अनुसार दशरथचन्द–२ का २ वर्षीय बालकमा रुबेला, पाटन–४ का ४ वर्षीय बालक र दशरथचन्द नगरपालिका ६ की १८ वर्षीया किशोरीमा दादुरा देखिएको हो। दादुरा […]
४ असोज, काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न सक्ने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबार (५ असोज)बाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । तर, उक्त पत्रमा यात्रु रहने सिट संख्याका बारेमा केही उल्लेख छैन । मन्त्रालयका अनुसार वायुसेवा […]
काठमाडौं – कालिमाटी प्रहरीको घेरा तोडेर हत्कडीसहित चारजना आरोपी भागेको घटना छानविन गर्न प्रहरी सहायक निरिक्षक (असई)लाई निलम्बन गरिएको छ । आरोपी भागेको बेला ड्युटी अघिकृतको भुमिकामा रहेका प्रसनी विरेन्द्र राय यादवलाई निलम्बन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) सोमेन्द्र राठौरले रातोपाटीलाई बताए । शुक्रवार (२ असोज)को विहानीपख चोरी अभियोगमा पक्राउ गरिएका अनिल जैसवाल, […]