होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]
काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी […]
आज देशका स्थानमा मध्यम र भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । विभागका अनुसार आज देशभर साधारणतया बदली रहनेछ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागलगायत लुम्बिनी र सूदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी भू–भागका थोेरै […]
काठमाडौँ — जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । बानेश्वरकेन्द्रित प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । ट्रमा सेन्टरमा ७, एभरेस्टमा ३, सिभिल अस्पतालमा २, त्रिवि शिक्षणमा १ र केएमसीमा १ जनाको मृत्यु भएको हो । विभिन्न अस्पतालमा २ सयभन्दा बढीको उपचार भइरहेको छ । सिभिलमा १००, ट्रमामा ५०, एभरेस्टमा […]
काठमाडौं । गोरखाको भिमसेन थापा गाउँपालिका ३ तान्द्राङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौंबाट गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार २२ मध्ये २१ जना घाइते भएका र तीमध्ये ३ जनाको अवस्था […]
सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती कसुरमा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महर हाजिरी जमानीमा छुटेका छन् । विद्युतीय अपराधको उजुरीका आधारमा पक्राउ परेका उनलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले बताए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत, काठमाडौंमा पक्राउ पुर्जीका लागि अनुरोध गरेको थियो । त्यसपछि अदालतले भदौं […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बर्कुमा आज साँझ भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा गाउँपालिका–१ बर्कुका ३८ वर्षीय पदम बुढा रहेका छन्। गाउँपालिका–३ जुकुका लोकेन्द्र रोकाया गम्भीर घाइते भएका छन्। घाइतेको बर्कु स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका […]
नागरिक रैबार/बाजुरा २८ साउन। उपचारका क्रममा नेपाली सेनाका हवल्दार कृष्णप्रसाद जोशीको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका–७ स्थायी घर भएका ३८ वर्षीय जोशीको उपचारकाे क्रममा काठमाण्डाैंको शिक्षण अस्पतालमा मृत्यु भएको हो । नेपाली सेनामा २० वर्षदेखि सेवा गरिरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि ९ दिनदेखि नेपाली सेनाको छाउनी अस्पतालमा उपचारारत रहेका थिए । मृतक हवल्दार जोशी […]
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ . पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा […]
काठमाडौँ । हाल देशभर साधरणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ र पश्चिममा नेपालको तराईको नजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा हल्का र थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। आज […]
नागरिक रैबार बाजुरा २१ साउन जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत कार्यालय सहयाेगी नर बहादुर रावलकाे उपचारका क्रममा काठमाडौंमा मृत्यु भएकाे छ । रावलकाे मंगलबार दिउसाे काठमाडौंकाे प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे मृतकका आफन्त नरेन्द्र रावलले बताएका छन् । उनका अनुसार रावलकाे एक महिनादेखि पेटमा पानी जम्ने समस्या देखिएपछि उपचारमा लागि काठमाडौं ल्याईएकाे थियाे । […]
काठमाडौं । गत वर्ष भन्दा यो वर्ष कक्षा १२ को नतिजा ९ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै ९ प्रतिशतले नतिजा वृद्धि भएको जानकारी गराएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम अधिकारीले विद्यार्थीको मिहेनत र अभिभावक सिरियस भएका कारण नतिजा वृद्धि भएको बताए । उनका अनुसार, […]
नागरिक रैबार/बाजुरा १९ साउन। बाजुराको बडीमालिका नगरपालिकाले प्रमुख धार्मिक स्थल बडिमालिकामा लाग्ने मेलाकाे अवसरमा २ दिन विदा दिने भएको छ । साेमबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गरेर साउन २० र २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन आज बसेकाे कार्यपालिकाको बैठकले उक्त २ दिनसार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । […]
नागरिक रैबार/बाजुरा १८ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहि साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ । स्थानीय तहमा भइरहेको विकास निर्माण बारे सम्वन्धित पालिका स्तरमै गएर छलफल सहीतको प्रशिक्षण आयोजना गर्न लागेको शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् । प्रचार प्रसार […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। आइतबार बिहान सातै प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भएको छ।मधेश प्रदेशका आठवटै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको महाशाको वेबसाइटमा उल्लेख छ। आइतबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ।दिउँसो सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन/चट्याङ […]
काठमाडौँ । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ । मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ/नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार प्राधिकरणको समन्वयमा संघले निशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री […]
नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराकाे गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । बाेहराकाे मंगलबार विहान घर नजिकैको बागेडाेरा भन्ने जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानीय देबेन्द्र धामीले बताएका छन् । बाेहरा लामो समयसम्म घर नफर्किएपछि खोजी […]
नागरिक रैबार/बाजुरा ३० असार। बुढीगंगा नदीले बगाउँदा सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा सोही नगरपालिका–२ ताँप्राका ३७ वर्षीय लोकबहादुर बुढथापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिएका छन् । उनले दिएको जानकारी अनुसार सोही नगरपालिका ३ र ६ मा पर्ने बुढीगंगा नदीको किनारमा दाउरा निकाल्ने क्रममा नदीले […]
बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्। यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी […]
नागरिक रैबार/बाजुरा १९ असार। नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ का लागि बाजुराका २ जना सर्जक तथा गायकलाई सम्मानित गर्ने भएको छ । नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारबाट सर्जक राजेन्द्र शाह विपि र […]