होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङ : बझाङका भूकम्प प्रभावित परिवारले अस्थायी आवास निर्माणको दोस्रो किस्ताको रकम अझै पाउन सकेका छैनन्। गत वर्ष वैशाखमा नगरपालिकाले भूकम्प प्रभावित १८७ घरपरिवारलाई पहिलो किस्ताका रूपमा प्रतिपरिवार २५ हजार रुपियाँ उपलब्ध गराएको थियो। अस्थायी आवास निर्माण गरेपछि दोस्रो किस्ता उपलब्ध गराउने भनिए पनि १७ महिना बितिसक्दासमेत पीडितले उक्त रकम पाएका छैनन्। भूकम्प प्रभावित परिवारमध्ये […]
नागरिक रैबार/बाजुरा १८ फागुन। बाजुराको गौमुल गाउँपालिकाले फलाम खानीको सम्भाव्यता अध्ययन गर्न उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालायलाई पत्र पठाएको छ । परापूर्वकालमा उत्खनन गरेर बनाइएका फलामका भाँडाकुँडा र औजारहरू रहेको तथ्यसहित मन्त्रालयलाई सम्भाव्यता अध्ययन गर्न पत्र पठाएको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले बताएका छन् । स्थानीयले पालिकाभित्रै उत्खनन गरी निर्माण गरिएका कतिपय फलामका औजार र […]
धनगढी : सुदूरपश्चिम सरकारको सवारी साधानको करबाट ८५ करोड २६ लाख ४५ हजार असुल गर्ने लक्ष्य छ।चालु आर्थिक वर्षको ६ महिनामा ३६ करोड १८ लाख ८२ हजार सवारी करबाट आम्दानी भएको छ। चालु आर्थिक वर्षको ६ महिनामा ४२ दशमलव ४४ प्रतिशत कर असुली भएको हो। प्रदेश सरकारले सबै भन्दा बढी सवारी साधन करबाट नै आन्तरिक […]
सुर्खेत –कर्णाली करिडोरको ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्ब रुपैयाँ बराबरको ठेक्का आह्वान भएको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डको पिलुचौर–कुवाडी र हुम्ला खण्डको कुवाडी–तुमचौरको ५० किलोमिटर सडक निर्माण गर्न ठेक्का आह्वान गरिएको हो । हुम्लाको हिल्सासम्म सडक पुर्याउने लक्ष्य राखिएको कर्णाली करिडोर राष्ट्रिय गौरवको […]
पर्सामा खसीको भनेर बाख्राको मासु बेच्ने पुरूष पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका-१३ प्रतिमा चोकबाट प्रहरीले आसमिन फ्रेस हाउसका सञ्चालकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा वीरगञ्ज-१३ बस्ने ४१ वर्षीय हारून मियाँ अन्सारी छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनले खसीको भनेर बाख्राको मासु बेचिरहेको भन्ने सूचना प्रहरीले […]
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा वर्षौदेखि बाँझो रहेको ५ सय रोपनी जमिनमा व्यावसायिक ओखर खेती सुरुवात गरिएको छ । किसानको आर्थिक आयआर्जन वृद्धि गर्नका लागि सुलिकोट ३ स्वाँरा र ४ को सौरपानीमा अनुदान कार्यक्रममार्फत ओखरखेती सुरु गरिएको गाउँपालिका कृषि शाखाका प्रमुख सन्तोष ढकालले जानकारी दिए । ‘करिब २ हजार २ सयमिटरको उचाईमा रहेको ती […]
बागलुङ। यस वर्ष बागलुङमा २६ करोड ४६ लाख ५४ हजार सुन्तला उत्पादन भएको छ । उत्पादनमा केही गिरावट आए पनि किसानले मूल्य भने गत वर्षको तुलनामा बढी पाएका छन् । उत्पादनको हिसाबले गत वर्षको भन्दा २८ मेट्रिकटनले कमी आए पनि मूल्य भने रु एक करोड ८६ लाख ५४ हजार बढी परेको हो । कृषि ज्ञान […]
काठमाडौँ — माइक्रोसफ्ट, गुगल, मेटा, टिकटक, एडोबी, नेटफ्लिक्स, अमेजन, एप्पलजस्ता विश्वका ठूला सामाजिक सञ्जाल एवं सूचना प्रविधि कम्पनीले नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर एक वर्षमा पौने ३ अर्ब रुपैयाँ कारोबार गरेका छन् । गत आर्थिक वर्ष २०८०/८१ मा गरेको उक्त कारोबारबापत ती कम्पनीले साढे ४१ करोड कर तिरेका छन् । कर तिर्नेमध्ये एक अमेरिकी कम्पनी एक्लैले अधिकतम […]
रामेछाप– रामेछापको मन्थली नगरपालिका–७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षका भए । उनको मुख्य पेसा मादल बनाउने हो । उनीसँग सम्पत्तिका नाममा जम्मा दुई रोपनी पाखो बारी छ । उनका अनुसार बाजे–बराजुको पालादेखि मादल बनाउने पेसा गर्दै आएका छन् । ‘घरको जेठो सन्तान भएकोले बा–आमा, भाइ बहिनीहरुलाई पालनपोषण गर्नुपर्ने जिम्मेवारी भएपछि व्यावसायिक रुपमै मादल बनाउन थालेँ’, […]
काठमाडौं । धरहरा चढ्दा र पार्किङ गर्दा आजबाट शुल्क तिर्नुपर्ने भएको छ । यसअघि संविधान दिवस (असोज ३ गतेदेखि) परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको निर्णय अनुसार अब धरहरा चढ्दा प्रतिव्यक्ति २ सय रूपैयाँ शुल्क तिर्नुपर्ने छ । विद्यार्थी, ज्येष्ठ […]
बेलबारी– बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा कतार बसेर […]
नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको बुढीगंगा नगरपालिकाले पालिकाभित्र उत्पादन भएको खाद्यन्न बालीहरु बाहिर लिएर विक्रि नगर्न सार्वजनिक सूचना मार्फत कृषकहरुलाई सचेत गराएको छ । बुधबार नगरपालिकाले नगरका १० वटै वडाका सम्पूर्ण समुदाय तथा वस्तीहरुमा उत्पादन खाद्यन्न बाली तर्फ मकै, कोदो, दलन बाली तर्फ दालका प्रकारहरु नगरपालिका भन्दा बाहिर विक्री नगर्न कृषकहरुलाई अनुरोध गरेको हो । बुढीगंगाका […]
काठमाडौँ — सरोज पौडेल निर्देशित फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ प्रदर्शनको २१औं दिनमा पनि उत्तिकै चर्चामा छ । फिल्मको व्यापार र प्राप्त सोले अहिलेसम्मको सबै रेकर्ड तोडिसकेको छ । फिल्मले सुरुवाती दिनमा अपेक्षित सो नपाए पनि हलहरूमा दर्शक अचानक बढ्न थालेपछि सो संख्या थपिँदै गएको थियो । गत आइतबारसम्मको तथ्यांक अनुसार फिल्मले देशभरबाट ३६ करोड रुपैयाँभन्दा बढीको […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस–२०८१ भव्यताका साथ मनाएको छ । बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा सदरमुकाम मार्तडीमा शनिबार (आज) एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापाको प्रमुख आतिथ्यतामा दिवस भव्यताका साथ मनाईएको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर– ६ स्थित जडागांमा करेन्ट लागेर घाइते भएका २ जनाको उद्धार कार्यमा प्रयोग गरिएको हेलिकप्टरको सम्पूर्ण खर्च बडीमालिका नगरपालिकाले बेहोर्ने भएको छ । गत भदौ ५ गते सोही नगरपालिकाको वडा नम्बर –६ स्थित जडागांमा कोर्दाली गाड लघुजलविद्युतको लाईन विस्तार गर्ने क्रममा घाईते भएका सोही वडाका २८ वर्षिया रुप […]
काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दशैं अघि नै निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएको भए पनि व्यवसायीले भुक्तानी रकम पाउन सकेनन् । मन्त्री दाहालले कात्तिकसम्म निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने तयारी भइरहेको जानकारी दिए । ‘मैले दशैं अगाडि भुक्तानी दिनुपर्छ भनेको थिएँ’, उनले भने, ‘हाम्रो मन्त्रालयले रु आठ अर्ब ६६ करोड भुक्तानी […]
धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा एक सय ६२ जुवाडेलाई पक्राउ गरेको छ। कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा नौ लाख ६४ हजार छ सय ८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना […]
काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा बसेका प्राय नेपाली गाउँघरमा जाने गर्दछन्। गाउँघरमा सबै बसेर रमाइलो वा मनोरञ्जनका लागि प्रायले तास खेल्ने गर्दछन्। तास खेल्न नेपालमा गैरकानुनी हो तर पनि पैसा फाल्ने नभई साथीभाइ जम्मा हुने भन्दै रमाइलो वातावरण बनाउनका लागि तास खेल्ने चलन छ। दशैँलाई लक्षित गरेर चालु आर्थिक वर्षको […]
नागरिक रैबार/ बाजुरा १६ असोज । बाजुरामा दशैं तिहारको मुख्खैमा कालोबजारी बढ्न थालेपछी बजार अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको छ । दशैं तिहारको विचमा जिल्लाका विभिन्न हाट बजारहरुमा अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको हो । बुधबार जिल्लाको बडीमालिका नगरपालिकाको मार्तडी लगायतका बजारहरु अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका सूचना […]
काठमाडौं : नेकपा (एमाले)ले नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको एमालेको सचिवालय बैठकले सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय गरेको महासचिव शंखर पोखरेलले जानकारी दिए। सोमबारको मन्त्रिपरिषद् बैठकले प्रारम्भिकरुपमा एक अर्ब रुपैयाँ उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । एमालेको […]