होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न बिलम्ब गरेको छ । स्थानीय तहको निर्वाचन जेठ ४ मा एकै चरणमा चुनाव गर्न माघ १९ गते सरकार र निर्वाचन आयोगबीच सहमति जुटेको थियो । तर, आयोगले दोस्रोपटक प्रस्ताव गरेको मिति पाँच दिन बितिसक्दा समेत सरकारले निर्वाचनको मिति घोषणा गरेको छैन । त्यसअघि आयोगले पुस ९ […]
काठमाडौँ — एमसीसी मुद्दामा एकअर्कामाथि लगातार दबाब बनाउने रणनीति लिएर दाउपेचको राजनीति गरिरहेका प्रमुख तीन दलबीच संवादको थालनी भएको छ । आइतबार केही समयको अन्तरालमा सार्वजनिक भएका दुई पत्रले गठबन्धनमा रहेका दलहरूबीच थप अविश्वास पैदा भएको छ भने एमसीसी र संसद् अवरोध खोल्ने विषयमा प्रमुख प्रतिपक्षीसँग नयाँ चरणबाट वार्ता सुरु भएको छ । दलहरूबीचकै सहमतिमा एमसीसी संसद्मा […]
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् । त्यसअघि […]
२३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् । हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताए । ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको […]
२३ माघ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्वाद गरेका छन् । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी […]
काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रुष्ट बनेका छन् । प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) […]
काठमाडौं, २३ माघ । अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि […]
काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो । देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ । देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने […]
मधेस प्रदेशसभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । प्रदेशसभाका सातमध्ये तीनवटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । अहिले सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले तीन र प्रमुख विपक्षी […]
बागलुङ । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, […]
सोलुखुम्बु – नेपाली कांग्रेस थुलुङ दूधकोशी गाउँपालिका- ७ का वडा सभापति मिलनकुमार राई पक्राउ परेका छन् ।काठमाडौ जिल्ला अदालतको पक्राउ पूर्जीको आधारमा उनलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए । हातहतियार तथा खरखजनासम्बन्धी कसुरमा अनुसन्धानमा मुद्दा परेपछि राई पक्राउ परेका हुन् ।हातहतियार खरखजना ऐन २०१९ तथा मुलुकी अपराध […]
धनगढी : सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा जग्गा खरिद गरेका छन्। उनले जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्। मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर मगरले बताए। मगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ। […]
१९ माघ, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । भक्तपुरको एक पार्टी प्यालेसमा एमालेको केन्द्रीय सचिवालय बैठक शुरू भएको हो। एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था […]
काठमाडौं। राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नयाँ पार्टी दर्ता गर्ने तयारी गरेका छन्। एमालेका पूर्वउपाध्यक्ष गौतमले यही माघभित्रै एउटा नयाँ पार्टी खोल्ने जानकारी गराएका हुन्। राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम नयाँ पार्टी दर्ताका लागि केही दिनभित्रै निर्वाचन आयोग जाने तयारी रहेको बताइएको छ। पार्टीको नाम भने अहिले सार्वजनिक भइसकेको छैन। संयोजक गौतमले तत्कालिन नेकपा […]
१७ माघ, सुर्खेत । कर्णालीमा प्रमुख विपक्षी दल नेकपा एमालेको माग सम्बोधन गर्न पूर्वकानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाह र नेकपा एकीकृत समाजवादीका नेता चन्द्रबहादुर शाहीछन् । संयोजक भण्डारीले प्रदेशसभाको गतिरोध अन्त्य गर्ने र बजेटमा देखिएको समस्या समाधान गर्न कार्यदल गठन गरिएको […]
काठमाडौं, १६ माघ । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने व्यवस्था भएअनुसार प्रक्रिया बढाइँदैछ । सरकारले चुनाव घोषणा गरेपनि रोक्ने विभिन्न कोणबाट खेलहरु भइसकेका छन् । चुनाव रोक्न अदालतमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ । विश्वस्त स्रोतका अनुसार दल विशेषको चाहना […]
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने […]
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको […]
काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। विष्टले शुक्रवार सामाजिक सञ्जालमार्फत संविधान र कानुनको अपव्याख्या गर्दै गठबन्धनको सरकार आगामी वैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्चमा लागेको आरोप लगाएका हुन्। ‘निर्वाचन आयोगले आगामी वैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान […]