होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन् । आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रुपमा दिने काम नगरोस् ।’ देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै […]
काठमाडौं : माओवादी केन्द्रले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि रात्रिकालीन भोजको आयोजना गरेको छ। दुई दिने प्रशिक्षणका लागि काठमाडौंमा भेला भएका जनप्रतिनिधिहरुलाई ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा रात्रिभोजको आयोजना गरिएको हो। पुतलीसडकको कुमारी हलमा आयोजित प्रशिक्षण भेलामा यसबारे जानकारी दिइएको थियो। प्रशिक्षण भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको छ। हालै सम्मपन्न […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले एमालेले सुरु […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण सुरु भएको छ । काठमाडौंको कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, स्थानीय विभाग प्रमुख उर्मिला अर्याल लगायतले प्रशिक्षण दिने छन् । कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा पार्टीका नेता र विज्ञहरुले प्रशिक्षण दिने […]
काठमाडौँ — स्थानीय तह निर्वाचन ०७४ मा ३० भन्दा बढी जिल्लामा एकल बहुमतका साथ जिल्ला समन्वय समिति गठन गरेको एमालेले यस पटक ११ जिल्लामा मात्रै बहुमत ल्याएको छ । कांग्रेसको १६ र माओवादी केन्द्रको ४ जिल्लामा एकल बहुमत छ । बाँकी ४६ जिल्लामध्ये स्याङ्जा, रसुवा, इलाम, सुर्खेत, पर्वत र चितवनमा सत्ता गठबन्धनसँग एमालेको मत बराबर रहेको छ । […]
काठमाडौँ — स्थानीय चुनावबाट उत्साहित सत्ता गठबन्धन संसदीय चुनावको छलफलमा लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कात्तिक अन्तिममै चुनाव गर्ने मनस्थितिमा छन् यद्यपि कांग्रेसभित्रकै कतिपय नेताहरूले संसद्को कार्यकाल फागुनसम्म भएको तर्क गर्दै हतार नगर्न सुझाव दिएका छन् । संसद्को चुनाव पाँच वर्षअघि १० र २१ मंसिरमा भएको थियो भने आयोगले समानुपातिकसहितको अन्तिम परिणाम फागुनमा मात्र दिएको थियो । […]
सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको […]
काठमाडौँ — बाजुराको बुढीगंगा नगरपालिकाबाहेक ७ सय ५२ स्थानीय तहकै अन्तिम मत परिणाम आइसकेको छ । कांग्रेसले सबैभन्दा बढी ३ सय २९ पालिकाको नेतृत्व पाएको छ । एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले १६ र अन्य पार्टी तथा स्वतन्त्रले ३१ पालिकामा प्रमुख जितेका छन् । कांग्रेसले […]
काठमाडौं । निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा पदीय दायित्वभन्दा बाहिर गएर हस्तक्षेप गरेको निष्कर्ष निर्वाचन आयोगले निकालेको छ । आयुक्त सगुन शमशेर जबरा नेतृत्वको छानबिन समितिले स्थलगत अध्ययनपछि बुझाएको प्रतिवेदनमा महान्यायाधिवक्ता खम्मबहादुर खातीले मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय तथा बुढीगंगाका निर्वाचन अधिकृतलाई बारम्बार फोन गरेर अनावश्यक दबाब दिएको उल्लेख छ । […]
नागरिक रैबार /बाजुरा १५ जेठ । नेकपा एमाले जिल्ला कमिटि बाजुराले बिज्ञप्ती जारी गर्दै बुढिगंगा नगरपालिकामा पुन: निर्बाचान गराउनु लोकतन्त्रको खिल्ली उडाउनु र जनतालाई मुटभेटमा लैजाने हर्कत भएको जनाएको छ । बुढिगंगा नगरपालिकामा संम्पन्न निर्बाचान स्थानिय तह निर्बाचान ऐन तथा नियामावली आचारसंहिता बिपरित निर्बाचन आयाेगले कानुनकाे खिल्ली उडाएकाे बिज्ञप्तीमा उल्लेख गरिएको छ । निर्बाचन आचारसंहिता […]
राप्रपा नेपालले मुलुकको सात वटै प्रदेशमा अन्तरक्रिया र भेला आयोजना गर्ने भएको छ । केही दिन अघि काठमाडौंमा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितीको निर्णय बमोजिम कार्यक्रम आयोजना गरिन लागिएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । महामन्त्री बर्तौलाका अनुसार ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत ‘वर्तमानका चुनौती र विकल्प’ विषयमा बुद्धिजीवी वर्ग, नागरिक समाजका […]
शाही शासनकालका प्रभावशाली मन्त्री डा. प्रकाशचन्द्र लोहनी पहिलो संविधानसभा बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको पक्षमा उभिए पनि हाल संवैधानिक राजतन्त्रको पक्षमा छन् । त्यतिबेला उनको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले राजतन्त्रको विकल्प गणतन्त्र हुने भन्दै गणतन्त्रको एजेन्डा तय गरेको थियो । तर, लोहनी २ वर्ष यता भने संवैधानिक राजतन्त्रको पक्षमा छन् । कमल थापा नेतृत्वको […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई चुनौती दिंदै भने, ‘पहिलो पटक पनि माओवादी केन्द्रको वैशाखी टेकेर भएको हो, दोस्रा पटक पनि भएको हो । अब भएर देखाउनुस् त मानौंला, अबको चुनावपछि ।’ राष्ट्रिय […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष केपी शर्मा ओलीबाहेक एमालेका अन्य सबै नेता कार्यकर्तासँग मिल्न सकिने बताएका छन् ।शनिबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले भने, ‘यो (केपी ओलीको) अहंकार यति धेरै धम्स नहुने हो भने अरु सबै एमालेका नेता/कार्यकर्तासँग मिलेर काम गर्न सक्ने देख्छु ।’ तर, केपी ओलीकै […]
बाजुराको पुर्वी उत्तरी भेगमा रहेको हिमाली गाउँपालिकामा ६ जना कार्यपालिका सदस्य चयन भएका छन् ।गाउँपालिकामा भएको निर्वाचनबाट नेपाली काङ्ग्रेस पाटी बाट बिमला लवार, हिउकला भण्डारी, झपा बुढथापा, रंगा थापा, बाचकला लवार, कर्ण सार्की ,सहित कार्यपालिका सदस्य चयन भएका हुन् । कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेसबाट ६ जना निर्बिरोध छनोट गरिएको हिमाली गाउँकार्यपालिका कार्यालयले जानकारी दिएको छ […]
नेपाली राजनीतिले रुचाएको एउटा भाष्य छ, युवा नेता । उमेरले डाँडा काटेको किन नहोस् उनीहरूको नाम अघिल्तिर जोडिने विशेषण हो यो । त्यसैले त हामीकहाँ कतिपय नेतालाई सम्बोधन गर्दा भनिन्छ, ‘युवा नेता फलानो ।’ तर, यसपालिको निर्वाचनले युवा नेताको व्याकरण सच्याइदिएको छ । नेतृत्वमा साँच्चै नै युवापंक्ति उभिएका छन् । र, स्थानीय तहको परिदृश्य केही […]
स्थानीय तह निर्वाचन २०७९ मा देशैभरका उम्मेदवार मध्ये सबैभन्दा धेरै मत काठमाडौं महानगरपालिकाकी नविनिर्वाचित उपमेयर सुनिता डंगोलले पाएकी छिन् । एमालेका तर्फबाट काठमाडौंमा उपमेयरको उम्मेदवारी दिएकी डंगोलले ६८६१२ मत सहित सबैभन्दा धेरै मत पाउँने उम्मेदवारका रुपमा आफूलाई दर्ज गरेकी हुन् । उनका निकटतम प्रतिस्पर्धी रामेश्वर श्रेष्ठले २३८०६ मत मात्रै पाए । आफ्ना प्रतिस्पर्धीलाई ४४८०६ मतान्तरका […]
नागरिक रैबार /बाजुरा १३ जेठ । बैशाख ३० गते सम्पन्न भएकाे बाजुराकाे बुढीगंगा नगरपालिकाकाे निर्बाचनलाई निर्वाचन आयोगले जनताको जनमत बिरुद्ध निर्णय गरेको भन्दै नेकपा एमाले बाजुराले विराेध प्रदर्शन गरेकाे छ । बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनको मत गणना नगरी पुन निर्बाचन गराउने निर्वाचन आयाेगकाे निर्णय प्रति एमालेले बाजुरामा विराेध प्रदर्शन गरेको नेकपा एमाले […]
नागरिक रैबार/बाजुरा १३ जेठ। निर्वाचन आयोगले बाजुराको बुढीगंगा नगरपालिकामा पुनः मतदान गर्ने निणर्य गरेपछि नेकपा एमाले बाजुराका कार्यकर्ताहरु आक्रोसित बनेका छन्। निर्वाचन आयोगले बुढीगगा नगरबासीको जनमतको कदर नगरी पुन: मतदान गर्ने निर्णय गरेपछि बुढीगगा बासीले त्यसको विरोधमा सडक अवरुद्ध गरेको छ । निर्वाचन आयोगले बिहीबार सो नगरपालिकामा चुनाव निष्पक्ष नभएको ठहर गर्दै वैशाख ३० को […]
काठमाडौं । बाजुराका प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा निकायका प्रमुखहरुले निर्वाचन सुरक्षामा योजनावद्ध रुपमा लापरबाही गरेको भेटिएको छ । निर्वाचन आयोगको छानबिनले प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी चतुर्भुज ओझा र सशस्त्र प्रहरी बलका डीएसपी दिपक विष्टले निर्वाचन विथोल्ने गतिविधि गरेको पुष्टि भएको हो । ‘निर्वाचन चलिरहेको अवस्थामा प्रमुख जिल्ला […]