होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कैलाली । नेकपा एमालेले कारवाही गरेपछि भीम रावल नयाँ पार्टी खोल्ने तयारीमा जुटेका छन् । नेकपा विवादपछि १० बुँदे सहमति गरेर एमालेमै रहेका रावललाई पार्टीले पुस १० मा संगठित सदस्यता खोसेको थियो । पार्टीले कारवाही गर्नुभन्दा केही दिन पहिलेबाटै उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटेका थिए । पार्टीले कारवाही गर्नु भन्दा केही दिन पहिले सुदूरपश्चिम […]
काठमाडौं । नेकपा एमालेका नेता कर्ण बहादुर थापाले नेतृत्वलाई ठण्डा दिमागले सोच्न अनुरोध गरेका छन् । एमालेका पूर्वउपाध्यक्ष तथा पूर्व गृहमन्त्री समेत रहेका डा. भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेका हुन् । उनले असल नियतका साथ साधारण छलफलबाट समाधान गर्न सकिने विषयलाई झनै जटिल […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक डाकिएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको हो। ‘उपसभापति अर्याललाई कार्यवाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका एक पदाधिकारीले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यवाहक सभापति तोकेको हो।’ रास्वपा सभापति रवि लामिछानेविरूद्ध आइतबार कास्की जिल्ला […]
काठमाडौं ८ पुस । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो । सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ । न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको […]
काठमाडौं । सहकारी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जानकारी दिइन् । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले […]
नागरिक रैबार/बाजुरा ६ पुस। नेकपा एमाले बडीमालिका नगरपालिका ९ नम्वर वडा कमिटीको अध्यक्षमा भोरजराज उपाध्याय निर्विरोध चयन भएका छन् । शनिवार सम्पन्न भएको वडा कमिटीको तेस्रो वडा अधिवेशनबाट पाध्याय निर्विरोध रुपमा अध्यक्षमा चयन भएका हुन् । यस अघि दोस्रो अधिवेशनबाट उपाध्यक्ष बनेका उपाध्याय तेस्रो अधिवेशनमा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । त्यस्तै उपाध्यक्षमा धनसरा विष्ट, […]
नागरिक रैबार/बाजुरा २३ मंसिर। बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ […]
काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको […]
काठमाडौँ —काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरे । त्यस्तै २ हजार २ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा २ हजार ४ सय ७० जनाले मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । उपनिर्वाचनमा यहाँ ७ हजार ६० जना मतदाता रहेका छन्। स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ८ सय ३३ जनाले मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । अहिलेसम्म यहाँ मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको छ । स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ३ घण्टाको अवधिमा १ हजार ३ सय १४ जनाले मतदान गरेका छन् । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ३ सय १४ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले बताएको छ […]
काठमाडौँ । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै स्थानमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ । नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षका लागि ४१ पदमा मतदान भइरहेको हो । यो उपनिर्वाचनमा ३७६ जना उम्मेदवार […]
काठमाडौँ । आइतबार भइरहेको स्थानीय तह उपनिर्वाचनमा दुई लाख २६ हजार ७९९ जना मतदाता रहेका छन्। उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र […]
काठमाडौं– देशका विभिन्न स्थानीय तहका रिक्त ४१ पदका लागि मतदान सुरु भएको छ । बिहान ७ बजे सुरु भएको मतदान कार्यक्रम साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार आज नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान भइरहेको छ । […]
धनगढीः सुदूरपश्चिममा पाँच पालिकामा पाँचवटा पद रिक्त छन्। रिक्त पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।गाउँपालिका उपाध्यक्षसहित वडाअध्यक्षका लागि निर्वाचन हुन लागेको हो। रिक्त पदमा उपनिर्वाचन लड्न चार महिला, तीन जना स्वतन्त्र उम्मेदवार बाँकी विभिन्न राजनीति दलहरुबाट गरी २६ जना चुनावी मैदानमा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाअध्यक्ष पदका लागि १२ जनाको उम्मेदवार चुनावी […]
नागरिक रैबार/बाजुरा १० मंसिर। स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ । फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना […]
काठमाडौं । सत्तारुढ नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा आज सभा गर्दै छ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् । सभाअघि एमालेले काठमाडौंको भद्रकालीबाट र्याली निकाल्ने छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने छ । यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको […]