होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता ओमप्रकाश अर्यालले रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनले अध्ययन पश्चात रिट दर्ता गरेको अर्यालले बताए । अध्यादेशको विषयलाई लिएर कानुनविद्हरुले प्रश्न उठाउँदै आएका छन् भने राजनीतिक रुपमा पनि विवाद रहेको […]
१ पुस, काठमाडौं । संघीय संसदको विशेष अधिवेशनको माग गर्दै सांसदहरुको निवेदन लिएर नेकपाका केही सांसदहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका हुन् । तर उनीहरुले विशेष अधिवेशन माग गर्दै लेखेको निवेदन र सांसदहरुको हस्ताक्षर बुझाउन पाएका छैनन् […]
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलले सरकारलाई मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिन आग्रह गरेको छ । तरुण दलका अध्यक्ष जित जंग बस्नेतले बुधबार एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेशले समस्या समाधान नर्गे उल्टै राजनीतिक संकट आउने भएकाले फिर्ता लिन आग्रह गरेका हुन् । अध्यक्ष बस्नेतले भनेका छन् ‘ प्रमुख […]
समाचार टिप्पणी । दुई तिहाइको दुहाइ दिने ओली सरकारका निर्णयहरु एकपछि अर्को बिबादास्पद बन्दै गएका छन् । सन्काहा प्रधानमन्त्री ओलीले आफुलाई मन लागेको निर्णय गर्ने र राष्ट्रपतिलाई समेत सोहि अनुसार निर्णय गर्न लगाउनाले देशमा एकपछि अर्को संकट पैदा हुँदै गइरहेको छ । पछिल्ला केहि दिनमा सरकारले गरेका निर्णय जनतामा अलोकप्रिय हुनुका साथै आफ्नै पार्टीका नेता […]
१ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्र निवास बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । गएको मंसिर २१ मा बैठक सुरु गर्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको दुई […]
काठमाडौँ — दुई तिहाइ बहुमतसहित सरकार सम्हालेको दुई वर्ष पुग्दा पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसको असहयोगले संवैधानिक निकायमा पद पूर्ति हुन नसकेपछि मन्त्रिपरिषद्ले पोहोर मंसिर ३ मा बहुमतका आधारमा नियुक्तिको सिफारिस गर्न सकिने प्रावधानसहित अध्यादेश ल्याउने निर्णय गर्यो । बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : प्रधानमन्त्रीको सचिवालय अध्यादेश ल्याउने विषयमा […]
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)भित्रको विवाद थप चुलिएको छ । स्थायी कमिटी जारी रहेका बेला पार्टीभित्र छलफल नै नगरी संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएपछि दलभित्रैबाट सरकारको आलोचना हुन थालेको छ । यसैबीच आज नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । यसअघि आइतबार शोक प्रस्ताव पारित गरी आजसम्मका बैठक लागि स्थगित गरिएको थियो । आजको बैठकमा […]
काठमाडौं । अध्यादेश प्रकरणपछि नेकपाभित्रको आन्तरिक किचलो थप बढ्ने सङ्केत देखिएका बेला ओली पक्षका नेता शंकर पोखरेल कार्यकारी अध्यक्ष प्रचण्ड भेट्न बुधबार बिहानै खुमलटार पुगेका छन् । प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले मंगलबार पार्टी र नेताहरुसँग कुनै छलफल नै नगरी अध्यादेश ल्याएपछि त्यसको चर्को विरोध भइरहेको छ । खासगरी प्रचण्ड र उनीपक्षीय नेताहरुले असंवैधानिक ढंगले […]
३० मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन् । पार्टीको स्थायी कमिटी बैठक चलिरहेको र संसदको नियमित अधिवेशन बोलाउने समय नजिक आइरहेका बेला प्रधानमन्त्रीले अप्रत्याशित रुपमा अध्यादेश ल्याउनु गलत भएको उनले बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन् ‘ अहिले सत्तारुढ […]
३० मंसिर, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारले अध्यादेशमार्फत गणतन्त्रको चीरहरण गर्न लागेको आशंका व्यक्त गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश जारी भएपछि उनले तत्काल संसद अधिवेशन बोलाउन समेत माग गरेका छन् । ‘त्यसै […]
काठमाडौँ– राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले मंगलबारअपरान्ह जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा उपस्थित बहुमत सदस्यले गरेको निर्णय मान्य हुने बुँदा थपिएको छ । संवैधानिक परिषद (काम, […]
३० मंसिर, काठमाडौं । सरकारले प्रधानमन्त्रीसहित ३ जनाको उपस्थितिमा संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको छ । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो । राष्ट्रपतिबाट मंगलबार जारी अध्यादेशमा भनिएको छः […]
काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश अलोकतान्त्रिक रहेको बताएका छन् । उनले सरकारको यो कदम सर्वसत्तावादी सोच भएको आरोप लगाए । संवैधानिक परिषदसम्बन्धी अध्यादेशप्रति कांग्रेसको विमत्ती रहेको उनको भनाइ छ । देउवाले भनेका छन्, ‘ उपसभामुख पद खाली राखेर, सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद् सम्बन्धी संशोधन अध्यादेश तत्काल खारेज गर्न माग गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ जारी गरेकी थिइन् । सरकारले ल्याएको उक्त अध्यादेशलाई अध्यक्ष प्रचण्डले संविधानको […]
काठमाडौं । सरकारले संसद बैठक छलेर मन्त्रिपरिषद्बाट अध्यादेश ल्याएको छ । आगामी १६ दिनभित्र संसद बैठक बस्नुपर्ने भएपनि त्यसको केही दिनअघि अध्यादेश ल्याएर संसदलाई छल्ने सरकारको रणनीति रहेको पुष्टि भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकी हुन् । तर, […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद थप बढ्न थालेको छ । संवैधानिक परिषद् सम्बन्धि अध्यादेश जारी गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपाका प्रमुख सचेतक देव गुरुङलाई हटाउने तयारी गरेका छन् । विभिन्न निकायको नियुक्तिका लागि संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका ओलीले एक दुईदिनभित्रै पार्टीका प्रमुख सचेतक गुरुङलाई हटाउने तयारी गरेका बालुवाटार स्रोतले […]
३० मंसिर, काठमाडौं । प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नजाने भएका छन् । सरकारले अध्यादेश ल्याएपछि कांग्रेस सभापति देउवाले बैठकमा नजाने निर्णय लिएका हुन् । सभापतिज्यू आजको बैठकमा जानुहुन्न’ स्वकीय सचिव भानु देउवाले भने । यसअघि मंगलबार बसेको परिषद्को बैठकमा देउवा गए पनि सभामुख अनुपस्थित भएका थिए । लगतै […]
नागरिक रैबार/बाजुरा ३० मंसिर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटी सदस्य नेकपा नेतृ स्वग्रिय पवित्रा शाहीको १३ औँ दिनको पुन्यतिथीमा श्रद्धान्जली सभा सम्पन्न गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको आयोजनामा स्वर्गीय शाहीको मंगलबार सदरमुकाम मार्तडीस्थित नेकपाको पार्टी कार्यालयमा श्रद्धान्जली सभा सम्पन्न गरेको हो । श्रद्धान्जलीसभामा बोल्ने नेकपा बाजुराका नेताहरुले स्वग्रीय पवित्रा शाहीकोे […]
३० मंसिर, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे मंगलबार मन्त्रिपरिषद्मा छलफल नै नभएको पाइएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । अब परिषद्का बहुमत सदस्यको उपस्थितिमा नै बैठक बस्न सक्छ । तर मन्त्रीहरुले भने अध्यादेशबारे बेखबर रहेको बताए । मंगलबार बसेको बैठकमा […]
३० मंसिर, बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् । मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे । ‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको […]