होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२८ जेठ, धनगढी। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुदूरपश्चिम संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक चयन गरेको छ।आइतबार बसेको संसदीय दलको बैठकले प्रमुख सचेतकमा सुरेन्द्र पाल र सचेतकमा निर्मलादेवी साउदलाई चयन गरेको हो। पाल गत मंसिर ४ मा भएको निर्वाचनमा बैतडीको प्रदेशसभा १ बाट निर्वाचित भएका थिए। उनी एमाले बैतडी जिल्ला कमिटि अध्यक्ष पनि […]
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०८४ को चुनावमा कसैसँग तालमेल, सहकार्य नगरी पार्टीले एकल बहुमत ल्याउने तयारी थालेको बताएका छन्।केन्द्रीय कमिटी र सचिवालय बैठकको निचोड बताउँदै उनले मिसन २०८४ अनुरूप पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा सुदृढ गर्ने लक्ष्य रहेको बताएका हुन्। ‘केन्द्रीय कमिटीको पाँचौं बैठकको निर्णयको जगमा सचिवालयले गरेको कार्यविभाजनका आधारमा कामलाई प्रभाककारी ढंगले अघि […]
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको बताएका छन् । शनिबारदेखि महोत्तरीका विभिन्न कार्यक्रममा सहभागि रहेका उनले आइतबार बिहान बर्दिबास–४ माईस्थानमा स्थानीयवासीसँगको भेटघाटमा भ्रष्टाचारविरुद्धको कारबाही तीव्र बनाइने प्रतिबद्धता जनाए । “जो होस्, गलत गर्ने कारबाहीको भागी बन्छ, अब राजनीतिक हैसियत र टठ्याइँ देखाएर उन्मुक्ति पाइँदैन”, उपप्रधानमन्त्री श्रेष्ठले भने । यसअघि राजनीतिक […]
नागरिक रैबार/बाजुरा २७ जेठ।व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा सम्पन्न भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरु संग अभिमुखीकरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार बडीमालिका नगरपालिका वडा […]
काठमाडौँ – समाजवादी प्रेस सङ्गठनको शुक्रबार सुरु भएको प्रथम महाधिवेशनअन्तर्गत आज निर्वाचन प्रक्रिया सुरु भएको छ। सोका लागि सबै पदमा मनोनयन दाखिला सम्पन्न भएको छ। अध्यक्षदेखि केन्द्रीय सदस्यमा खुला र समावेशी गरी कूल एक सय ३६ पदमा निर्वाचन हुने निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए। निर्वाचन समितिको संयोजकमा माधव पौडेल तथा सदस्यमा विक्रम मैनाली, […]
धनगढी– सुदूरपश्चिम प्रदेशमा आइतवार आमहड्तालको घोषणा गरिएको छ। कैलालीस्थित गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको माग गर्र्दै आइतवार सुदूरपश्चिम बन्दको घोषणा गरिएको हो। स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नयाँ बिरोधका कार्यक्रम सार्वजनिक गर्दै सुदूरपश्चिम बन्दको घोषणा गरेको छ। संघर्ष समितिका संयोजक लोकराज पाण्डेय ‘आगो’ले आइतवार बिहान […]
काठमाडौँ । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दै अन्तरपार्टी निर्देशन जारी गर्दा सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । त्यस्तै अर्का नेता तथा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा एमालेले ‘बिदा’ लेख्दा नेता भीम रावलको नाम भने कतै उल्लेख छैन । एक नम्बरमा रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीदेखि ३४९ नम्बर […]
विराटनगर । कोशी प्रदेशमा एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढल्ने भएको छ । माओवादी केन्द्रको आज बस्ने प्रदेश पार्टी पदाधिकारीको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय हुने एक नेताले जानकारी दिए । दलका नेता इन्द्रबहादुर आङ्बोसहित पार्टीका प्रदेश पदाधिकारीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । उक्त बैठकले निर्णय गरे लगत्तै […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति र महामन्त्रीबीच अन्तरविरोध देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच सार्वजनिक तहमै अन्तरविरोध प्रकट भएको हो । महामन्त्रीद्वयले कार्यशैलीमाथि प्रश्न उठाएपछि सभापति देउवाले पार्टीलाई ठूलो बनाउँदा पनि गाली गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । शनिबार एक कार्यक्रममा देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत […]
काठमाडौं । चार दिने भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार साँझ स्वदेश फर्किएका छन् । शनिबार साँझ उनी नेपाल वायु सेवा निगमको विमानबाट काठमाडौं आएका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा ऊर्जा ब्यापार सम्झौतालगायत विभिन्न सम्झौता तथा समझदारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनले प्रतिनिधिमण्डलस्तर […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्ड आज अपराह्न ४ बजे स्वदेश फर्कन लागेका हुन्। भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री प्रचण्डले भारतीय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरे भने सोही दिन नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले आयोजना […]
काठमाडौं,१८ जेठ । नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणको क्रममा मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । एक ट्विट गर्दै रावलले प्रधानमन्त्रीसँग भेतवार्ता गर्न गएको व्यक्तिले प्रधानमन्त्रीलाई नभेटि सचिव र सुरक्षा सल्लाहकारलाई भेटेर अन्तराष्ट्रिय कूटनीति र पदीय मर्यादाको उल्लंघन गरेको रावलको आरोप छ । उनले ट्विटरमा लेखेका छन् प्रमं […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।आज बिहान हैदरावाद हाउसमा प्रचण्ड र मोदीबीच एक्लाएक्लै भेटवार्ता भएपछि प्रतिनिधमण्डलस्तरीय भेटवार्ता भएको हो । प्रतिनिधिमण्डल स्तरको भेटपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्नेछन् । आजै भारतीय प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवा भोजमा प्रधानमन्त्री प्रचण्डसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी […]
काठमाडौं,१८ जेठ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका १७ जना अभियुक्तको बयान जारी रहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा जारी रहेको बयानमा आजपनि तीन अभियुक्तको बयान सुरु भएको छ । आज नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, पुर्व सांसद तथा […]
काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले जेठ १९ गते शुक्रबार बिहान बस्नेगरी सचिवालय बैठक बोलाएका हुन् । ‘शुक्रबार बिहान ११ बजे बैठक बस्दैछ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन बैठकको एजेण्डा छ’, एमाले उपमहासचिव समेत रहेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यसअघि […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
काठमाडौँ – आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन्।डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग उनले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गरेर पुनः प्रक्रिया सुरु गर्नुपर्ने माग गरे। ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन […]
काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ। ‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको […]