होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम बहस जारी छ । बहसका क्रममा एमिकस क्युरीका तर्फबाट शुक्रबार वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय पेश गरिरहेकी छन् । आफ्नो राय पेश गर्दै संग्रौलाले वर्तमान संविधान बिरामी पनि नरहेको र कोमामा पनि नगएको दलिल पेश गरेकी छन् । इजलासमा आफ्नो राय पेश गर्ने क्रममा संग्रौलाले संविधानको धारा अक्सिजन […]
७ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले लोकन्त्रको बाटो नबिराउने बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा आज टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले लोकतान्त्रिक बाटो बिराउँदैन, संविधान मिच्दैन र मिच्न दिँदैन । जनताको अभिमतभन्दा विपरीत जाँदैन र जान दिँदैन ।’ देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित […]
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका छन् । पौडेलले पूर्वी तराईका जिल्लाको भ्रमणका लागि आजै विहान सवा ८ बजे बुद्ध एयरको विमानबाट विराटनगर प्रस्थान गरेका हुन् । पौडेल फागुन ७ गतेदेखि १३ गतेसम्म पूर्वी र मध्य तराईका जिल्लाको भ्रमण गर्न कार्यक्रम तय भएको उनका निजी सहयोगी […]
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विभेदको राजनीतिले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् । फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरूको शासन प्रणाली मात्रै नभएको भन्दै नेपाली जनताले वास्तविक प्रजातन्त्रको अनुभूति गर्न नपाएको बताएका हुन् उनले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो । यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन भनिएको छ […]
नेपलाी काँग्रेसले संसद विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको काँग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने कि नगर्ने ? कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरको थियो । तर अहिलेसम्म […]
नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान गएपछि नेकपाका दुवै पक्ष सशंकित भएका छन् ।आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाइएपछि केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष सशंकित बनेको हो । नेकपाको आधिकारिकताको दाबी गर्दै निवेदन परेको […]
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहमा दोस्रो तहका नेता महासचिवका आकांक्षी हुँदा कसलाई बनाउने भन्ने सकस परेको छ । प्रतिनिधि सभा विघटनसँगै बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाल चयन गर्ने निर्णय गरेको थियो । पार्टी अध्यक्ष र संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको […]
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा संसदीय दलको विधान कार्यान्वयन नगरे प्रदेशसभाको औचित्य नरहने बताएका छन् । उनले सभामुख भण्डरीले संसदीय दलको विधानको व्यवस्था प्रदेशसभा नियमावलीमा नभएको भन्दै गलत नजिर बसाउन खोजेको आरोप लगाए । ‘संसदीय अभ्यासमा दलको विधान नमान्ने कहीँ हुन्छ ?,’ उनले भने, ‘जबर्जस्ती कब्जा गर्ने, भत्काउने, भाँडभैलो गर्ने […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्वपीडितको समस्या सम्बोधनका लागि एक विशेष कार्यदल बनाउने बताएका छन् ।आफ्ना पीडा अवगत गराउन आज प्रधानमन्त्री निवास बालुवाटार पुगेका द्वन्द्वमा मारिएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीसँगको छलफलमा उनले कार्यदल बनाई द्वन्द्वपीडितको समस्या समाधान गरिने बताए । उनले अब क्षमा र पीडितलाई आवश्यकताअनुरुपको सहयोगमार्फत द्वन्द्वका घाउलाई क्रमशः पुर्दै लैजानुपर्ने […]
काठमाडौँ– नेपाली कांग्रेसले १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्तावलाई पारित गरेको छ ।पार्टी कार्यालय सानेपामा बिहीबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति शेरबहादुर देउवाका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले राखेको महाधिवेशनको कार्यतालिकासहितको प्रस्ताव सामान्य संशोधनसहित अनुमोदन गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानमारी दिए । विधानअनुसार पाँच वर्षको अवधि यही फागुन १९ गते सकिने […]
काठमाडौं । प्रतिनिधि सभा विघटन, महंगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेता योगेश भट्टराईले जानकारी दिए । मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका […]
६ फागुन, पोखरा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को कदमलाई असंवैधानिक, लोकतान्त्रमाथि प्रहार र तानाशाही भनेको भन्दै उनले तानाशाहीको विरोध गर्नु कांग्रेसको कर्तव्य भएको बताए । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश […]
वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले तत्कालीन राजालाई जसरी अहिलेको संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा एमिकस क्युरीको तर्फबाट आफ्नो राय दिँदै उनले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने बताए । ‘लिखित संविधानमा कुनै पनि निकायको अधिकार सीमित हुन्छ । सीमा नाघेर काम गरे नगरेको हेर्नुपर्ने हुन्छ। तत्कालीन राजाको विशेषाधिकारबाट पीडित राष्ट्र भएकाले […]
काठमाडौं । प्रतिनिधि सभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोन जारी राखेको नेकपा प्रचण्ड–माधव पक्षले आज बिहीबार काठमाडौँमा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । केन्द्रीय संघर्ष समितिको घोषणा अनुसार बिहीबार अपराह्न चार बजेदेखि ५ बजे एक घण्टा टुँडिखेल घेराउ गर्न लागेको नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए । तुलाधरले […]
काठमाण्डौ – हरेक वर्ष मनाइने राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आजदेखि तीन दिनसम्म देशभर विभिन्न कार्यक्रम गरिँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । गएको माघ २० गते यो वर्ष प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह […]
६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अवहेलना मुद्दामा लिखित जवाफसहित सर्वोच्च अदालतमा उपस्थित भएका छन् । पौने १२ बजे सर्वोच्च अदालत प्रवेश गरेका ओली १२ बजे फर्किए । गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाइ जारी रहँदा प्रधानमन्त्री ओलीले संविधानमा संसद् पुनःस्थापनाको व्यवस्थै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा […]
इलाम- सरकारले आउँदो वैशाखको १७ र २७ लाई प्रतिनिधिसभाको चुनाव तोकेपछि जिल्ला निर्वाचन कार्यालय इलामले पनि चुनावी गतिविधिबारे बुझ्न थालेको छ । केही दिनअघि नै मतदान केन्द्र र मतदानस्थल बारेमा अनुगमन गरेको कार्यालयले अहिले सरोकारवाला निकायसँग परामर्श थालेको छ । कार्यालयले सरोकारवालासँग चुनावी आचारसंहिता, चुनावी गतिविधिबारे जानकारी लिन/दिन थालेको छ । अब बन्ने आचारसंहिताको मस्यौदामा […]
काठमाडौँ — संसद् विघटनपछि त्यसको राजनीतिक, संवैधानिक र कानुनी प्रतिवादमा उत्रेको नेकपाको दाहाल–नेपाल समूहले निकै कोसिसका बाबजुद पनि तीन मुद्दामा समर्थन जुटाउन असफल भएको छ । प्रतिनिधिसभा विघटनको दुई महिना बित्दा पनि दाहाल–नेपाल समूह संयुक्त आन्दोलन, अन्तर्राष्ट्रिय समर्थन र वैधानिकताको लडाइँको मोर्चामा कमजोर देखिएको छ । यद्यपि वैधानिकताको विषय निर्वाचन आयोगले टुंग्याउन बाँकी छ । […]
६ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समितिको बुधबारको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको कांग्रेसले आजको बैठकमा संसद विघटनविरुद्धको आन्दोलनका विषयमा छलफल गर्दै छ । […]