होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले धनगढीमा भएको घटना एमाले फुटाउने र सिध्याउने षडयन्त्र हुनसक्ने बताएका छन्।बुधबार भएको घटनापछि रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको आरोप लगाए। तत्कालिन नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाको गुण्डागर्दीले उक्त घटना भएको रावलको आरोप छ। ‘अहिले नै यस्तो चरित्र देखाइयो। पार्टी […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेको सरकारका विषयमा आफूसँग कसैले कुरा नगरेको टिप्पणी गरेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारले उनलाई केपी ओली नेतृत्वको सरकार गिराउन एमालेभित्रैबाट लाग्नुभएको छ भन्ने आरोप छ नि ? भनी सोधेका थिए । जवाफमा उनले भने, ‘खै मलाई थाहा छैन । कसैले मलाई भन्न […]
कैलाली । धनगढी स्थित प्रदेश कार्यलयमा बोर्ड राख्ने र हटाउने विषयमा एमालेका केपी ओली र माधव नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको छ । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा रहेको नेकपाको प्रदेश कार्यलयको बोर्ड परिवर्तन गर्ने क्रममा दुवै पक्षका कार्यकर्ता बीच झडप भएको हो । अहिले स्थिति तनावपूर्ण भएको छ । बुधबार बिहान नेपाल पक्षका कार्यकर्ताले कार्यलय प्रवेश […]
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा विखण्डनवाद र हिंसाको अन्त्य गरेर मुलुकलाई शान्तिपूर्ण युगमा प्रवेश गराएको बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्को २० औं वार्षिकोत्सवमा सम्बोधन गर्दै उनले स्वतन्त्र मधेस अभियान चलाइरहेका सिके राउत र हिंसात्मक गतिविधिमा लागेका विप्लव समूहलाई शान्तिपूर्ण बाटोमा ल्याएर मुलुकमा शान्ति स्थापना गरेको बताएका हुन् । ‘पृथकतावादी […]
काठमाडौं, २६ फागुन । तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) को उपाध्यक्ष बनाइने भएको जनाइएको छ । एमालेकी तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उक्त पद रिक्त रहेको र उक्त पदमा गृहमन्त्री बादललाई उपाध्यक्ष बनाउन लागिएको हो । सर्वाेच्च अदालतले एमाले र माओवादी पूर्ववत् रुपमै […]
२६ फागुन, काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले पूरा कार्यकाल काम गर्नुपर्ने बताएका छन् । सत्तारुढ दल नेकपा एमाले आगामी दुई वर्ष नै वर्तमान सरकार जोगाउन लाग्ने उनले बताए । ‘नेकपा एमालेको वरिष्ठ नेताको हैसियतले यो सरकार नै दुई वर्ष जानुपर्छ भन्ने म चाहन्छु,’ पूर्वप्रधानमन्त्री खनालले संसद भवन […]
२६ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा जाने कुनै योजना नभएको बताएका छन् । उनले आफूहरुले राख्दै आएका माग पूरा भएपछि मात्रै सरकारको बारेमा सोच्ने बताए । बुधबार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महतोले भने, ‘सरकार बनाउने कुनै योजना छैन । हाम्रो माग पूरा गराउने हो । माग […]
६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद भवन बानेश्वर पुगेर आजको बैठकमा सहभागी नभई बाहिरिएका छन् । गत फागुन २३ गते बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको दिन पनि उनी बानेश्वर पुगेर फर्किएका छन् । प्रधानमन्त्री कुनै काम परेर बैठकमा सहभागी नभएको सुवासचन्द्र नेम्वाङले बताएका छन् । हिउँदे अधिवेशन अन्र्तगत पहिलो बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका सांसदहरुको […]
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न पार्टीका नेताहरुसँग भएको छलफलबारे स्थायी समिति बैठकमा ब्रिफिङ गरेका छन् । मंगलबारको निर्णयअनुसार पार्टीले संसद, सरकार र राजनीतिक विषयमा विभिन्न पार्टीहरूसँग गर्ने छलफल अनुसार अध्यक्षले गरेको छलफलबारे बैठकमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रचण्डले मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जसपाका नेता […]
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध संघीय संसद् सचिवालयमा विरोधको सूचना दर्ता गरेका छन् । यी दलले सरकारले ल्याएको अध्यादेश असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई संसदमा अस्वीकृत गर्ने स्पष्ट पारेका छन् । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले सरकारले असंवैधानिक ढंगले अध्यादेश ल्याएकाले […]
२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]
२६ फागुन, डोटी । आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र व्युँताएपछि केन्द्र सरकारको साथसाथै सुदूरपश्चिम प्रदेश सरकारको भविष्यको विषयमा पनि चासो सुरु भएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट डोटी जिल्ला प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ बाट निर्वाचित त्रिलोचन भट्ट २०७४ साल फागुन ३ गते सो पार्टीको संसदीय दलको नेता चयन भएका थिए […]
२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ४१ महिना पहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्विकार गरेपछि एउटा पेचिलो प्रश्न उठेको छ- के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वास्तवमै एकीकरण भएको थियो ? केही दृष्टान्तहरू हेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै नभएको देखिन्छ । दुवैका केन्द्रीय कार्यालय यथावत मंगलबार धुम्बाराहीस्थित कार्यालयमा नेकपाको बोर्ड […]
२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका छन् । प्रतिनिधि सभा बैठकको कार्यसूचीका सम्बन्धमा सभामुख, दलका नेता र कानुन मन्त्रीबीच छलफल चलिरहँदा प्रधानमन्त्री बाहिरिएका हुन । बैठक सुरु नहुँदै हिँड्नुको कारणबारे पत्रकारले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले हातमात्रै हल्लाउँदै भने, ‘यति भए भैगो नि !’ यही फागुन २३ गते […]
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी, म्याग्दीका पूर्वसभापति डा.भूपेन्द्र बहादुर खड्काको निधनप्रति दुःख व्यक्त गरेका छन् । डा. खड्काको आज बिहान काठमाडौँको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा निधन भएको हो । सभापति देउवाले डा.खड्काको निधनको खबरले आफूलाई स्तब्ध र मर्माहत भएको जनाउँदै शोक विज्ञप्तिमार्फत उनमा श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका […]
३५ वर्ष लामो राजनीतिक सम्पर्क, सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका पुष्पकल दाहाल र माधव नेपालबीचको सम्बन्धमा अदालतले ‘ब्रेकअप’ लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल–नेपाल अलग–अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। नेपाल पक्ष एमालेमै फर्किए पनि ओलीतिर लागेका माओवादी धारका नेताले मूलघरमा नफर्किने संकेत […]
सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । आफूहरु एमालेमा फर्किएको सुनाउँदै उनले अब पार्टीलाई एकदम […]
२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।
२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्ने गम्भीर प्रश्न उठेको बताए । ‘राजनीतिक प्रकृतिको निर्णय र मागदावी […]