होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ। राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एयरफोर्स बनाउनु पर्नेमा जोड गरेका छन् ।नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एयरफोर्स खडा गर्नुपर्ने धारणा राखेका हुन् । ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले पार्टीमा अनुशासनको पाटो निकै कमजोर रहेको बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा उनले पहिलो पटक प्रत्यक्ष चुनाव लड्दाको अनुभव सुनाउँदै यस्तो बताएका हुन् । पार्टीका नेता कार्यकर्तालाई बेलैमा अनुशासनको लगाम नलाए भविष्यमा विकराल अवस्था आउने चौधरीको भनाइ छ । टिकट पाएपछि पार्टीका सबै साथी एक ठाउँमा […]
७ साउन, विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा आजबाट सर्वाेच्चमा निरन्तर सुनुवाइ हुँदैछ । सभामुखको पनि समर्थनमा असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएपछि असार २२ गते एमाले संसदीय दलका नेता कार्की वर्तमान सरकार गठन अवैधानिक भएको भन्दै आफ्नो नेतृत्वमा सरकार गठनका लागि परमादेश […]
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको एकपछि अर्को नेपाल भ्रमण हुँदैछ । चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । नेकपा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको स्मृति दिवसको दिन साउन ७ गते बिहान ११ बजे छिमेकी मित्र रास्ट्र जन गणतन्त्र […]
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकताबद्ध हुन आह्वान गरेका छन् । आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उनले समाजवादी मोर्चा बनाउनु राम्रो भए पनि एक-दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताए । उनले नेपालको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यतामा […]
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाली काँग्रेसका संस्थापक सभापति पहिलो जन निर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस बाजुराले वृक्षारोपण गरेर दिवस मनाएको छ । नेपाली काँग्रेस बाजुरा र बडीमालिका नगर कार्य समितिको संयुक्त आयोजनामा शनिबार मार्तडीस्थित पार्टी कार्यालय परिसरमा विभिन्न प्रजातीका ५० बढी बोट बिरुवा रोपेको हो । मुलुकमा प्रजातन्त्रको स्थापनाका […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सभापति शेरबहादुर देउवालाई पूर्व गृहमन्त्री बालकृष्ण खाँण रोज्ने कि सरकार भनेर प्रश्न गरेका छन् । तीनदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उनले भने– ‘बालकृष्ण खाँणलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू, हाम्रो द्विविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने यो सरकारबाट […]
४ साउन, काठमाडौं । सांसद डा. स्वर्णिम वाग्लेले मौद्रिक नीतिलाई धेरै भारी बोकाउन नहुने बताएका छन् । उनले पब्लिक फाइनान्स र प्राइभेट फाइनान्स दुवैमा समस्या रहेको भन्दै मौद्रिक नीतिलाई मात्र धेरै भारी बोकाउन नहुने बताए । प्राइभेट फाइनान्स उत्पादनमा केन्द्रित भएर अन्य क्षेत्रमा केही कसिलो हुनुपर्ने भन्दै उनले त्यसले राजस्वमा भने दबाब पार्न नहुने बताए […]
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले अतिरञ्जित कुरा गरेको बताएका छन् । केन्द्रीय समितिको तेस्रो दिनको बैठकमा पाण्डेले संसदीय दलको नेता परिवर्तन गर्नुपर्ने थापाको अभिव्यक्तिप्रति लक्षित गर्दै यस्तो बताएका हुन् । ‘हाम्रो विधानले सभापति र संसदीय दलको नेता हटाउने व्यवस्था गरेको छ । विधानको अभ्यास गर्न कसैले […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका गम्भीर बुँदामा बहस नभएकोमा आपत्ति जनाएका छन् । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आवाज उठाउँदा कुरै नबुझी आलोचना भएको जनाए । संसदीय अभ्यासमा आफ्नो दल नयाँ भएकोले प्रक्रियामा कमजोरी भए पनि आफूहरूले उठाएका एजेन्डामा कुनै खोट नभएको दाबी गरे । […]
३ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।कम्बोडियामा हुन गइरहेको निर्वाचन पर्यवेक्षणका लागि ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य र उपमहासचिव विष्णु रिमाललगायत छन् । कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई र संसदीय दलको नेताको जिम्मेवारी […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटाली जाने भएका छन् । आज बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको इटाली भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता समेत रहकी रेखा शर्माले जानकारी दिइन् । ‘संयुक्त राष्ट्र संंघको खानी तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन फुड्स सिस्टम २०२३ स्टकटेकिङ मुभमेन्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण […]
काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुरमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बालुवाटारमा बसेको बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा कम्पनी दर्ता र पुँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जन गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको हो । त्यस्तै, […]
२ असार, काठमाडौं । नेपाली कांग्रेसले ५ देखि ७ लाख नयाँ सदस्य थप्ने लक्ष्यका साथ ‘घरघर जाउँ, पार्टी सदस्य बनाउँ’ अभियान चलाउने भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापाले २० साउन २०८० देखि ३१ असार २०८१ सम्म अभियान चलाउने प्रस्ताव राखेका हुन् ।उनले अगाडि भने, ‘कम्तीमा ५ […]
काठमाडौँ। नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् । चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग […]
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । विधानअनुसार प्रत्येक दुई महिनामा कम्तीमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्नुपर्ने उल्लेख भए पनि एक वर्षपछि आज बैठक बस्न लागेको हो । यसअघि हिजो बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले केन्द्रीय कार्य समिति बैठकका लागि विभिन्न कार्यसूची तय गरेको […]
काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकका लागि सुझाव मागेका छन् । बैठकमा राजनीतिक परिस्थिति, पार्टीको साङ्गठनिक गतिविधिसहितका विषयमा छलफल हुने भन्दै महामन्त्री थापाले आफ्ना विचार र सुझाव इमेल गर्न आह्वान गरेका हुन् ।यसबीचमा जिल्लामा पुग्दा पाएका सुझाव र सल्लाहलाई केन्द्रीय समितिमा राख्ने पनि उनले बताए । आफ्नो इमेल आइडी ([email protected]) र […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सो विधेयकमाथिको कार्यबाही कार्यसूचीबाट हटेपछि उनले आपत्ति जनाउँदै अर्को बैठकमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए । उनले भने– ‘कार्यसूचीमा […]
२९ असार, काठमाडौं । पत्नीशोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई समवेदना दिन एमाले संसदीय दलको टोली बालुवाटार गएको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर समवेदना व्यक्त गर्न एमाले संसदीय दल उपनेता सुवास नेम्बाङको नेतृत्वमा प्रतिनिधिसभा र राष्ट्रिय सभा सांसदहरु पुगेका हुन् । टोलीमा विगतमा प्रचण्डको मन्त्रिपरिषद्मा मन्त्री बनेका नेताहरु पनि सहभागी रहेका थिए । उनीहरुले […]
काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विधेयक पारित गर्न मत विभाजनमा जानुपर्ने एमालेको अडानपछि आजको बैठकको कार्यसूची हेरफेर गरिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा यसअघि ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०’ विधेयक पारित गर्ने कार्यसूची तय गरिएको थियो । सो विधेयक पारित गर्ने हो भने मत विभाजनबाट पारित गर्नुपर्ने एमालेले अडान […]