होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षधरहरु प्रतिक्रियावादी शक्तिको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनको विरुद्धमा लागेको आरोप लगाएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा स्व. बुद्धिबहादुर रायमाझिद्वारा लिखित पुस्तक ‘पञ्चायती जेलमा तेह्र वर्ष’ विमोचनमा बोल्दै प्रधानमन्त्री ओलीले माधव नेपाल पक्षधरलाई लक्षित गर्दै नेपालमा फिँजिएको उज्यालो निभाउने प्रतिक्रियावादी शक्तिहरूको मतियार भएर निर्लज्जतापूर्वक कम्युनिष्ट आन्दोलनका विरुद्धमा लागको […]
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनतामाथि कुठाराघात गरेको बताउनुभएको छ। उहाँले भन्नुभयो प्रधानमन्त्री ओलीले हाँस्यास्पद काम गर्नुभयो। राष्ट्रपतिले सदर गर्नुभयो। यो संवैधानिक र राजनीतिक रुपमा गलत छ, राष्ट्रपतिले सरकार नबनोस् भनेरनै सरकार गठनका लागि छोटो समय दिएर आह्वान गर्नुभएको थियो। विपक्षी दल र […]
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले राष्ट्रपतिलाई तपाईँ भनेर सम्बोधन नगरेको भन्दै आक्रोश पोखेका छन् । आज काँग्रेस सभापति शेरबहादुर देउवाले जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाउँदै उनले ‘राष्ट्रपतिलाई तपाई समेत भन्ने सभ्यता नेपाली काँग्रेसमा रहेनछ’ भन्दै कटाक्ष गरे । बुद्धिबहादुर रायमाझीको १६ वर्षे जेल जीवनको पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रपतिको सम्बन्धमा देउवाको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन विरुद्ध भद्दा, नग्न र कुरुपता प्रदर्शन भइरहेको बताएका छन् । शनिबार बालुवाटारमा बुद्धिबहादुर रायमाझीको १३ बर्षे जेल जीवन पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले विरोधी प्रतिक्रियावादीसँग मिलेर नेपालभर फिँजिएको उज्यालो निभाउन खोजिएको बताए । ‘आन्दोलनका विरुद्ध इतिहासमा कहीँ नदेखिएको भद्दा, नग्न र कुरुपता, अराजकताको विपक्षीसँग मिलेर विरोधीसँग मिलेर नेपालभरी फिँजिएको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीलाई घोषित मितिमा निर्वाचन गराउनका लागि तयारीमा जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोग पदाधिकारीलाई बोलाएर उनले आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले राजनीतिक निकास अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ नै अघि बढेको स्पष्ट […]
काठमाडौं । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको ‘मिलिभगत’मा मध्यरातमा घोषित निर्वाचन जनस्वास्थ्यका दृष्टिले अमानवीय हुनका साथै विधिको शासनका दृष्टिले असंवैधानिक समेत रहेको टिप्पणी गरेको छ । आफ्नो अहम् सिद्धिका लागि प्रधानमन्त्री ओलीले देखाएको हठबाहेक प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणा कुनै दृष्टिले पनि उचित र सान्दर्भिक नरहेको समाजले प्रस्ट पारेको […]
७ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्ने अवस्था हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्रीसँग मिलेर असंवैधानिक रुपमा संसद विघटन गरेको उनले बताए । शनिबार विपक्षी गठबन्धनको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘…फेरि संसद पुनर्स्थापना भएर लोकतन्त्र […]
नेकपा (एमाले) बागमती प्रदेश संसदीय बोर्डको बैठकले माधव नेपाल समूहका बागमती प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बागमती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई मत नदिएको भन्दै बैठकले नेपाल पक्षका प्रदेशसभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको बोर्डको बैठकले […]
संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध कानुनी र राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएका विपक्षी पाँच दल सर्वोच्च अदालत जाने तयारी गरेका छन् । शुक्रबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद सहितका नेताहरु संसद पुनःस्थापनाको मागसहित न्याय माग्दै सर्वोच्च जान लागेका हुन् । शनिबार बानेश्वरमा बसेको ५ […]
एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको घार अपमान भएको समेत बताएका छन् […]
ठमाडौँ- नेपाली कांग्रेस प्रतिनिधिसभा विघटनविरूद्ध कानूनी लडाइँ जाने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ठहर गर्दै कानूनी चुनौती दिने निर्णयमा पुगेको सहमहामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए । संविधानको धारा ७६ को ५ अनुसार सरकार बन्ने अवस्था हुँदाहुँदै सरकारको सिफारिसमा मध्यरातमा राष्ट्रपतिले प्रतिनिधिसभा […]
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले नेपाली जनताको आस्थाको केन्द्र संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको गम्भीर आरोप लगाएका छन् । शनिबार देउवाले एक विज्ञप्ति जारी गर्दै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गर्ने काम भएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना […]
८ जेठ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झण्डै दुईतिहाइ जनमतसहित बनेको नेकपा र केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएकै कारण संसद विघटन भएको बताएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएरै संसदीय व्यवस्थाकै समस्या भएको विप्लव नेकपाको ठहर छ । शनिबार महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक […]
८ जेठ, काठमाडौं । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपराह्न चार बजे बालुवाटारस्थित निवासमा बैठक बोलाएका हुन् । बैठकमा चुनावको मिति घोषणा र पार्टीको आन्तरिक जीवनका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको कदम बिरुद्ध १३ वटा रिट सर्वोच्चमा पुगेको छ । विश्वासको मत प्राप्त हुने दह्रो आधार नदेखिएको भन्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९५० बमोजिम बैकल्पिक सरकार बनाउनका लागी दावी गर्न आग्रह गरेकी छिन् । कानुन व्यवसायीहरुले सो कदम असंवैधानिक भनेका छन् । सो कदम सच्याउनुपर्ने […]
८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने पुस ५ को आफ्नो कदम गलत थियो भन्ने नलागेको बताएका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले फैसला परमसत्य हुन्छ भन्न नसकिने बताए । अरु कारण, परिस्थितिले प्रभावित गर्न सक्ने भन्दै उनले भने, ‘तत्कालको बेञ्चको बुझाई, बेञ्चले बुझेको संविधानका व्याख्या अनुसार फैसला हुने […]
८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने भएका छन् । उनको पक्षमा १४९ सांसदले हस्तक्षर गरेका छन् । शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री बन्नका लागि आफू प्रयासरत रहेको बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिनिधिसभामा ठुलो दलको नेताका हैसियतले आफूलाई बहुमत जुटाउन सहज हुने ठान्दै उपधारा ५ बमोजिम सरकारको नेतृत्वका लागि दावी गर्ने योजनामा रहेको बताए । यसका लागि आफूले दलहरूसँग सहयोग […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सरकार चलाउन दिक्क भएको बताएका छन् ।उनले आफूले नेतृत्वको गरेको सरकारलाई समर्थन पनि नगर्ने र काम पनि गर्न नदिने परिपार्टीबाट दिक्क भएको बताए । उनले अविश्वासको प्रस्ताव राख्नुहोस् भन्दा पनि कसैले नगरेको उनको भनाइ छ ।उनले राजनीतिको यो पारले आफू दिक्क भइसकेँको बताउँदै उनले अर्को सरकार बनाउँन आग्रह गरे […]
७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा गर्न नपर्ने बताएका छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न आफूले राजीनामा दिनुपर्ने संविधानमा व्यवस्था नभएको जिकिर गरे । ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ उनले […]