होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् । विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब […]
काठमाडौं । गत आम निर्वाचनबाट प्रतिपक्षीको म्यान्डेट पाएको नेपाली काँग्रेस अर्को चुनाव नहुँदै कर्णाली प्रदेशको सत्तामा पुगेको छ । कम्युनिस्ट र मधेसवादी घटकले प्राप्त गरेको जनमत खण्डित भएपछि केन्द्रदेखि प्रदेशसम्म काँग्रेसको सत्ता यात्रा शुरु भएको हो । गत निर्वाचनमा गठबन्धन गरी बहुमत बटुलेका एमाले–माओवादीका साथै राजपा–समाजवादीसमेत विभाजनमा पुगेपछि काँग्रेसको सत्ता यात्रा तय भएको हो । […]
काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रीलोचन भट्टले विश्वासको मत लिएका छन् । उनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल खेमाका सांसदहरुको मत पाएका थिए । विश्वासको मतको पक्षमा ३०, विपक्षमा ९ र तटस्थ १२ जना भए । विश्वासको मतको पक्षमा माओवादी केन्द्रका १३ र नेकपा एमालेको नेपाल खेमाका १७ मत परेको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिनका लागि प्रस्ताव पेश भएअनुसार अहिले मतविभाजनको प्रक्रिया सुरु भएको छ । सभामुखले मुख्यमन्त्री भट्टले पेश गरेको विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रदेशसभामा प्रस्तुत गरेका छन् । यससँगै मतविभाजनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्रीलाई माओवादीसहित एमालेले समर्थन गर्ने निर्णय गरिसकेका छन् भने काँग्रेसले आवश्यकताअनुसार विश्वासको मत दिने जनाएको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन जनाएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै दुवै दलका प्रतिनिधिले प्रस्तावको पक्षमा मतदान गर्ने संसदीय दलको निर्णय रहेको भन्दै सोही अनुसार भूमिका निर्वाह गर्ने बताए । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले […]
धनगढी — सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरिरहँदा नेपाली कांग्रेसले भट्ट नेतृत्वकै सरकारलाई साथ दिने निर्णय गरेको छ । विश्वासको मत माग्ने क्रममा सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्ट । कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले ‘नो भोट’ को नीति लिने तर मुख्यमन्त्रीलाई मत नपुग्ने अवस्थामा उनको पक्षमा मतदान […]
२५ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठक सुरु भएको छ । यही बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत दिन प्रस्ताव गर्ने छन् । नेकपा एमालेको माधव नेपाल पक्षले विश्वासको मतको पक्षमा मत दिने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारलाई समर्थन गरेको एमाले र माओवादीको मतले मुख्यमन्त्रीले विश्वासको मत नपाउने […]
२४ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् ।
कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् । माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले […]
२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपाल बुढानिलकण्ठबाट फर्किएका छन् । तीन नेताबीच देउवा निवासमा करिब एक घण्टा छलफल भएको छ । चार बजेतिर बुढानिलकण्ठ पुगेका प्रचण्ड, नेपाल र देउवाबीच प्रदेश सरकारहरुका विषयमा छलफल भएको एक नेताले बताए […]
काठमाडौँ– नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे पार्टी एकता आह्वानको लिखित जवाफ दिने भएको छ । सोमबार माधव नेपाल समूहको स्थायी कमिटी बैठकले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय गरेको नेता बेदुराम भुसालले जानकारी दिए । सो समूहले ओलीले इमान्दारीपूर्वक […]
काठमाडौँ– सत्तारूढ नेकपा (एमाले) को आन्तरिक विवाद र एकता प्रयास निर्णायक बिन्दुमा पुगेको छ । पार्टीबाट निष्काशित नेता माधवकुमार नेपालले ‘स्थायी कमिटीका सदस्यहरूको बैठकबाट पारित प्रस्तावहरू’ सार्वजनिक गरेको भोलिपल्ट अध्यक्ष केपी शर्मा ओलीले ‘नेकपा (एमाले) को एकताका लागि आह्वान’ गरेपछि दुई पक्ष निर्णायक बिन्दुमा पुगेका छन् । नेपालको हस्ताक्षरमा जारी ‘प्रस्तावहरू’ मा पार्टी अध्यक्ष तथा […]
काठमाडौं, २४ जेठ । गृहमन्त्री बन्न नेकपा एमालेका प्रभावशाली नेताहरुबीच दौड तिव्र भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँगै राखेको गृह मन्त्रालयको जिम्मेवारी विश्वासपात्रमध्येलाई दिने चर्चा चलिरहँदा दौड तिव्र भएको हो । गृहमा सबैभन्दा बलियो दाबेदार महेश बस्नेत देखिएका छन् । उनले ओलीको सत्ता संकट टार्न निकै जोखिम उठाएर भूमिका निभाइरहेका छन् ।ओलीका विश्वासपात्रमध्येका […]
काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालपक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन्। ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको रिटमा नेपालपक्षका सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। तर, नेपालपक्षले ओलीको उक्त सर्तबमोजिम हस्ताक्षर फिर्ता नलिने भएका हुन्। ओेलीले आफ्नो वक्तव्यमार्फत् पार्टीलाई […]
२४ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । सोमबार माधव नेपाल समूहका नेताहरुको छलफलले ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको नेता बेदुराम भुसालले जानकारी दिए । ‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबार सम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले रातोपाटीलाई जानकारी […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने प्रधानमन्त्री केपी शर्माको आरोप झूटो रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा सोमबार प्रतिक्रिया जनाउँदै उनले ओलीको भनाइको खण्डन गरेका हुन् । ओलीको अभिव्यक्ति भ्रामक र षड्यन्त्रपूर्ण रहेको पनि दाहालले आरोप लगाएका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण […]
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ । एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका […]
२४ जेठ, धनगढी । नेकपा एमाले सुदूरपश्चिमको प्रमुख सचेतकको जिम्मेवारी प्रदेशसभा सदस्य दुर्गाकुमारी बिकलाई दिइएको छ ।आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका संसदीयदलका नेता प्रकाशबहादुर शाहले बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले सम्पूर्ण सेवा सुविधा पाउने गरी बिकलाई प्रमुख सचेतकको जिम्मेवारी दिइएको जानकारी सचिवालयमा प्राप्त भएको बताए । यसअघि […]
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार अपरान्ह ५ बजेसम्म मन्त्रिपरिषद विस्तार गरिसक्ने योजना बनाएका थिए । तर, माधव नेपाल पक्षलाई पनि समेट्ने अन्तिम प्रयासस्वरुप आइतबार मन्त्रिपरिषद विस्तार भएन । प्रधानमन्त्री ओलीले आफूसँगै राखेका ६ वटा मन्त्रालयमा पूर्वमाओवादी र एमालेका नेताहरुलाई समेटेर आइतबार थप मन्त्रीहरु नियुक्त गर्ने तयारी गरेका थिए । यसका लागि अधिकांश नामसमेत तयार भइसकेको […]