होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्माओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने जिकिर गरिएको हो । ‘यो नितान्त राजनैतिक र कार्यपालिकीय प्रक्रिया हो । संविधानको धारा ७६ […]
२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निष्पक्ष निर्णय नदिएको आरोप खेपेको निर्वाचन आयोगले नेकपा एमालेको निवेदन भने नहेर्ने संकेत गरेको छ । आयोगका पदाधिकारीहरूकै भाषामा भन्ने हो भने ‘आयोगसम्म आवेदन पुगेकै छैन ।’ जबकि तीन महिना अगाडि एमालेको पत्र आयोगमा पुगेको हो । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको […]
२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् । बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई […]
काठमाडौं, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पतालमा उपचार गराईरहेका झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकार लिएका छन् । पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले पोखरेलले नेता खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् ।भेटवार्ताको क्रममा नेता खनालले पार्टी मिलाउनको लागि पोखरेललाई आग्रह गरेको पनि बताईएको छ । पाण्डेले लेखेका […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् । यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा […]
१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सोमबार साँझ बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले ह्वीप उल्लङ्घन गरेको भन्दै ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन सांसद पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । तर २४ […]
काठमाडाैं । लुम्बिनी प्रदेशकाे आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।आइतबार बसेकाे प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएकाे थियाे । लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ […]
काठमाडौं, ३० जेठ । असारको दोस्रो हप्ताभित्र राजनीतिमा कुनै गजबको घटना घटिहाले आश्चर्य नमाने हुन्छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कदमहरु चालेर राजनीतिलाई नै तरंगित पार्ने तयारी गरिसकेका छन् । आफूमाथि जताततैबाट घेराबन्दी भएपछि तोड्नका लागि ओलीले नेकपा एमाले एकताका लागि विशेष प्रस्ताव गर्ने बुझिएको छ । उनले अध्यक्ष […]
कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि सत्तारुढ दल नेकपा एमाले उक्त आदेशविरुद्ध पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । नेकपा एमाले एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले उक्त आदेशविरुद्ध पार्टी पुनरावलोकनमा जाने निश्चित रहेको बताए । उनले यसका लागि छलफल जारी रहेको भन्दै केही दिनभित्रै टुंगोमा पुग्ने जानकारी दिए । ‘हो […]
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री तथा एमाले नेता पृथ्वी सुब्बा गुरुङले प्रदेशमा काँग्रेस नेतृत्वमा बनेको वर्तमान गठबन्धनको आयु लामो नभएको टिप्पणी गरेका छन् । आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै गुरुङले गठबन्धनलाई अप्राकृतिक भन्दै यसको गठबन्धनकै कारण गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको भन्दै तर गठबन्धनको आयु लामो नहुने टिप्पणी गरेका हुन् । उनले सबै दलमा विभाजनका रेखा […]
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बस्ने भएको छ । शनिबार एक विज्ञप्ति जारी केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने जानकारी दिइएको हो । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ३ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा पार्टीको आसन्न १४ औँ महाधिवेशन र समसामयिक […]
३० जेठ, पोखरा । आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको राजीव गुरुङ ‘दीपक मनाङे’ले आफूलाई धोका दिएको निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । आइतबार आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेकपा एमाले संसदीय दलका नेता गुरुङले मनाङेले आफूलाई ‘धोका’ दिएको दिएको बताएका हुन् । गुरुङलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको भन्दै उनले […]
नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली काँग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् । उनले नेपाली कांग्रेसकैमिलीभगतमामहात्मा गान्धीलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाथुराम गोड्से बन्ने बताएका बाग्मती प्रदेशका कांग्रेस सांसद नरोत्तम वैद्यले आफ्नो भनाइ फिर्ता लिएका छन् । आज बसेको बाग्मती प्रदेशसभा बैठकमा विषेश समय लिएर बोल्दै सा.सद वैद्यले आफुले गलत मनसाय नराखेको आवेगमा आएर गलत शब्द बोलेको भन्दै आत्मालोचना गर्दै आफ्नो भनाइ फिर्ता लिएका हुन् । प्रदेशसभा बैठकमा उनले भने,‘वास्तवमा सम्माननीय […]
काठमाडौँ- नेपाली कांग्रेसले वाग्मती विवादास्पद अभिव्यक्ति दिएका प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिएको छ ।पार्टीले वैद्यलाई सचेत गराउँदै अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिइसकेको प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै जानकारी दिएका हुन् । वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम […]
भन्दा र सुन्दा राम्रो लाग्दैन । तर, वास्तविक हो । अब नेकपा एमाले एक छैन । एमाले विभाजनको सिकार भयो । भलै अर्को पार्टी घोषणा भएको छैन । त्यो प्राविधिक कुरा रह्यो । एमाले विभाजनको फेहरिस्त लामो छ । तर, जति नै लामो भएपनि केपी शर्मा ओलीको पेरिफेरि नै घुम्छ । किनकि, एमाले विभाजनको कारक […]
नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । आजको बैठकमा पार्टीको १४औँ महाधिवेशनका बारेमा छलफल हुने छ । कोरोना महामारी तथा राजनीतिक प्रतिकुलताका बीच महाधिवेशन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल हुने बताइएको छ । कांग्रेसले भदौ ७ देखि १० […]
काठमाडौं । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भत्र्सना गरेको छ । शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनाएको छन् । ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको […]
सुर्खेत । शुक्रबार राति सुर्खेतको वीरेन्द्रनगर स्थित करेखोला नजिक सामाजिक अभियन्ताका नामले परिचित ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । राति झण्डै साढे ११ बजेतिर शाहीको समूहमाथि आक्रमण भएको प्रहरीले बताएको छ । सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोमा शाही रुँदै घाइते एक युवकलाई अँगालो हालेको देखिन्छ । टाउकोको पछाडिको भागबाट रगत बगिरहेको देखिने ती […]
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रदेशमा रहेका एमालेका सरकार ढल्दै जाने बताएका छन् । शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यादवले ओलीले नेतृत्व गरेका सरकारहरु ढल्दै जाने उल्लेख गरेका हुन् । सभामुख सापकोटासँगको छलफलको निचोड लोकतन्त्रलाई बचाउने रहेको उनको भनाई छ । यादवले नागरिकता विधेयक संसदबाट पास गराएर नागरिकताबाट बञ्चित […]