होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नम्बर २ को प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मिश्रलाई प्रदेश २ को प्रमुखमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। संविधानको धारा १६३ को उपधारा २ बमोजिम राष्ट्रपतिले महोत्तरीका मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपतिले यसअघिका […]
शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत मुलुक चलाउने योजना बनाएको छ । त्यसको तयारीस्वरुप सोमबार रातिबाट सरकारले सङ्घीय संसद्का दुवै अधिवेशन अन्त्य गरिसकेको छ । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको प्रतिनिधि सभाको अधिवेशन साउन ३ गतेबाट सुरु भएको थियो । तर, करिब एक महिना कुनै कामै नगरी सरकारले साउन ३२ […]
समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष केपी ओलीले स्थायी समिति र संसदीय दलको बैठक बोलाएका छन् । मंगलबार बिहान ११ बजे तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने गरी स्थायी समिति बैठक बोलाएको नेता विशाल भट्टराईले जानकारी दिए । त्यस्तै स्थायी समिति बैठक सकिने बित्तिकै एमाले संसदीय दलको बैठक पनि मंगलबार नै बस्दैछ । एमाले संसदीय दलको […]
काठमाडौं । सोमबार मध्यरात हुनै लाग्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पन्ने वक्तव्य जारी गरी पार्टी एकताको पक्षमा उभिन आहृवान गरेका छन् । ‘पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र प्रतिनिधिसभा तथा राष्ट्रियसभाका माननीय सदस्यहरुलाई पार्टी वा संसदीय दल विभाजनका प्रयासहरु विरुद्ध दृढताका साथ उभिन हार्दिक अपिल गर्दछु’, राति एघार बज्नै लाग्दा जारी वक्तव्यमा उल्लेख […]
काठमाडौँ- प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकमा ‘रेल्वे विधेयक, २०७६’ र ‘प्रत्यायन विधेयक, २०७६ प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । प्रतिनिधसभा पुनर्स्थापित भइसक्दा पनि संसदले बिजनेस नपाएको भनेर सरकारको आलोचना भइरहँदा आज दुई विधेयक प्रस्तुत हुन लागेको हो ।
काठमाडौंः नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीका सबै जिल्ला कमिटीहरु विघटन गरेको छ। अब पार्टीका जिल्ला सम्मेलनहरू पनि नगर्ने माओवादीले घोषणा गरेको छ। काठमाडौंमा आयोजित दुईदिने केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष प्रचण्डले भने, ‘आजैदेखि विधानबाट जिल्ला डिलिट भयो। अब जिल्ला सम्मेलन हुँदैन। अब सिधै जनतामा।’ अब संविधान र संघीयताको मर्म अनुसार पार्टीको स्थानीय तह, प्रदेश र […]
काठमाडौँ — भारतबाट रेल सेट किनेर ल्याएको १० महिना बित्न लाग्दा पनि सञ्चालनको टुंगो लाग्न सकेको छैन । पूर्वतयारीबिना रेल सेट किनेर ल्याएका कारण सञ्चालन मिति तय हुन नसकेको बताइएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल रेलवे कम्पनीले पटकपटक सञ्चालन मिति तय गर्ने गरेका छन् । तर उनीहरूले जतिजति मिति तोके, ती मिति त्यत्तिकै गुज्रिए । […]
नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबारदेखि बैठक जारी छ । आज दिउँसो २ बजे बन्ने बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित गर्ने केन्द्रीय सदस्य किरण गिरीले बताए । गिरीका अनुसार आजको बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका […]
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले भदौ लागेपछि मात्रै पूर्णता पाउने भएको छ । काँग्रेसको बैठक सकिएपछि माओवादीको सुरु हुने र माओवादीको बैठक सकिनासाथ जसपाको बैठक शुरु हुने भएकाले सरकार विस्तार भदौमा धकेलिएको हो । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले चार साता बित्दा पनि आफ्नो नेतृत्वको मन्त्रिमण्डललाई पूर्णता दिन नसकेर आलोचित बनेका […]
काठमाडौं, २९ साउन । मुलुक अहिले पनि प्रचण्डकै पथमा छ । २०६३ सालयता देश उनकै एजेन्डामा अगाडि बढिरहेको छ । संविधानसभाबाट संविधान निर्माण उनकै एजेन्डा हो । गणतन्त्र, धर्मनीरपेक्षता र संघीयता पनि प्रचण्डले नै उठाएको मुद्दा हो । यो मुद्दा पूरा गरेर छाडेका उनी अहिले पनि राजनीतिको केन्द्रबिन्दुमा छन् । २०६२ ६३ को जनआन्दोलन दिल्लीमा […]
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएको बैठक शुक्रबार ११ बजे पुनः बस्दै छ । हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित भएको थियो । बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत […]
काठमाडौं । नेपाली कांग्रेसको १६ देखि १९ भदौसम्मका लागि तोकिएको १४औं महाधिवेशन सार्ने विषयमा शीर्ष नेताबीच सहमति जुटेको छ ।बिहीबारबाट सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकले घोषित महाधिवेशनको मितिलाई सार्ने तयारी गरेको हो । मिति सार्न शीर्ष नेतृत्व सहमत भए पनि कहिले गर्नेगरी कुन मितिलाई सार्ने भन्ने विषयमा भने सहमति जुटेको छैन । स्रोतका अनुसार […]
नेपाली काँग्रेसको सभापतिमा उम्मेदवारी दर्ताका लागि ३० हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ । नेपाली काँग्रेसको बिहीबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा काँग्रेसको निर्वाचन समितिले पेश गरेको निर्वाचन निर्देशिका प्रतिवेदनमा सभापतिमा उम्मेदवारी दिनका लागि ३० हजार शुल्क प्रस्ताव गरिएको हो । यसअघि सभापतिको उम्मेदवारी दर्ता शुल्क २० हजार रुपैयाँ रहेको थियो । यसैगरी प्रतिवेदनमा उपसभापतिका […]
२८ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मन्त्रीहरुले शपथ लिएका छन् ।बिहीबार प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ गराएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय […]
‘सबल काँग्रेस निर्माणका लागि युवा अभियान’ले प्रधानमन्त्रीसमेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण बुझाउँदै महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन् । महाधिवेशनको समय सीमाको अन्तिम क्षणमा पुगिसक्दा पनि क्रियाशील सदस्यता छानविन गरी अन्तिम रुप दिन नसक्नुले नेतृत्वको महाधिवेशनप्रतिको प्रतिवद्धता र नियतमाथि प्रश्न उठ्न थालेको भन्दै उनीहरुले क्रियाशील सदस्यता विवादकै बीच विभिन्न जिल्लाका कार्यकर्ता […]
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकस्थलमा कडाइ गरिएको छ। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा ३ बजेदेखि सुरु भएको बैठकमा सहभागीलाई कालो मास्क निषेध गरिएको छ । यस्तै समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीलाई देउवा लगायतको फोटो मोबाइलबाट खिच्न रोक लगाइएको छ । कालो मास्क लगाउनेलाई गेट मै रोकिएको छ । ‘कालो मास्क खोलेर अर्को […]
नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला गरी अर्थात ३ बजेपछि मात्रै सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि आवश्यक निर्वाचन निर्देशिका […]
२८ साउन, बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच […]
२८ साउन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले हालसम्म शिक्षामन्त्री नियुक्त नहुनुले चार लाख विद्यार्थीको भविष्य अन्योलमा परेको बताएकी छन् । शिक्षामन्त्रीको नियुक्ति नहुनु भागबन्डा नमिलेर हो कि के हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न समेत गरिन् । बिहीबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद वलीले भनिन्, ‘भागबन्डा नमिलेर हो कि शिक्षा मन्त्री अझै नियुक्त गर्नुभएको छैन, त्यसको […]
२७ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अघिल्लो सरकारको पालामा ९७ लाख खोप प्राप्त भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै राज्यमन्त्री श्रेष्ठले असार मसान्तसम्म ९७ लाख खोप प्राप्त भएको र ४२ लाखलाई मात्र लगाइएको जानकारी दिए । नयाँ सरकार आएपछि खोप लगाउनेको संख्या ७५ लाख पुर्याएको उनले जानकारी दिए […]