होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]
नागरिक रैबार/बाजुरा। बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर ८ ले लैंगिक हिंसा रोकथामका लागि सचेतना तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । वडा नम्बर ८ को आयोजनामा वडामा रहेको महिलाहरुको सहभागितामा लैङ्गिक हिंसा राेकथामका लागि सचेतनामूलक तथा क्षमता अभिवृद्धि कार्यक्रम गरेको वडा अध्यक्ष चन्द बहादुर थापाले बताएका छन । नगरपालिकामा हुने हिसांका घटना न्युनिकरणमा गर्न महिलाहरु […]
नागरिक रैबारबाजुरा १२ जेठ/बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्वर २ लाई छाउपडी गाेठमुक्त वडा घाेषणा गरिएकाे छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच वडा नम्बर २ लाई बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले छाउपडी गाेठमुक्त वडा घाेषणा गरेका हुन् । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाकाे समन्वय र २ नम्बर वडा कार्यालयकाे आयाेजनामा वडालाई छाउपडी गाेठमुक्त वडा […]
नागरिक रैबार/बाजुरा २५ बैशाख। सशस्त्र प्रहरी बल नेपाल बाजुरा गुल्मको नवनिर्मित भवनको उद्धघाटन गरिएको छ । मंगलबार एक कार्यक्रमका बिच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालद्धारा उद्धघाटन गरिएको हो । सदरमुकाम मार्तडी नजिकै बडीमालिका नगरपालिका- ९ चौराटामा निर्माण गरिएको भवनको सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । गुल्मपति निवास, कार्यालय लगायत […]
नागरिक रैबार। बाजुराकाे बुढीगंगा नगरपालिकाबाट लागूऔषद खैराे हिराेइन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रकाउ पर्नेमा बुढिगंगा नगरपालिका ५ का २५ बर्षिया बिनोद थापा रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ। बुधबार राति बुढिगंगा नगरपालिका ६ फालासैनबाट लागू औषध (खैरो हिरोईन) को कारोबार बिक्रि बितरण गर्ने गरेको छ भन्ने गोप्य सूचानाको आधारमा प्रकाउ […]
नागरिक रैबार/बाजुरा १८ चैत।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र विभिन्न व्यवसायी गर्दै आएका व्यापारीलाई करको दायरामा ल्याउने गरि सराेकारवाला निकायसंग छलफल गरेकाे छ । बडीमालिका नगरपािलकाको राजश्व शाखाको आयोजनामा व्यवसायी दर्ता, कार्यविधि र कर सम्बन्धी स्थानीय जनप्रतिनिधि,बैंक तथा वित्तिय संस्थाका प्रमुख, घरेलु तथा साना उद्याेग कार्यालय, उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुको सहभागितामा छलफल गरिएको हो । […]
नागरिक रैबार/बाजुरा १८ चैत्र । हावाहुरीका कारण बुढीगंगा नगरपालिका-१० रिठाबजारमा रहेको अस्थायी प्रहरी पोष्टसहित जिल्लाका विभिन्न ठाउँमा क्षेती पुगेको छ । शनिबार दिउसो १ बजे तिर चलेको हावाहुरीका कारण अस्थायी प्रहरी पोष्टको काठ र टिनले बनेको भान्साघर र नागरिक सहायता कक्ष (गोलघर) र अस्थायी प्रहरी बेस क्याम्पको ढोका भाँचिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले नगरबासीका गुनासा सुन्न र समाधानका लागि प्रत्येक शुक्रबार र शनिवार गाउँगाउँमा जाने भएको छ । नगरपालिकाले प्रदान गरेका सेवा प्रवाह र कार्यक्रमका बारेमा जनताबाट गुनासो सुन्ने र आगामी वर्षका लागि वडा तथा नगरपालिकामा गर्नुपर्ने कार्यक्रम तथा योजनाको सुझाव लिन नगरप्रमुख अमर खड्का गाउँ केन्द्रित बनेका छन् । […]
नागरिक रैबार/बाजुरा १४ चैत। जातीय छुवाछुत तथा समाजकाे यथार्थ परक घटनामा आधारित पानी नचल्ने जनचेतनामूलक गीतकाे मार्तडीमा विमाेचन गरिएकाे छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग र बडीमालिका नगर स्तरीय युवा संञ्जालकाे सहकार्यमा निर्माण गरिएकाे उक्त गीत एक औपचारिक कार्यक्रमका विच विमाेचन गरिएको हाे । गीतलाई जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम राेकायाले भिडियाे प्ले गरेर […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय तथा न्यनतम रोजगार सम्वन्धि जनप्रतिनिधि र १८ देखि ४९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरुसंगको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरिएको हो ।नगरपालिकाका जनप्रतिनिधि र वेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र न्युनतम रोजगार बारे […]
नागरिक रैबार/बाजुरा २ चैत। राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराले जिल्लामा हालसम्म ५ सय ३९ जनालाई निस्सा वितरण गरेको छ । आयाेगले आज जिल्ला सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन मार्फत हालसम्म सम्पादन गरेका क्रियाकलापहरु सार्वजनिक गरेको भूमि आयोग बाजुराका विज्ञ सदस्य निमेन्द्र शाहीले बताएका छन् । हालसम्म जिल्लामा भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत […]
नागरिक रैबार/बाजुरा २ चैत। बाजुराकाे बडीमालिका नगरपालिका-९ कि एक जना गर्भवति महिलाकाे हेलिकप्टर मार्फत उद्वार गरिएको छ । शुक्रबार जिल्ला अस्पताल बाजुरामा गर्भवती हुन नसकेपछि साेहि वडाका सन्जय विककी श्रीमती अन्दाजी २२ वर्षिया सम्झना सुनारलाई हेलिकप्टर मार्फत उद्वार गरिएको हाे । अस्पतालमा सुत्केरीकाे अवस्था जटिल भएपछि प्रादेशिक अस्पताल सुर्खेत रिफर गरिएको जिल्ला अस्पताल बाजुराका सूचना […]
नागरिक रैबार/बाजुरा १ चैत्र । बडीमालिका नगरपालिका वडा नम्वर ९ को नवजिवन युवा क्लवका युवाहरु बजारसफाइमा जुटेका छन् । सदरमुकाम मार्तडीको माथिल्लो बजार हुँदै निस्किने फोहरले गैरीबजार बस्तीमा फोहोर थुप्रिँदै गएपछि नवजीवन युवा क्लवका युवाहरुको सक्रियतामा विहीबार विहान सरसफाई गरिएको हो । मार्तडी बजार प्रवेश गर्ने मुख्य ठाउँमा फोहर थुप्रिएर दुर्गन्धित बनेपछि सो क्लवमा क्लवमा […]
राजेन्द्र विक बाजुरा,१चैत । बाजुरामा भिर बाट लडेर एक महिलाको मृत्यु भएको छ।मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका चन्दे साउदकी ४५ बर्षिया श्रीमति दुरा साउंद रहेकी मना शहरी स्वास्थ्य केन्द्रका प्रमुख छत्र साउंदले जानकारी दिनुभयो। बुधबार गाउँ नजिकैको दल्लेडी भन्ने जंगलमा घाँस काट्न गएका बेला भिर बाट लडेर गम्भीर घाइते साउंदलाई घर पुर्याएर […]
नागरिक रैबार/बाजुरा ३० फागुन। बाजुराकाे सदरमुकाम मार्तडीस्थित मालिका माविले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूकाे विद्यालयबाट विदाई गरेकाे छ । विद्यालयबाट यस वर्षकाे माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा सहभागी हुने विद्यार्थीहरूलाई आज एक औपचारिक कार्यक्रमका विच मायाकाे चिनाे प्रदान गरेर विदाई गरेकाे विद्यालयका शिक्षक धिरबहादुर दानीले बताएका छन् । जिल्ला भरिका सामुदायिक विद्यालयहरू मध्ये मालिकामा […]
नागरिक रैबार। बाजुरामा एक पसलमा आगलागी भएको छ। गएराती बिद्युतको तार सट भएर आगलागी हुँदा बडीमालिका नगरपालिका-६ का उमेश कार्किकाे पानीनाउलामा रहेकाे पसल जलेर नष्ट भएकाे हाे । विगत लामो समय साँफे- मार्तडी राजमार्ग अन्तरगतकाे नुनेपानी भन्ने ठाउँमा हाेटल व्यवसाय गर्दै आएका कार्कीको पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताएका […]
बाजुरा केन्द्रबिन्दु भएर सोमबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बाजुराको जुगाडा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । अपराह्न ४ बजेर ५७ मिनेटमा गएको भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस भएको थियो ।
नागरिक रैबार/फागुन २७ बाजुरा ।बाजुराकाे बडीमालिका नगरपलिका ७ मा रहेको चुथी स्वास्थ्य चौकीले आजबाट स्मार्ट हेल्थ सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य चाैकीबाट सेवाकाे गुणस्तर सुधारका लागि स्मार्ट हेल्थ ग्लोवल परियोजना मार्फत टेलि मेडिसिन सेवा सँचालनमा ल्याईएको हो । सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी नागरिकको स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिकाको पहलमा […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको सदरमुकाम मार्तडीमा भोलि शनिवार र पर्सि आईतबार २ दिन राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै बाजुरा वितरण केन्द्र अन्तरगत बल्दे देखि अमकोट सम्मको ३३ केभि लाईनमा ११ केभि कम्पोजिट लाईन निर्माणको काम गर्ने भएकोले मार्तडीमा २ दिन विद्युत सेवा […]