होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० साउन।बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र महिनाको एकदिन अनिवार्य श्रमदान गर्ने अभियान सूरु गरेको छ । बडीमालिकाको शान, महिनाको एकदिन अनिवार्य श्रमदान भन्ने उद्देश्यका साथ अभियानको सदरमुकाम मार्तडी बजारको सरसफाई गरेर गरेको हो । नगरपालिकाको सेवा क्षेत्रभित्रका नागरिकहरुलाई समाजप्रति जिम्मेवार बनाउन महिनाको एक दिन अनिवार्य श्रमदान अभियान सूरु गरेको नगरपालिकाले जनाएको छ । श्रमदान […]
नागरिक रैबार/बाजुरा २९ साउन।जन्मदिनको अवसर पारेर दिपक कडाराले काठमाण्डौंमा उपचारारत रहेकी बाजुराकी रमिला कुमारी विकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका घर भई हाल मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कवाडी हुम्लामा शाखा प्रबन्धकमा कार्यरत रहेका कडाराले आफ्नो जन्मदिनको अवसर पारेर रमिलाको उपचारका लागि आर्थिक सहयोग स्वरुप ४ हजार […]
नागरिक रैबार/बाजुरा २८ साउन। बाजुरामा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का ३१ वर्षिया मनबहादुर विष्टको परिवारलाई ठेकेदार कम्पनि र नेपाल विद्युत प्राधिकरणले उचित क्षेतिपुर्ति दिने सहमति गरेको छ । आज जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलसहित पीडित परिवार, ठेकेदार कम्पनि (ईश्वर निर्माण सेवा) र नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्र लगायतका […]
नागरिक रैबार/बाजुरा २८ साउन।शनिबार दिउसो राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत लाईन विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएका बडीमालिका नगरपालिका–७ का मनबहादुर विष्टको शव आफन्तले बुझेका छैनन् । २ दिन अगाडि सोही नगरपालिका–६ को जडाङ्गामा विद्युतको लाईन विस्तार गर्ने क्रममा ३३ वर्षिया मनबहादुर विष्टलाई करेन्ट लागेको थियो । अछामको साँफे देखि सदरमुकाम मार्तडीसम्मको ३३ केभीको […]
नागरिक रैबार/बाजुरा २५ साउन।बाजुराका स्थानीय तह ३ सातादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्त सम्म पालिकाको काम सकेर यहाँका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरु विभिन्न कामको सिलसिलामा ३ सातादेखि जिल्ला बाहिर रहेका छन् । जिल्लाका ९ वटा स्थानीय तहमध्ये खप्तड क्षेडेदह गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द […]
नागरिक रैबार/बाजुरा २४ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि विदेशबाट आर्थिक सहयोग जुटिरहेको छ । रमिलाको उपचारका लागि बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं ४ मनाकोट बिजे डुङ्गा स्थायी घर भई हाल अष्ट्र«ेलिया बस्ने विरेन रोकाया र युके बस्ने धिरेन्द्र रोकाया दुई दाजुभाईले ४० हजार नेपाली आर्थिक […]
नागरिक रैबार/बाजुरा २३ साउन। माध्यमिक शिक्षा परीक्षा एसईईको मौका परीक्षा आजबाट सूरु भएको छ । परिक्षामा बाजुराबाट १ हजार ५ सय ८२ जना परिक्षामा सहभागी भएका छन् । जसमा ६ सय ८७ छात्र र ८ सय ९५ छात्रा हरु सहभागि छन् । यस अघिका वर्षहरुमा एसईईको पुरक परिक्षामा सहभागि हुने जिल्लाभरका विद्यार्थीहरुले सदरमुकाम मार्तडीमा आएर […]
नागरिक रैबार/बाजुरा २२ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा भित्रका नागरिकहरुका लागि स्टेचर सहयोग गरेको छ । वडा कार्यालयको सहयोगमा वडा भित्रका ८ वटा टोललाई स्टेचर सामाग्री वितरण गरिएको हो । वडाको सेवा क्षेत्र भित्र आकस्मिक रुपमा हुने घटनाहरुको सहजताका लागि स्टेचर सामाग सामग्रीे उपलब्ध गराएको हो । वडा कार्यालयले मंगलबार एक कार्यक्रमको […]
नागरिक रैबार/बाजुरा १४ साउन।बाजुरामा पानीपुरी र चट्पटे खाँदा एकै पटक १२ जना विरामी परेका छन् । बडीमालिका नगरपालिका–९ को नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पसलमा पानीपुरी र चट्पटे खाएका १२ जना बिरामी भएका हुन् । पानीपुरी र चट्पटे खाएपछि विरामी भएकाहरुको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ । एकैपटक बिरामी भएका सबैजनामा […]
नागरिक रैबार/बाजुरा १३ साउन। बाजुराको बडीमालिका नगरपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न २ वटा विद्यालयलाई एउटै विद्यालयसंग मर्ज (समायोजन) गरेको छ । बडीमालिकाको सेवा क्षेत्रभित्रका विद्यालयहरुको गुणस्तर सुधार्न विद्यालयहरुलाई मर्ज गर्ने निति अनुरुप वडा नम्वर ३ मा रहेको खाति भिटा आधारभुत विद्यालयलाई चोयाकोट माविसंग मर्ज (समायोजन) गरेको हो । बडीमालिका–३ सेरगाउँमा रहेको खातिभिटा आधारभुत विद्यालयलाई चोयाकोट […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र बाजुराको व्यवसायी क्षेत्रमा अतुलनीय क्षती पुगेको उद्योग वाणिज्य संघले बताएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन भएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको हो । लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार […]
नागरिक रैबार/बाजुरा २२ असार। बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले बगाएपछि अहिले उक्त खाेला हुँदै आवतजावत गर्ने नागरिकहरूलाई समस्या भएकाे हाे । हिउँदकाे समयमा काेल्टी सम्म […]
नागरिक रैबार/बाजुरा २१ असार। बाजुराको बडीमालिका नगरपालिकाले नयाँ डोजर खरिद गरेको छ । नगरपालिकाभित्र भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माण गर्न जेसिवि डोजर खरिद गरेको हो । नगरपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट डोजर खरिद गरिएको बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले बताएका छन् । जेसिवि डोजर खरिदका लागि नगर सभाबाट ६० लाख […]
बाजुरा । अविरल वर्षाले ठाउँ ठाउँमा पहिरो जाँदा जिल्लाको पूर्वी–उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ । मार्तडी–कोल्टी सडक अन्तर्गत बडीमालिका नगरपालिका–७ जिल्लीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी रवीन्द्रसिंह कार्कीले जानकारी दिए । सडक अवरुद्ध हुँदा मार्तडी–कोल्टी सडकमा चल्ने जिप तथा मालवाहक सवारी साधान ठप्प भएका […]
नागरिक रैबार/बाजुरा १४ असार। बाजुराको बडीमालिका नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रलाई रातिको समयमा उज्यालो बनाउन थप ६० वटा सडक बत्ति जडान गर्न थालेको छ । बडीमालिका नगरपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार बजारका सार्वजनिक ठाउँहरुमा नेपाल विद्युत प्राधिकरण अन्तरगतको सडक बत्ति जडान गर्न थालेको हो । बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा मार्तडी बजारभित्रका सार्वजनिक ठाउँहरुमा नेपाल […]
नागरिक रैबार/बाजुरा १३ असार। बडीमालिका नगरपालिका वडा नम्वर ८ का बाल समूह तथा युवा क्लवको क्षमता विकास गर्न एक दिने अभिमुखिकरण कार्यक्रम गरिएको छ । बडीमालिका नगरपालिका ८ नम्वर वडाको आयोजनामा विहिबार एक औपचारिक कार्यक्रमका विच उक्त एक दिने अभिमुखिकरण गोष्ठीको आयोजना गरिएको हो । वडाको सेवा क्षेत्र भित्र रहेका बाल समूह तथा युवा क्लवको […]
नागरिक रैबार/बाजुरा १३ असार। बडीमालिका नगरपालिका वडा नम्वर २ का वडा स्तरीय सामुदायिक वन उपभोक्ता समूहका लागि एक दिने अन्तरक्रिया गोठी सम्पन्न भएको छ । बडीमािलका नगरपालिका वडा नम्वर २ को आयोजना र डिभिजन वन कार्यालय बाजुरासंगको सहकार्यमा वडा स्तरीय सामुदायिक वनका उपभोक्ताहरुका लागि एकदिने अन्तरक्रिया गोष्ठी सम्पनन गरिएको हो । वडामा रहेका सामुदायिक वनहरुको […]
नागरिक रैबार/बाजुरा १० असार।बाजुराको बडीमालिका नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ५० करोड ३९ लाख १९ हजारको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न १५ औं अधिवेशन तथा दोस्रो नगरसभाबाट सो बजेट सार्वजनिक गरेको हो । ” कृषि, शिक्षा , स्वास्थ्य , पर्यटन र पुर्वाधार बडिमालिका नगरपलिका समृद्धिको प्रमुख आधार ” भन्ने मुल नाराका […]
नागरिक रैबार/बाजुरा ६ असार। बाजुराको सदरमुकाम मार्तडीमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । बिहिबार बेलुकी विद्युतको तार मर्मत गर्ने क्रममा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण केन्द्र अन्तरगत बडीमालिका नगरपालिका ९ कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ […]