होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ कार्तिक। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ मा वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को आयोजना हुने भएको छ । वडा नम्वर ८ को आयोजना र बडीमालिका युवा परिषदको समन्वयमा कार्तिक ४ गतेबाट संचालन हुने गरी वडा अध्यक्ष कप सेभेन ए साईड खुला फुटबल प्रतियोगिता २०८१ को आयोजना हुने भएको हो । […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
राजेन्द्र विक/बाजुरा १ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित विहिबार बिहान बाजुरास्थित त्रिवेणी नगरपालिका वडा नम्वर ९ मा पर्ने बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गर्नुभएको हो । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा पूजा एवम दर्शनको लागि […]
नागरिक रैबार/बाजुरा ३० असोज। अमेरिकी नागरिक जिम्मेरी करिव ४७ वर्षपछि बडीमालिका नगरपालिका–२ स्थित जुगाडाको भौनेरामा पुगेका छन् । पर्यटन उद्यमी तथा ईन्जिीनियर समेत रहेका जिम्मेरी ओरेलली आफ्ना दुई छोरा सहित मंगलबार भौनेरामा पुगेका हुन् । २०३४ सालमा भौनेरामा पुल निर्माणका क्रममा करिव एक वर्ष बसेका जिम्मेरी करिव ४७ वर्षपछि सोही ठाउँको अवस्था बुझ्न अमेरीकाबाट छोरा […]
नागरिक रैबार/बाजुरा २७ असोज।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ५ मा अरिङ्गालको टोकाईबाट एकजनाको मृत्यु भएको छ । भने अर्का एकजना घाईते भएका छन् । शुक्रबार विहान सोही वडाको पानलोटे भन्ने ठाउँमा अरिङ्गालले टोक्दा वर्ष ६५ का अंगे बडुवालको मृत्यु भएको बडीमालिका–५ का वडा अध्यक्ष धरमपाल मिजारले जानकारी दिए । वडा अध्यक्ष मिजारका अनुसार अरिङ्गालको टोकाईबाट […]
नागरिक रैबार/बाजुरा २५ असोज। बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा यस वर्ष ६४ बोकाको बलि दिइएको छ । मालिका मन्दिरमा महाष्टमीको अवसर पारेर विहान ८ बजेदेखि करिब दिउसो १ बजेसम्म ६४ वटा बोकाको बलि दिइएको मालिका मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्ष ४० वटा बोका र १ राँगा बलि […]
नागरिक रैबार/बाजुरा १७ असोज। बाजुरामा मंगलबार दिउसो देखि अवरुद्ध बनेको नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । ३ दिनदेखि अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा विहिबार साँझदेखि सुचारु भएको हो । मंगलबार दिउसो बुढीगंगा नगरपालिकाको बल्देमा फाइवर नेटको तार चुडिएपछि जिल्लामा इन्टरनेट सेवा अवरोध भएको थियो । बल्दे नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तर्गत […]
नागरिक रैबार/बाजुरा १६ असोज । बाजुराको सदरमुकाम मार्तडीबासीले राँगालाई एक आपसमा जुधाएर दशैँको सुरुवात गरेका छन् । दसैंको अवसर पारि आज बडीमालिका नगरपालिका वडा नम्वर ८ को बाउली बगरमा राँगा जुधाएर दशैँको सुरुवात गरेका हुन् । मार्तडीबासीले प्रत्येक वर्ष घटस्थापनाको अघिल्लो दिनदेखिनै विशेष रुपले राँगाहरुलाई एक आपसमा जुधाएर बडा दशैंको स्वागत गर्ने प्रचलन रहेको छ […]
नागरिक रैबार/ बाजुरा १६ असोज । बाजुरामा दशैं तिहारको मुख्खैमा कालोबजारी बढ्न थालेपछी बजार अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको छ । दशैं तिहारको विचमा जिल्लाका विभिन्न हाट बजारहरुमा अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको हो । बुधबार जिल्लाको बडीमालिका नगरपालिकाको मार्तडी लगायतका बजारहरु अनुगमन गरि अखाद्यवस्तु नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय बाजुराका सूचना […]
नागरिक रैबार/बाजुरा ११ असोज।नेपाल निजामति कर्मचारी संगठन बडीमालिका नगर इकाई कमिटीको अध्यक्षमा कृष्ण बहादुर खड्का रहनेगरी नयाँ नगर ईकाइ कमिटी गठन गरिएको छ । शुक्रबार नेपाल निजामति कर्मचारी संगठन नगर इकाई कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमबाट नगर इकाई कमिटी समेत गठन गरिएको हो । बडीमालिकामा २०७८ साल पौष २७ गते प्रमिला थापाको अध्यक्षतामा गठन गरिएको […]
नागरिक रैबार/ बाजुरा ११ असाेज। राष्ट्रपति रामचन्द्र पाैडेल नाटेश्वरी मन्दिर उद्घाटनका लागि बाजुरा आउने भएका छन् । बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित नाटेश्वरी मन्दिरको समुद्घाटन गर्नको लागि राष्ट्रपति पाैडेल असाेज २१ गते बाजुरा आउन लाग्नु भएको हाे। बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा नम्बर ७ […]
नागरिक रैबार/बाजुरा ९ असोज।बाजुराको बडीमालिका नगरपालिकामा नागरिकहरुको गुनासो व्यवस्थापन सम्वन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । निड्स नेपाल, सामाजिक सुरक्षा नागरिक समाज संजालको आयोजना, युरोपियन युनियन (सयुक्त राष्ट्र संघ) को सहकार्य र बडीमालिका नगरपालिकाको समन्वयमा उक्त एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । एकदिने अभिमुखिकरण कार्यक्रममा वडा स्तर, विषयगत शाखा र पालिका स्तरमा आउने आम […]
नागरिक रैबार । बाजुराकाे सदरमुकाम मार्तडीमा आजबाट विधिवत रूपमा अनन्ते मेला सुरु हुने भएकाे छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ अर्थात आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम मार्तडीको मालिका मन्दिर नजिकैकाे अनन्त्या गणामा लाग्ने उक्त मेलामा यहाँका स्थानीयहरुले ३ दिनसम्म रातदिन आ–आफ्नै […]
नागरिक रैबार/बाजुरा ३१ भदौ । बाजुरामा असोज २ गतेबाट अनन्ते मेला लाग्ने भएको छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ देखि ४ गतेसम्म लाग्ने भएको हो । यस वर्षको अनन्ते मेलालाई व्यवस्थित गर्न बडीमालिका नगरपालिकामा नगर उप्रमुख नन्दा कुमारी थापाको नेतृत्वमा सर्वपक्षीय बैठक बसेको छ […]
बाजुरा। कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट यस बर्ष १५ सय बढी विद्यार्थी सहभागि हुने भएका छन् । यहि भदौ २५ र २६ गते हुने परीक्षामा बाजुराबाट १ हजार ५ सय ५५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले बताएको छ । बाजुुराका २७ वटा माध्यमिक विद्यालयबाट १ हजार ५ सय ५५ जना […]
नागरिक रैबार। बाजुराको सदरमुकाम मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा ल्याइएको छ बडीमालिका नगरपालिका ९ स्थित मालिका मावि नजिकै कार्यालय संचालन हुने गरि सो केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रको सोमबार एक औपचारिक कार्यक्रमका विच मालिका नमुना माध्यामिक विद्यालयका प्रार्चाय शुभराज पाध्यायले उद्घाटन् गरेका हुन् । कम्प्यूटर सेन्टरलाई प्रार्चाय तिमिल्सेनाले विधिवत रुपमा […]
नागरिक रैबार/बाजुरा ५ भदाै। बाजुरामा करेन्ट लागेर घाइते भएका दुवै जनालाई जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा हेलिकप्टर मार्फत उद्वार गरि सुर्खेत लगिएको छ । बुधबार विहान बडीमालिका नगरपालिका ६ को जडाङ्गामा करेन्ट लागेर सोहि वडाकाे कोर्धका वर्ष २८ का रुपक बडुवाल र वडा नम्वर ४ ओलेनाका ३२ वर्षिया राजेन्द्र नाथ घाइते भएका थिए । घाइते […]
नागरिक रैबार। बाजुरामा करेन्ट लागेर २ जना घाइते भएका छन् । बुधबार विहान बडीमालिका नगरपालिका ६ जडाङ्गामा करेन्ट लागेर २ जना घाइते भएका हुन् । गाउँमा उत्पादन गरिएको कोर्धाली गाड लघुजलविद्यतु आयोजनाको तार मर्मतका लागि पोलमा चढ्ने क्रममा करेन्ट लागेर २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा बडीमालिका ६ […]
नागरिक रैबार/बाजुरा ३ भदौ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ कि २६ वर्षिया रमिला कुमारी विकको उपचारका लागि भारतबाट आर्थिक सहयोग गरिएको छ । रमिलाको उपचारका लागि बाजुराको बडीमालिका नगरपालिका ५ मना घर भई हाल रोजगारीको सिलसिलामा भारतको महाराष्ट्र मुलुण्ड निवासी दलित समुदायबाट संकलित २८ हजार सहयोग गरेका हुन् । रमिलाको उपचारमा थप सहयोग […]
नागरिक रैबार/बाजुरा ३१ साउन। बाजुराबाट पूजा सामग्री लिएर सरकारी टोली प्रसिद्ध धार्मिक स्थल बडीमालिका प्रस्थान गरेको छ । बिहिवार सदरमुकाम मार्तडी स्थित मालिका मन्दिरमा पूजाआजा गरेर बडीमालिका मन्दिरको पुजाका लागि जिल्लाको सरकारी टोली प्रस्थान गरेको हो । बडीमालिका माताको दर्शनका लागि पूजा सामग्री बोकेर सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डल, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख […]