होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु […]
नागरिक रैबार/बाजुरा १९ भदौ । नेकपा एमाले निकट अखिल नेपा महिला संघ बाजुराले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । अनेमसंघ बाजुराले पार्टीमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर अनेमसंघ बाजुराले बुधबार सदरमुकाम मार्तडीको जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा […]
काठमाडौं– आधा दर्जनभन्दा बढी धेरै सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) करिब एक वर्षदेखि फरार छन् । दुई वर्षअघिसम्म रवि लामछिानेका साझेदार उनी अहिले मलेसियामा लुकेर बसेको सूचना सरकारसँग पनि छ । तर उनी पक्राउ पर्न सकेका छैनन् । वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकले केही समयअगाडि जीबीलाई समात्न नेपाल प्रहरीले आफ्नो […]
नागरिक रैबार/बाजुरा १६ भदाै । नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक भदाै १३ गते मार्तडीमा बसेकाे थियो । एमाले बाजुराले पार्टीको दोस्रो पूर्ण वैठकबाट २३ वटा सचिवालय र जिल्लाका ६९ वटै वडामा वडा इन्चार्ज समेत तोकेको बताएको छ । पार्टीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आइतबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे छ […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै […]
काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]
काठमाडौँ – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ। एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि […]
जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, […]
काठमाडौँ । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी गराए । रातोपाटीबाट
नागरिक रैबार/बाजुरा २० साउन। बाजुराको बुढीनन्दा नगरपालिका साविकको पाण्डुसेन गाविस का ७, ८, ९ र १० का नागरिकहरुका लागि नेपाल खाद्य संस्थानको विक्रि केन्द्र स्थापना भएको छ । पाण्डुसैनका नागरिकले खाद्यान्न किन्नका लागि कोल्टी धाउनुपर्ने बाध्यताको अन्त्य गर्न उक्त ठाउँमा खाद्यन्न बिक्री केन्द्र स्थापना गरिएको हो । गाउँमै सहज र सुलभ तरिकाले खाद्यान्न आपूर्ति गर्ने […]
काठमाडौँ । बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ४२, लुम्बिनीमा २७, कर्णालीमा आठ र सुदूरपश्चिममा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । विपद्मा ४९ जना बेपत्ता तथा एक सय […]
नागरिक रैबार। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई नि:शुल्क खाना र बास बस्नका लागि उचित व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलामा बुढीनन्दा क्षेत्रमा आउनेहरुलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो । बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह ‘वाइल्ड […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले नदीहरुको हालको अवस्थाबारे जानकारी गराएको छ । महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार बिहानको मापनमा कोशी, कर्णाली, नारायणी, महाकाली, बागमती, कन्काई, कमला, पूर्वी राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सतर्कता तहभन्दा तल र सामान्य अवस्थामा रहेको जनाएको छ । महाशाखाले तीन दिनसम्मको अनुमान गर्दै आज दिउँसो, […]
काठमाडौँ– पोखराको बिरौटामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा भएको छ । पोखरा महानगरपालिका– १७ बिरौटामा रहेको एलपी मेमोरियल इङ्ग्लिस बोर्डिङ स्कूलको ग १ क ६२१९ नम्बरको बस दुर्घटनामा परेको हो । प्रारम्भिक जानकारीअनुसार मट्टिखानबाट विद्यार्थी लिएर स्कूलतर्फ जाँदै गरेको बसमा २२ विद्यार्थी, चालक र एक सहयोगी रहेको बताइएको छ । बस करिब ६० मिटर तल सडकमा खसेको […]
नागरिक रैबार/बाजुरा १३ साउन । बाजुराको सदरमुकाम मार्तडी बजारका व्यापारी पुष्प खड्काको निधन भएको छ । डोटी जिल्ला सिलगढी नगरपालिका घर भई मार्तडीको दुनिहाटबजारमा विगत १२ वर्षदेखि व्यापार व्यवसाय गर्दै आएका खड्काको शनिबार राति उपचारका क्रममा जिल्ला अस्पताल डोटीमा निधन भएको हो । लामो समय देखि प्रेसरका कारण नियमित औषधि सेवन गर्दै आएका खड्कालाई शनिबार […]
काठमाडौँ । १५ दिन बिति सक्दा पनि नारायणगढ मुगलिङ सडक खण्डको सिमलतालमा पहिरोले बगाएको बस र यात्रुको अवस्था अज्ञात रहेको छ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकको सिमलतालमा खसेको पहिरोमा परी काठमाडौंबाट गौर जाँदै गरेको र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको दुई बस त्रिशूली नदीमा खसेका थिए । ६५ जना सवार उक्त बसका ३ जना […]
काठमाडौँ —हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशभरका केही स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, मधेश,वाग्मती […]
असार । गते त्रीशुली नदिमा दुई यात्रुवाहक बस दुर्घटनामा परी बेपत्ता भएकाहरुको पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य सुरु भएको छ । र्याफ्टबोटमा जडान गरेर पानीभित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ ।सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र […]
काठमाडौं । गएराति नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोका कारण यात्रुसहित त्रिशुलीमा बेपत्ता २ वटा बस खोजी कार्य स्थगित भएको छ । बिहानैबाट त्रिशुलीमा खसेका बस खोजिए पनि नभेटिएकाले आजलाई खोजी कार्य स्थगित गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी कुमार न्यौपानेले जानकारी दिए । अब भोलि बिहानबाट मात्रै बेपत्ता बस खोज्न सुरु गरिने न्यौपानले बताए ।‘नदीमा पानीको […]