होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२९ मंसिर, त्रिशूली । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ संक्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवचसहितको सावधानी अपनाएर प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले […]
२९ मंसिर, काठमाडौं । शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । बस्नेतका अनुसार आगो नियन्त्रणमा लिनका लागि काठमाडौं र ललितपुर महानगरपालिकासहितका दमकल परिचालित छन् । प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने देखिएको भनिएको छ ।
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध विरोध प्रदर्शन सुरु गरेको छ । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर र्याली निकालेका छन् । काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँबाट र्याली निकालिएको छ । सरकार भ्रष्ट्राचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरु विरोध […]
२९ मंसिर, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत एक प्रहरी हवल्दारले गएराती आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सामुदायिक प्रहरी सेवा केन्द्रमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार होमप्रसाद ढकालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । थापाका अनुसार भरतपुर महानगरपालिका २४ शुक्रनगरमा रहेको आफ्नै घर नजिकैको आँपको […]
२९ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिकाको वाडभञ्ज्याङ्गस्थित मसिने भिरमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रागिरि–२ मा रहेकोे भिरमा ना २ क ३२३ नम्बरको मिनी ट्रक सडकबाट डेढ सय मिटर तल खसेको हो । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार दुर्घटनामा तामाङ मरिण कन्ट्रक्सनका लेखापाल अन्दाजी २३/२४ वर्षका मनिष […]
२९ मंसिर, चितवन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सत्तारुढ नेपाल कम्युजिस्ट पार्टी (नेकपा)मा देखिएको मतभेदले पार्टी नफुट्ने बताएका छन् । सचिवालय सदस्य थापाले पार्टीको विवादलाई स्वभाविक प्रक्रियाका रुपमा लिन आग्रह गरे । चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री थापाले पार्टीमा जारी बहसले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउने बताए । जारी स्थायी कमिटीको […]
नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए । नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए । विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन् । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द […]
२९ मंसिर, काठमाडौं । याम्बलिङ हाइड्रोपावर र नेकपाका दिवंगत नेता कमान सिंह लामाबीचको विवादलाई लिएर आफ्नो परिवारको चरित्र हत्या गर्न खोजिएको भन्दै सुसन कर्माचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । भेटमा प्रधामन्त्री ओलीले हल्लाको पछि नलाग्न सुझाव दिएको उनका पति लक्षमण कृष्ण राजभण्डारीले जानकारी दिएका छन् । सुसन कर्माचार्य नेपाल कम्युनिस्ट पार्टी (नेकपा) […]
दाङमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानवीय क्षति भने नभएको प्रहरीचौकी जसपुरका प्रहरी नायब निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज बिहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । […]
बाजुरा २८ मंसिर। सडक सञ्जाल सँग नजोडिएको एक मात्र जिल्ला हुम्ला सडक सञ्जाल सँग जोडिने भएको छ । कर्णाली करिडोर अन्तर्गत हुम्ला जिल्लामा २७ किलोमिटर सडक निर्माण कार्य पुरा भएपछि यातायात सञ्चालन हुने भएको छ । बाजुरा र हुम्लाको सिमाना कवाडी देखि हुम्लाको सर्केगाड गाँउपालिकाको बालगुना सम्म २७ किलोमिटर नेपाली सेनाले निर्माण कार्य सम्पन्न गरेपछि हुम्ला […]
अछाम: अछामका थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार कमलबजार प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका सूचना अधिकारी टेक बहादुर बिष्टका अनुसार साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका ५/५ जना, तुर्माखाँद गाउँपालिकाका र रामारोशन गाउँपालिकाका २/२ जना, त्यस्तै मंगलसेन नगरपालिकाका १ जनामा संक्रमण देखिएको हो।
नागरिक रैबार/बाजुरा २८ मसिर। जिल्लाकाे बडीमालिका नगरपालिका वडा न ६ काेर्थमा १ दिने पशु स्वास्थ्य शिबिर सम्पन्न भएकाे छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुरा, बडिमालिका नगरपालिका पशु सेवा शाखा, सहयोगी हातहरुको समुह (सहास) नेपाल, लिफ्ट परियोजना बाजुरा को संयुक्त आयोजनामा उक्त शिविर बडिमालिका नगरपालिका वडा नं ६ कोर्धमा सम्पन्न भएकाे पशु […]
बझाङ । गाउँपालिकाले छाउगोठ भत्काएपछि महिलालाई समस्या हुने गरेको छ । साइपाल गाउँपालिका भइसकेपछि चारपटक बनाइएका छाउगोठ भत्काएपछि महिला महिनावारी भएका बेला ओढार र खुला चौरमा बस्न बाध्य भएका छन् । धार्मिकरुपमा रहेको साइपाल गाउँपालिकामा महिनावारी भएका बेला परिवारले घरभित्र बस्न नदिने, दही, दूध खान नमिल्नेलगायतका कार्य गर्न मिल्दैन । स्थानीय उजली बोहोराले भन्नुभयो, “छाउगोठमा […]
कोरोना भाइरसको महामारीका बेलामा सुदूरपश्चिम प्रदेशमा आत्महत्या र हत्या हिंसाका घटनाहरु बढेका छन् । यसले मानव अधिकारको विषयमा चिन्ता बढेको मानव अधिकारकर्मीहरुले बताएका छन् । मानव अधिकार सम्बन्धी ऐन नियमहरुको प्रभावकारी कार्यान्वयन गर्न सके हिंसा हत्याका घटनाहरुमा न्यूनीकरण हुन सक्ने उनीहरुको भनाइ छ । कोरोना भाइरसको महामारी पछि मानव अधिकार उलंघनका घटनामा बढेका छन् । […]
सरकार जनतालाई कोरोनाविरुद्धको निःशुल्क खोप उपलब्ध कसरी गराउन सकिन्छ भन्नेबारे छलफलमा जुटेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्धको खोप ल्याउने कार्यको प्रगति विषयमा विभिन्न मन्त्री र सचिवसँग आज छलफल गरेका हुन् । पोखरेलले आज गृह, अर्थ, परराष्ट्र, सामान्य प्रशासन तथा सङ्घीय मामिला, स्वास्थ्य तथा जनसङ्ख्या र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री, मुख्यसचिव र सचिवसँग जनतालाई […]
अछामः अछामको बढीगंगा नदीमा वृद्धको शव फेला परेको छ । जिल्लाको साँफेबर नगरपालिका वडा नम्बर ४ मा ७२ वर्षिय भन्द्रबहादुर स्वारको शव फेला परेको अछाम प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका स्वारको शव नदीमा भेटिएको हो । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेका उनको मष्टामाण्डौ पुल नजिकै […]
काठमाडौँ, मङ्सिर २५-। ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आठ महिनापछि स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको छ । कोरोना भाइरसको जोखिमका कारण सो चिडियाखाना गत चैत ७ गतेदेखि बन्द थियो । खुला भएसँगै अवलोकनकर्ताले पहिलेजस्तै स्वतन्त्र हिँडडुल गर्न नपाउने चिडियाखानाले जनाएको छ । चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवी पोखरेलले कोरोनाको जोखिम अझै कायमै रहेकाले स्वास्थ्य सुरक्षाका […]
२५ मंसिर, काठमाडौं । सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारी अध्ययन समितिले सरकारलाई सिफारिस गरेको छ । हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको थियो । उक्त समितिले सरकारलाई सातामा दुई दिन सार्वजनिक बिदा दिन र निजी क्षेत्रलाई समेत यसका लागि प्रोत्साहन गर्न सिफारिस […]
काठमाडौं । ३ वटा ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेकेदार कम्पनीहरु साइनो छापाखाना, राजवंशी निर्माण सेवा, श्री साई इम्पेक्स र के डि एम इन्टरनेशनल प्रा.लि. लाई कालोसूचीमा राखेको हो । तीनवटै कम्पनीलाई १÷१ वर्ष अवधिका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । उनीहरुको कालोसूची बुधबारदेखि लागू भएको छ । सार्वजनिक […]
पाँचथर- मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको छ ।सोही मोटरसाइकलमा सवार युवती गम्भीर घाइते भएकी छन् । मृत्यु हुनेमा हिलिहाङ –१ का २४ वर्षीय प्रवीण कालिकोटे र घाइते हुनेमा हिलिहाङ–२ की अन्दाजी २० वर्षीया मुना पाख्रिन छिन् । मेची राजमार्गअन्तर्गत हिलिहाङ–१ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई […]