होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विगत एक वर्षदेखि बढी समय भयो चीनको वुहान शहरबाट उत्पत्ति भई कोरोनाभाइरस संसारभरि नै फिजियो। विज्ञान र आधुनिक चिकित्साका धुरन्धर शक्तिशाली देशसहित सारा संसार नै यस सूक्ष्मजीवको आतंक एवं प्रकोपले घरमै थुनिन बाध्य भयो। परम्परागत चिकित्सा प्रणालीदेखि आधुनिकतम ल्याबहरुमा युद्ध स्तरमै यस भाइरस विरुद्ध प्रभावकारी उपाय खोज्ने दिशामा सक्रिय प्रयास हुन थाले । रेकर्ड समयमै […]
२३ पुस, धनगढी । नेकपा ओली समूह सुदूरपश्चिम कमिटीले नेता भीम रावललाई कार्बाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ । ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले रावललाई कार्बाही गर्न सिफारिस गरेको हो । प्रदेश इन्चार्ज लेखराज भट्टका अनुसार, रावलले आर्थिक हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको छ । अनलाइनखबरसँग भट्टले भने, ‘उहाँलाई हामीले कार्बाही गर्न […]
बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सात जना घाइते भएका छन् । बुधबार साँझ सात बजे निसीखोला गाउँपालिका–२ बाहुनगाउँदेखि वडा नम्बर ३ छापखानीतर्फ जाँदै गरेको ग ३ च २७१३ नम्बरको पिकअप जीप दुर्घटना हुँदा २६ वर्षीय चालक कमरा रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका […]
अनेरास्ववियुका संयोजक ऐन महरले संगठनको सम्पत्ति दुरुपयोग नगर्न चेतावनी दिएका छन् । माउ पार्टी नेकपा दुई समूहमा विभाजित भएपछि बागबजारस्थित कार्यालयमा प्रचण्ड–माधव समूहले कब्जा गर्ने तयारी गरेपछि महरले कार्यालय, लेटरप्याड र सम्पत्ति दुरुपयोग नगर्न सचेत गराएका छन् । ‘यस्ता क्रियाकलाप जारी राखे संगठनात्मक कारवाही गर्न र संगठनको सम्पत्तिको सुरक्षाको लागि कडा कदम चाल्न अनेरास्ववियु बाध्य […]
२२ पुस, गुल्मी । गुल्मी जिल्ला प्रशासनले नागरिक मैत्री सेवा दिने थालनी गरेको छ । जिल्ला प्रशासनमा विभिन्न सेवा लिनआउने सेवाग्रहीले छिटो छरितो सेवा पाएसँगै प्रशासनले दिनेसेवा प्रति सेवाग्रहीले खुसी व्यक्त गरेका छन् । प्रशासनले सेवाग्राहीको कामलाई अधिकत्तम छिटो छरितो सेवा दिन थालेको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता लगायत प्रशासनबाट हुने विभिन्न सेवा […]
२२ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको भन्दै अनेरास्ववियूले काठमाडौंमा लालटिन जुलुस निकालेको छ । जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत सहभागी छन् । ‘दिउँसै लालटिन बाल्दा पनि संविधानमा संसद विघटनको धारा भेटिएन’ लेखिएको कालो ब्यानरसहित प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरुले लालटिन जुलुस निकालेका हुन् । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, […]
२२ पुस, सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन् । सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन […]
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन् । विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा […]
धनगढीः नेकपा सुदूरपश्चिम ओली समूहको प्रदेश कमिटिको बैठक धनगढीमा सुरु भएको छ। बुधबार दिउँसो १२ बजे बस्ने भनीएको बैठक १ बजेपछि धनगढीस्थित ओम प्यालेसमा सुरु भएको हो। बैठकमा नेकपा ओली समूहका सुदूरपश्चिम इन्चार्ज एवंम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्ण थापा, वन तथा वातावरण मन्त्री प्रेम आले, संघीय मामिला तथा सामान्य प्रशासन […]
विगतमा १० वर्षे माओवादी जनयुद्धमा होमिएका महोत्तरीको मनराशिशवा नगरपालिकाको मनरा बस्तीका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता राजेन्द्र साह अहिले उपल्लो तहमा बढेको दलभित्रको किचलोमा प्रधानमन्त्री केपी शर्मा ओलीका साथ उभिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा (माओवादी) का तर्फबाट प्रत्यासी रहेका साह अहिले नेकपाभित्रको किचलोमा प्रधानमन्त्री ओली नेतृत्वको समूहमा उभिएका हुन् । जिल्लामा साहको […]
हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले भारी हिमपातपछि सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिका क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आइतबार अपराह्नदेखि सिमकोटलगायत जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै […]
२२ पुस, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाइ गरिरहेको भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुँदाहुँदै पनि अदालतले ढिलाइ गर्नुले अदालतमाथि प्रश्न उठ्ने बताए । ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै […]
२२ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि अन्तिम सुनुवाइ सुरु भएको छ । वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले यो विवाद वृहत् पूर्णइजलासमा पेश गर्न माग गरेका छन् । उनले वृहत् पूर्णइजलासमा पेश गर्न माग्दै निवेदन पनि दर्ता गराए । दुई तिहाइ बहुमत नजिक रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस […]
नागरिक रैबार बाजुरा २१ पुस जिल्लाको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविको अर्धवार्षिक परिक्षा (हिजो) सोमबारबाट सूरु भएको छ । कोभिड-१९ का कारण लामो समयपछि नियमित पढाई संचालन गरेको मालिका माविले हिजोबाट अर्धवार्षिक परिक्षा सुरु गरेको हो । ईसिडि देखि कक्षा १० सम्मको अर्धवार्षिक परिक्षा सुरु गरेको विद्यालयका प्राचार्य शुभराज पाध्यायले बताएका छन् । अर्धवार्षिक परिक्षामा […]
उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो । डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल […]
बाँके- बाँकेमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ ।मृतक बाँके, कञ्चनपुर र दाङका रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका- ३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको छ । पुस ९ गते अस्पतालमा भर्ना भएका उनको मंगलबार बिहान साढे १२ बजे मृत्यु भएको हो । यस्तै […]
दार्चुला: दार्चुलामा लागु औषधसहित एक युवक पक्राउ परेका छन्।जिल्लाको महाकाली नगरपालिका–४ बागाबगडबाट मालिकार्जुन गाउँपालिका–८ का अन्दाजी १९ वर्षीय नविन धामी लागु औषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। भारतको धारचुलाबाट महाकाली नदी तारेर ल्याउदै गरेको अवस्थामा प्रहरीले धामीको साथबाट १ सय १२ क्याप्सुल पेभोन स्पास प्लस र २ सीसी स्कप कपसिरफ बरामद गरेको बताइएको छ। पक्राउ परेका […]
काठमाडौं । संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबारबाट सुरु भएको छ । तर, अधिवेशन सुरु हुन नपाई अन्त्य गर्ने हतारो सरकार र राष्ट्रिय सभा अध्यक्ष दुवैलाई छ । सरकारको नियत त चाँडो अन्त्य गर्ने नै भयो, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वयं पनि सकेसम्म छिटो अधिवेशन अन्त्य गर्ने मुडमा छन् ।सातौं अधिवेशनको पूर्वसन्ध्यामा राष्ट्रियसभा […]
पाँचथर– पाकेर बिक्री गर्ने बेलामा सुन्तला कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृषक मर्कामा परेका छन् । सुन्तला टिप्ने समयमा धमाधम झर्न थालेको र झरेको सुन्तला कुहिएको पाइएपछि कृषक चिन्तित बनेका हुन् । सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौँ कृषक […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । संसद विघटनपछि सडकमा आएको नेकपा प्रचण्ड–नेपाल पक्षले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । पत्रकार सम्मेलनमा प्रचण्ड–माधव सूमहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिनिधि सभालाई पुनःस्थापना नहुँदासम्म आन्दोलन जारी […]