होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले आज प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ का केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको छ । उक्त प्रणालीको प्रभावले अझै […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवंम आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले छिट्टै मन्त्रीमण्डल विस्तार हुने बताएका छन। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री विहीन रहेका बेला सरकारका प्रवक्ता शाहले मन्त्रीमण्डल पुर्नगठन वा विस्तारको तयारी रहेको बताएका हुन्। ‘छिट्टै मन्त्रीपरिषद्को पुर्नगठन वा विस्तार हुन्छ,’ शाहले भने, ‘मुख्यमन्त्री ज्यूले […]
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमको विरोधमा प्राध्यापक डा गोविन्द केसी सडकमा आएका छन् । नागरिक समाजद्वारा आयोजित राजधानीको माइतीघरमा भएको प्रदर्शनका क्रममा डा केसी पनि सहभागी भएका हुन् । सहभागीहरुले प्रधानमन्त्री केपी ओलीलाई निरंकुश शासकको संज्ञा दिँदै ‘नागरिक अघि बढ्दैछ, लुटतन्त्र ढल्दैछ, प्रतिनिसधसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन’लगायतका नारा अंकित प्लेकार्ड बोकेर […]
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाली कांग्रेसभित्र सुरुदेखि नै संसद पुनर्स्थापनाका लागि दबाब दिन सडक आन्दोलनमा उत्रिने कि सर्वोच्च अदालतको निर्णय पर्खिने भन्ने विषयमा मतान्तर हुँदै आएको छ। संसद विघटन भएलगत्तै बसेको कांग्रेस पदाधिकारीको बैठकले संसद विघटन असंवैधानिक भएको र प्रधानमनन्त्री केपी शर्मा ओलीको कदम अलोकतान्त्रिक भएको निष्कर्ष निकालेको थियो। तर, संसद विघटनलाई […]
चिसो बढेपछि यहाँको एक विद्यालय बन्द गरिएको छ । बागलुङको ढोरपाटन नगरपालिका– ५ अधिकारी चौरमा रहेको ज्योति विकास आधारभूत विद्यालय आगामी फागुनसम्मका लागि बन्द गरिएको हो । चिसोले बिहान बेलुका तुसारो पर्ने र दिउँसोमा सिरेठो चल्ने भएकाले ४५ दिनका लागि विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । “हरेक हिउँदको चिसोमा हाम्रो विद्यालय […]
हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको […]
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको तीन दिने भ्रमण पूरा गरी आज दिउँसो नेपाल फर्किदैछन् । उनको भ्रमणमा सीमा विवादबारे छलफल हुने अपेक्षा गरिए पनि भारतीय पक्षसँग त्यस किसिमको छलफल हुन सकेन । बरु कामचलाउ हैसियतमा रहेको वर्तमान सरकारले सीमा विवादको तिक्ततालाई थाँती राखेर भारतबाट थप विश्वास आर्जन गर्नका लागि भ्रमण केन्द्रित गरेको विश्लेषकहरुको भनाइ […]
३ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-३१ बेल्वाका गणेश माझीको घरमा बालबालिकाहरु भुजाको लड्डु खाँदै थिए । कठ्यांग्रिने शीतलहरमा उनीहरुको शरीर पूरै ढाक्ने कपडा छैन । गणेशका दुई छोरा र एउटी छोरी छिन् । ज्वाइँ र नातिनातिनीहरु यतै रहेकोले परिवार १० जनाको छ । १० जनाको परिवार सानो फुसको घरमा बस्न बाध्य छ । बालबालिकाका लागि […]
आज काठमाडौंका विभिन्न ठाउँमा बिजुली काटिने भएको छ ।नेपाल विद्युत प्राधिकरणका अनुसार आज काठमाडौंको बुढानिलकण्ठ सबस्टेशन, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट हुने विभिन्न ठाउँको विद्युत प्रवाह रोकिने भएको हो । प्राधिकरणका अनुसार महाराजगन्ज वितरण केन्द्रको गणेशथान फिडर अन्तर्गत पर्ने धापासी महिला संघ एरियामा ट्रान्सफर्मर जडानका लागि यो फिडर अन्तर्गतका स्थानमा १२ बजेदेखि २ बजेसम्म बत्ती […]
पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठको दाबी : मुख्यसचिवले दस्तखत गरेको र राष्ट्रपति कार्यालयमा पठाइएको विघटनको सक्कल सिफारिस दर्ता भएकै दिन मैले प्रतिलिपि लिएँ । तर, फेरि अदालतमा फिर्ता ल्याइएको कागजात त्योभन्दा फरक छ, त्यहाँ धारा उल्लेख छन् । …….. प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतले प्रमाणका रूपमा झिकाइएका कागजात सरकारले फिर्ता लगेर फेरि पठाएको खुलेको छ । इजलासमा पेस भइसकेका कागजातमा सरकारले ‘केही थपघट’ […]
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका स्थित काँडाघारीमा साढे २ वर्षीया बालिका बलात्कृत भएकी छिन् । काँडाघारीमा परिवारसँग डेरामा बस्ने बालिकालाई आफन्तकोमा पाहुना लाग्न आएका १४ वर्षीय किशोरले बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न किशोरलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कार आरोपी किशोरलाई अदालतबाट ५ दिनको म्याद लिएर बालमैत्री कक्षमा राखिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी दक्ष […]
पाँचथर- भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्रबार फिदिममा गरेको बृहत् कार्यकर्ता भेलामा उनले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताएका हुन् । ‘नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा […]
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको बेला माथिबाट आएको ढुङ्गा छल्न खोज्दा लडेर गम्भीर घाइते भएका प्रहरी हवल्दार खड्काको उपचारका क्रममा काठमाडौँस्थित नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
प्रतिनिधिसभा विघटन विरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आज विभिन्न ६ वटा जिल्लामा एक साथ विरोध सभाको आयोजना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि दलहरु आन्दोलित भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूह, नेपाली काँग्रेस, जनता समाजवादी पार्टीलगायतका दलहरुले अहिले आन्दोलन गरिरहेका छन् । जसपा […]
नागरिक रैबार/बाजुरा ३ माघ। प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली काँग्रेस बाजुराले जिल्लाका ९ वटै स्थानीय तहमा विरोध प्रर्दशन गर्ने भएको छ ।नेपाली काँग्रेस केन्द्रिय कार्यसमितिको निर्देशन अनुसार बाजुरामा पनि काँग्रेसले ९ वटै स्थानीय तहमा आज एकैसाथ विरोध प्रर्दशन गर्न लागेको हो । जिल्लाका ९ वटै स्थानीय तहका केन्द्रमा सम्वन्धित स्थानीय तहका पार्टी प्रतिनिधिहरु जम्मा भएर […]
शनिबारदेखि भारतमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप कार्यक्रम सुरु हुँदैछ । भारतले कोरोना खोप कार्यक्रमका लागि आवश्यक तयारी भइसकेको बताएको छ । चीनपछि विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुलुकमा कसरी सुरु हुँदैछ त कोरोना खोप कार्यक्रम ? पहिला कसले पाउँछन् ? भारत सरकारले निर्धारण गरेको मापदण्डअनुसार सबैभन्दा पहिला स्वास्थ्यकर्मीहरु अर्थात् डाक्टर, नर्स तथा स्वास्थ्यसँग जोडिएका […]
२ माघ, काठमाडौं । मन्त्रिपरिषदले संविधानको कुनै धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने निर्णय गरेको खुलासा भएको छ ।पुस ५ मा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर संविधानको कुन धाराअनुसार प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेको भन्ने निर्णयमा उल्लेख नै छैन । मुख्यसचिव शंकरदास बैरागीले राष्ट्रपति कार्यालयका […]
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गतकाे दिगो विकास तथा सुशासन समिति सदस्यको रूपमा पहिलोपटक समिति बैठकमा सहभागी हुँदै गौतमले देशमा भ्रष्टाचार व्याप्त रहेको बताएका हुन् । देशमा भ्रष्टाचार समाप्त पार्ने गरी कुनै प्रभावकारी कदम नदेखिएको उनको भनाइ छ । सरकारले देशमा सुशासन कायम गर्ने घोषणा गरे पनि घोषणाअनुसारको व्यवहारमा नदेखिएको […]