होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमाले मात्र होइन, सत्तारुढ माओवादी केन्द्रका नेताहरुले समेत प्रश्न उठाएका छन् । माओवादी प्रमुख सचेतक देव गुरुङले संसदमै प्रधानमन्त्रीको भ्रमण रद्द गर्न माग गरेका छन् भने एमालेले प्रधानमन्त्रीको भ्रमण र त्यसक्रममा हुने सहमतिबारे संसदलाई जानकारी दिन माग गरेको छ । प्रधानमन्त्री भ्रमणबारे प्रश्न […]
काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपालसहित एक दर्जन मुलुकमा प्रदर्शन हुँदैछ । ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेकी २६ वर्षीया अभिनेत्री स्वस्तिमाले ‘चिसो मान्छे’मा सुदूरपश्चिमको बाजुराकी एक विवाहित युवतीको भूमिकामा अभिनय गरेकी छन् । ‘बुलबुल’ फिल्मबाट समीक्षकको नजरमा परेकी स्वस्तिमा अभिनित कतिपय फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेका छन् । सात […]
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता असार २१ गते हुने जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्वारले असार ६ गतेसम्म कार्यलय समयभित्र तोकिएको राजस्व […]
काठमाडौं, ३१ जेठ । गायिका इन्दीरा जोशी र फेसन डिजाइनर शरद केडिया आज विवाह बन्धनमा बाधिदैछन् । उनीहरुको विवाह चितवनको बाराही जंगल लजमा भइरहेको हो । विवाह समारोहदुवै परिवार र थोरै आफन्तको बीचमा भइरहेको छ । आइतबार इन्दिराले मेहन्दी फंक्सन गरेकी थिइन् । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए । गत असोजमा जोशी र […]
काठमाडौं, ३१ जेठ । अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ । तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई […]
‘खुश्बु’को अर्थ हुन्छ, ‘सुगन्ध’ । हो, खुश्बु ओलीले एउटा मीठो सुगन्ध छर्दैछिन्, नेपाली फुटबल इतिहासमा । त्यो हो कैदी–बन्दीहरूलाई फुटबल खेलाडी, रेफ्री र प्रशिक्षक बनाउने अभियान । ‘सेल्टर नेपाल’ नामक संस्थाकी अध्यक्ष खुश्बु ओलीले सोही संस्थामार्फत् पहिलो पटक ५६ कैदी–बन्दीहरूमा एउटा नयाँ प्रयोग गर्दैछिन् । कैदी–बन्दीहरू एउटा सुरक्षित घेराभित्र हुन्छन् । उनीहरुले गर्ने सबै क्रियाकलाप […]
निर्वाचन आयोगले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन आगामी मंसिरको पहिलो साता गर्नेगरी तयारी गरेको छ । मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन कानुन अनुसार मंसिर पहिलो साताभित्र चुनाव गर्नुपर्ने भएकोले सोही अनुसार आयोगले तयारी गरिरहेको बताए । चुनावको मिति तोक्नका लागि आयोगले सोही मिति सरकारलाई सिफारिस गर्ने उनले बताए । शर्माले […]
नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरेको छ। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै सो रातको वास्तविकता दिने सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन् । यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि […]
काठमाडौं । नेपालले नेपाली भूभाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारत सरकारलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार नेपालले भारतलाई यस्तो आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालसँग समझादारी बिना बनिरहेका भौत्तिक संरचनाहरुको निर्माण कार्य रोक्न पनि आग्रह गरे […]
काठमाडौँ: सिक्किम सरकारले कबड्डी–४ को प्रदर्शनमा रोक लगाएको छ। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले विवाद समाधान नहुन्जेलसम्मका लागि राज्यमा कबड्डी–४ को रिलिजमा रोक लगाइएको जानकारी दिएका छन्। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा कबड्डी–४ को रिलिजमा रोक लगाइएको जानकारी दिँदै लेखेका छन्, ‘विभिन्न संघसंस्था र संगठन तथा सिक्किमे जनताको भावनालाई मध्यनजर गर्दै सरकारले स्वीकार्य तरिकामा […]
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् । ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको छ’ मन्त्री […]
सर ! मलाई ३ जना केटाहरूले सामूहिक बलात्कार गरे ।’ वैशाख २९ मा बिहान ३ बजेर ४० मिनेटमा प्रहरी रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुमको १०० मा आत्तिँदै महिलाले फोन गरिन् । कन्ट्रोल रुमबाट ड्युटी अफिसरले सोधे, ‘तपाईं कुन ठाउँमा हुनुहुन्छ ?’ उताबाट आवाज आयो, ‘बौद्धको लुङ्ता गेष्ट हाउस ।’ प्रहरी वृत्त बौद्धबाट खटिएको टोली गेष्ट हाउसमा […]
वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन् । मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । उनले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका […]
नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको भन्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र गरेका हुन् । प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल […]
प्रविधिको प्रयोग र पहुँच बढ्दै गएपछि सरकारले ‘साइबर सुरक्षा विधेयक’ बनाउने प्रक्रिया अघि बढाएको छ । साइबर सुरक्षा विधेयक बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मस्यौदा तयार पार्दै छलफल अघि बढाएको हो । प्रविधिको प्रयोग र पहुँच बढेसँगै साइबर सुरक्षाका घटना रोकथाम गर्न, साइबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक काम गर्न तथा अनुसन्धान गर्न सरकारले यो विधेयक […]
काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।
काठमाडौं । सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा तीन खोलाको अध्ययन भइरहेको बताएका हुन् । ‘मेलम्ची खानेपानी […]
काठमाडौं । सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा […]
अछाम: अछाममा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका– ५ लयाँटीमा ३२ वर्षीया गर्भवती रामपुरा शाहीको सोमबार राति मृत्यु भएको हो। सुतेको अवस्थामा उनलाई सर्पले टोकेको मृतका जेठाजू लालबहादुर शाहीले जानकारी दिए। सर्पले टोकेपछि उनको गाउँमै झारफुक गराएको र बिहान अस्पताल लग्ने तयारी गरिरहेकै अवस्थामा रामपुराको मृत्यु भएको उनले बताए।