होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानसेनापति महारथी पर्शुराम शर्मा औपचारिक भ्रमणका लागि लेवनानतर्फ प्रस्थान गरेका छन् ।सात सदस्यीय टोलीसहित प्रधानसेनापति शर्मा आज लेवनान प्रस्थान गरेका हुन् । द्वन्दग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्नुका साथै यूएन मिसनको भावी योजनाका बारेमा जानकारी लिन शर्मा लेवनान गएका हुन् । प्रधानसेनापति शर्मा नेतृत्वको भ्रमणदललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा […]
दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुगेका छन् ।उनी पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुगेका छन् । तीन दिने नेपाल भ्रमणको क्रममा उनी विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
गान्धीनगर (गुजरात) । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमाको खुट्टा धोएर आशीर्वाद लिएका छन् । मोदीकी माता हीराबेन मोदीको आज १०० औँ जन्मदिन हो । मोदीले आफ्नी आमालाई शनिबार बिहान यहाँस्थित निवासमा भेटेर आशीर्वाद लिएका हुन् । ‘आज १०० वर्षमा प्रवेश गर्नुभएकी मेरी आमाबाट आशीर्वाद लिएँ,’ उनले आज बिहानै ट्विट गर्दै भनेका छन् । तीन […]
काठमाडौं । युक्रेनमा जारी युद्धमा १० हजार भन्दा धेरै सर्वसाधारण नागरिक मारिएको संयुक्त राष्ट्र संघ (यूएन) ले दाबी गरेको छ । युद्धमा मारिनेमा सयौं बालबालिकासमेत रहेको संयुक्त राष्ट्रसंघको रिपोर्टमा उल्लेख छ । रिपोर्ट अनुसार युक्रेनको राजधानी किभमा यही जुन १६ तारिखको मध्यरातमा मात्रै करिब ४,५०९ जनाको मृत्यु भएको थियो भने ५,५८५ जना घाइते भएका थिए […]
तपाईंले कहिल्यै चित्रकला सम्बन्धी एउटा खेल खेल्नुभएको छ ? जहाँ कुनै जनावरको चारवटा खुट्टा र टाउको मात्रै बनाइएको हुन्छ र शरीरका अन्य कुनै पनि भाग बनाइएको हुँदैन। दिइएका त्यति नै कुराहरूमा थपेर, जोडेर तपाईंले त्यो चित्र पूरा बनाउनुपर्नेछ। त्यो चित्र कस्तो बन्ला ? जवाफ सहज छ। यदि तपाईं चित्रकलामा पारंगत हुनुहुन्छ भने त्यो चित्र गज्जबको […]
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका छन् । शनिबार धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उदघाटन गर्दै देउवाले मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा सञ्चालन गर्न विद्येयक ल्याउने तयारीमा सरकार रहेको बताएका हुन् । देउवाले आफ्नो स्कुले जीवन स्मरण गर्दै सुदूरपश्चिममा विकासले फड्को मार्दै गएकोसमेत उल्लेख गरेका छन् । ‘म डोटीको […]
नेपालमा पछिल्लो २० घण्टामा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार […]
करिश्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई आफ्नो घरमा लगेकी छन् । निहारिकासँग घरको छतमा खिचिएको एक तस्बिर सार्वजनिक गर्दै उनले निहारिकालाई घरमा लगेको जानकारी दिएकी हुन् । धेरैले लेखेर मलाई ट्याग गर्नुभएको रहेछ कि निहारिकालाई तपाईंको दया होइन न्याय चाहिएको हो’ करिश्माले तस्बिरका साथ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सहि कुरा हो । तर तपाई […]
काठमाडौं । विध ल्याबका सञ्चालक भिमकान्त भण्डारीविरुद्ध गैरकानूनी सम्पत्तिआर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ । भण्डारीमाथि ६ करोड २४ लाख गैरकानूनी सम्पत्तिआर्जनको अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो । भण्डारीले २१ असोज २०७३ देखि १ साउन २०७७ सम्ममात्रै सरकारी सेवामा थिए । नासु सरहको वरिष्ठ व्यवस्थापन सहायक […]
काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ। भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो। चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद […]
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा निर्वाचन जितेर कहिल्यै प्रधानमन्त्री नभएको दावी गरेका छन्। शुक्रबार राष्ट्रियसभा गृहमा पार्टीबाट निर्वाचन स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै ओलीले देउवा ०५१ सालदेखि नै जालझेल र तिक्डमबाटै प्रधानमन्त्री बन्दै आएको बताएका हुन्। उनले भने, ‘शेरबहादुर देउवाले जसरी अहिले प्रधानमन्त्री जितेर ल्याउनुभयो अदालतबाट। ०५२ सालमा पनि उहाँले नै त्यसैगरी […]
दाङः अघोषित लोडशेडिङ हुन थालेको भन्दै नेपाली कांग्रेसले दाङमा विद्युत् कार्यालयलाई लालटिन उपहार दिएको छ। आज शुक्रवार नेपाली कांग्रेस घोराही उपमहानगर कमिटिको अगुवाइमा ध्यानाकर्षण पत्रसहित विद्युत् कार्यालयलाई लालटिन उपहार दिइएको हो। प्रतिनिधिमण्डल गएर अघोषित लोडशेडिङलाई तत्काल समाधान गर्न दबाब दिने कार्यक्रमस्वरूप लालटिन उपहार दिइएको कांग्रेस दाङले जनाएको छ।
काठमाडौं: अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) कार्यक्रम अब अघि बढ्न नसक्ने परराष्ट्रमन्त्री नारायण खड्काले बताएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री खड्काले सो कार्यक्रम अघि बढ्न नसक्ने बताएका हुन्। उनले भने, ‘प्रधानसेनापतिले पनि भनिसक्नुभएको छ। प्रधानमन्त्रीले पनि भन्नुभएको छ। अब एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन।’ यसअघि […]
काठमाडौँ: फिल्म ‘नालापानी’ अगामी तिहारमा प्रदर्शनमा आउने भएको छ। निर्देशक रिमेश अधिकारीले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म ४ कार्तिकमा रिलिज हुने जानकारी दिए। चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड पाउन सफल फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा […]
स्टेट पार्टनरशिप प्रोगाम’ ९एसपिपी० का विषयबारेमा अहिलेसम्मका सरकारले कुनै जानकारी नदिएको भन्दै सांसदहरुले तत्काल सदनलाई यससबन्धमा प्रस्ट पार्न आग्रह गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय महत्वका विषयलाई सरकारमा हुँदा लुकाउने र सत्ताबाट बाहिरिएपछि आरोप लगाउने प्रवृत्ति कसैले पनि देखाउन नहुने बताए । उनीहरुले परिपक्व कूटनीतिक क्षमता प्रदर्शन गर्न, असंलग्न परराष्ट्र नीतिलाई […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैचारिक राजनीतिक लडाईं लडिरहेका बेला पार्टीको प्रतिष्ठालाई कमजोर बनाउन खोज्नेहरू एमालेको नेता कार्यकर्ता हुन नसक्ने बताएका छन् । राष्ट्रिय सभागृहमा आयोजित एमाले जनप्रतिनिधिको प्रशिक्षण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले एमाले तीव्र वैचारिक र राजनीतिक लडाई लडिरहेको बताए । ‘यतिबेला पनि पार्टीप्रति निष्ठा नहुने, बफादार नहुने, पार्टीलाई खुइल्याउने र […]
काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले महान्यायाधिवक्ताको कार्यालय बलात्कारका अभियुक्तलाई जोगाउन लागिपरेको भन्दै छानबिन र कारबाहीको माग गरेको छ । बलात्कारको मुद्दा हेरिरहेकी जिल्ला अदालत ललितपुरकी सहायक जिल्ला न्यायाधिवक्ता संगीता थोकरले बालिका बलात्कारको मुद्दा कमजोर बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालयले दबाव दिएको र त्यो दबाव नमानेका कारण आफूलाई सरुवा गरिएको बताएकी थिइन् । ललितपुरमा सुशील चटौत […]
धनगढी: सेती प्रादेशिक अस्पतालमा भौतिक संरचना र जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ। अस्पतालमा विभिन्न विभागबाट उपचार सेवा सञ्चालनमा भए पनि भौतिक पूर्वाधार, चिकित्सक, नर्सिङ जनशक्ति र अन्य आवश्यक कर्मचारीको अभावले उपचार प्रभावित हुने गरेको हो। भौतिक पूर्वाधारको अभावले सेवा विस्तारमा समस्या भएकोले अस्पतालको स्तरवृद्धि गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ। अस्पतालमा बिरामीको संख्या […]
धनगढी: सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन आइरहेका प्रधानमन्त्री शेरबहादुर देउवा सवार हेलिकप्टर शुक्रबार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको छ। इन्धन भर्नका लागि प्रधानमन्त्री देउवा सवार हेलिकप्टर भैरहवा विमानस्थलमा अवतरण गरिएको रूपन्देहीका प्रहरी प्रमुख रवीन्द्र रेग्मीले बताए। देउवासँगै हेलिकप्टरमा शिक्षामन्त्री देवेन्द्र पौडेल पनि थिए। एयरपोर्टमा रूपन्देही कांग्रेसका जिल्लास्तरीय नेताहरूले भेटघाट गरेका थिए।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताएका छन् । शुक्रबार संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा जवाफ दिँदै प्रधान सेनापति शर्माले उक्त पत्र भुकम्पको बेला २७ देशका सैनिक आएको र उनीहरूलाई नै सम्बोधन गरेर लेखेको प्रस्ट्याएका हुन् । त्यसमा उनले सैन्य समझदारी गर्ने कुनै कुरा नलेखेको […]