होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पर्सी […]
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती विगत एकमहिनादेखि प्रेम सम्बन्धमा थिए। युवकले आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको र धनगढीमा घर भएको भन्दै युवतीलाई आकर्षित गरेका थिए। निरन्तर फोनमा कुराकानी हुनथालेपछि उनीहरु झनै नजिक हुन थालेका थिए। प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्ने योजनाअनुसार उनीहरूले असार २३ गते भागी […]
टीकापुर: कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण […]
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले […]
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् । यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन पनि विरोधमा […]
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरुले राष्ट्र […]
काठमाडौँ: नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ। नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो। कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस […]
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु […]
काठमाडौं । साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले […]
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको […]
३२ असार, मेक्सिकोसिटी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन् […]
सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ । झडपका […]
नागरिक रैबार / ३२ असार, बाजुरा । महालेखा परीक्षकको कार्यलयले २०७८ को बार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजू रहेको उल्लेख गरेको छ । ९ वटा स्थानिय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिबेदनमा उल्लेख भएको छ । आर्थिक बर्ष ०७६।०७७ सम्म बाजुराका ९ वटै स्थानिय तहमा बेरुजूको विवरण महालेखा परिक्षकको कार्यालयले सार्वजनिक […]
शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको […]
काठमाडौं ।’उसले मलाई आफ्नो निर्दोष र सुन्दर आँखाले हेर्छ। उसले मलाई बाहिर घुम्न लैजान आग्रह गरिरहेको छ, तर मसँग त्यसो गर्ने साहस छैन। हामी गिरफ्तार हुनेछौं ।’ तेहरानमा आफ्नो घरमा कुकुर पाल्ने महसाले घरपालुवा जनावरहरू समात्न र तिनीहरूका मालिकहरूलाई गिरफ्तार गर्नका लागि जारी शहरको नयाँ आदेशलाई संकेत गर्दै यसो भनिरहेकी थिइन् । इरानको राजधानी तेहरानमा […]
चितवन — भरतपुरबाट सञ्चालन हुने नारायणी अनलाइनका सम्पादक कृष्ण आचार्यमाथि भरतपुर विद्युत् कार्यालयमा कुटपिट भएको भन्दै नेपाल पत्रकार महासंघ चितवन शाखाले दोषीलाई कारबाही गर्न माग गरेको छ । विद्युत् कार्यालयभित्र मदिरासहितको भोज भएको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका बेलामा आफूमाथि कुटपिट भएको आचार्यले बताए । कार्यालयको मुख्य गेट बन्द गरेर लखेट्दै […]
काठमाडौं । फरवार्ड रोबर्ट लेवान्डोस्की स्पानिस क्लब बार्सिलोना जाने लगभग पक्का भएको छ । बार्सिलोनाले लेवान्डोस्कीलाई बायर्न मयुनिखबाट ५० मिलयन युरोमा अनुबन्ध गर्न सहमतीमा पुगेको स्काई स्पोर्ट्सले उल्लेख गरेको छ । फुटबल सरुवा बजारका विज्ञ फाब्रिजियो रोमानोले लेवान्डोस्कीले बार्सिलोनासँग यतै साता सम्झौता गर्ने बताएका छन् । स्काई स्पोर्ट्सका अनुसार लेवान्डोस्की स्वास्थ्य परिक्षणका लागि शनिवार स्पेन […]
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले आफूसहित पार्टीका ९ नेतामाथि गरेको कारबाही निर्णयको भर्त्सना गर्दै खारेज गरेका छन् । शुक्रबार राति अबेर एक विज्ञप्ति जारी गर्दै डा. भट्टराईले नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल समेत गरेका छन् । ‘हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको […]
नागरिक रैबार बाजुरा ३२ असार । स्थानिय तहमा नयाँ जनप्रतिनिधि चुनिय संग कर्मचारीमा हेरफेर हुने संकेत देखिएको छ । जिल्लाका स्थानिय तहमा सत्ता परिर्वतन भए संगै अघिल्ला सरकारले करारमा नियुक्त गरेका कर्मचारी हेरफेर गर्ने संकेत देखिएको हो । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज एक सूचना जारी गर्दै करार सम्झौता थप गरिएको पत्र प्राप्त कर्मचारीलाई मात्रै […]
वीरगञ्ज । शुक्रबार डाकिएको गाउँ सभा स्थगित भइसकेपछि पनि पर्साको कालिकामाई गाउँपालिकामा झडप भएको छ । शुक्रबार दिउँसो नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताबीच झडप भएको हो । झडपमा परी वडा नं ३ का अध्यक्ष सञ्जयकुमार पटेल सहित ५ जना घाइते भएका छन् । घाइतेहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । वडा […]