होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको ट्रेलर र जीप ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ । चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्बरको मार्बल बोकेको ट्रेलरले आज बागमती प्रदेश–०१–०२५च ७८७२ नंको जीपलाई ठक्कर दिँदा जीपमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए। मृत्यु हुनेमा धादिङको ज्वालामुखी […]
अघिल्लो दिन ५५ अंकले बढेको सेयर बजारमा दोस्रो दिन पुनः २४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अंकले घट्दै २०४१.०६ अंकमा झरेको हो । यस्तै मंगलबार क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अंकले घट्दै ३९४.३९ अंकमा झरेको छ । १३ वटा उपसूचक मध्ये आज सबै उपसूचक ऋणात्मक (नेगेटिभ) […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । मनोनित हुनेमा किरण यादव, राधा घले, धना खड्का, उर्मिला थपलिया, रुक्मिणी कोइराला, कल्णाणी रिजाल, गोमा भट्टराई, गंगा शाही, लक्ष्मी खतिवडा र सीता देवकोटा छन् । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला हुनुपर्छ । मौजुदा केन्द्रीय कार्यसमितिमा महिलाको उपस्थिति ३३ […]
काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर गएको गाडीलाई अवरोध गरेपछि बञ्चरेडाँँडामा प्रहरीले केही सेल अश्रुग्याँस र ५ राउण्ड हवाईफायर गरेको छ । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्याँस हानेको थियो । त्यसपछि स्थानीयबासिन्दाले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि हवाई फायर गर्नु परेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए । […]
काठमाडौं । आगामी मंसिरमा हुने संघ र प्रदेशको चुनावमा एउटै चुनाव चिह्न प्रयोग गर्न नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले निर्वाचन आयोगमा निवेदन दिएका छन् । उक्त निवेदनसँगै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रको चुनाव चिह्न हसिया हतौडा प्रयोग गर्ने बाटो खुलेको छ । माओवादी केन्द्रीय कार्यालयबाट शिव खकुरेल र नेपाल समाजवादीका […]
काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य पठाएको छ । जस अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ । अहिले बजारमा पेट्रोलको प्रतिलिटर मूल्य १८१ […]
काठमाडौं । जिल्ला अदालत रोल्पाले एक बाबुलाई विवाहित छोरीलाई समेत अंश दिन आदेश जारी गरेको छ । न्यायाधीश दिलिपराज पन्तको इजलासले बाबु, आमा, दुई छोरा अनि तीन छोरीलाई समेत समान रुपमा पैत्रिक सम्पत्तिको अंशवण्डा गर्नु पर्ने फैसला गरेको हो । रोल्पा नगरपालिका–९ का जसबहादुर घर्ती र जैसरा घर्तीका दुई छोरा र तीन छोरी थिए । […]
काठमाडौं । वैदेशिक ऋण कुल गार्हस्थ उत्पादनको एक तिहाइ सीमा भित्र राखिने भएको छ । प्रतिनिधिसभाबाट मंगलबार पास भएको सार्वजनिक ऋण व्यवस्थापन विधेयकमा यस्तो व्यवस्था गरिएको हो । यो विधेयकमा अर्थ समितिले पठाएका ११ वटा संशोधित बुँदालाई प्रतिनिधिसभाले स्वीकार गरेको छ । जस अनुसार अब वैदेशिक ऋणको सीमा जीडीपीको एक तिहाइ सीमा भित्र राखिने छ […]
राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गरेकी छन् । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गरेका थिए । सो अवसरमा […]
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेको बताएका छन् । नेकपा एमाले बाँकेले आज कोहलपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष ज्ञवालीले जनतामा एमालेको ठूलो प्रभाव रहेकाले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एमाले आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने तयारीमा रहेको बताएका हुन् । स्थानीय तहको निर्वाचनमा हासिल गरेको मतले एमाले […]
राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (ई–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाइको पाँचौ संस्करण हो । करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ÷संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले […]
नेपाली भाषाको माउ भाषाकारुपमा परिचित जुम्ली खसभाषा अभिलेखिकरण गरिने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया थालेको छ । खस भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता नभएपछि स्थानीय सरकारले समेत त्यसको अभिलेखीकरणको पहल थालेको हो । सिञ्जा गाउँपालिका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले खसभाषा […]
काठमाडौं । सत्तारुढ गठबन्धनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयमा संशोधन गर्ने सहमति जुटाएको छ । सरकारले हालै मात्र संसदमा यो विधेयक दर्ता गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले विधेयकको विषयबस्तुमा गम्भीर आपत्ति जनाएको छ भने द्वन्द्वपीडितहरु पनि आन्दोलनमा छन् । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न सरोकारवालासँग परामर्श गर्ने र विधेयक संशोधन […]
जनकपुरधाम । प्रहरी समायोजनको माग गर्दै मधेश प्रदेश सरकारले सुरू गरेको आन्दोलन स्थगित गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी समायोजनको विषयलाई प्राथमिकतामा राखेर काम गर्ने आश्वासन दिएकाले धर्ना स्थगित गरिएको धर्नास्थलमा बोल्दै मुख्यमन्त्री लालबाबु राउतले बताए । आइतबार र सोमबार धर्ना बसेपछि मंगलबारदेखि आन्दोलन स्थगित गरिएको हो। यस्तै धर्नास्थलमा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले […]
काठमाडौं । नेकपा एमालेले पार्टीको विदेश विभागकी सदस्य उषाकिरण भण्डारीलाई काठमाडौंबाट प्रतिनिधिसभा चुनावमा उठाउने तयारी गरेको छ । उच्च स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीले भण्डारीलाई काठमाडौंबाट चुनाव लड्ने तयारी गर्न भनिसकेका छन् । भर्खरै भण्डारीलाई एमाले काठमाडौं जिल्ला कमिटीमा लगेको छ । सदस्य मनोनित गरिएलगत्तै उनलाई जिल्ला कमिटीको सचिवालय सदस्यमा चयन गरियाे । ‘पार्टी […]
काठमाडौं — सरकारले बजेट भाषण अनुसार नयाँ तलबमान लागू गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा १५ प्रतिशत तलब बढाउने घोषणा गरेका थिए । सोही अनुरुप मन्त्रालयले नयाँ तलबमान सोमबार सार्वजनिक गरेको हो । यो तलबमानसँगै मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ पुगेको छ । यस्तै प्रधानसेनापतिको तलब पनि २ […]
काठमार्डौँ: किसानका लागि आएको गहुँ चोर्दै गरेका एक कर्मचारी पक्राउ परेका छन्। सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ कोचाबखारीको कृषि शाखामा राखिएको गहुँ चोरी गर्दै गर्दा सोही शाखामा कार्यरत कर्मचारी भुवनेश्वर महतो समातिएका हुन्। सोमबार राति ९ बजे महतोले प्रक्रियाबिना गाडीमा गहुँ लोड गर्दैगर्दा स्थानीयले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्षसहित प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले गहुँको गाडीसहित चोरीमा संलग्न […]
काठमाडौँ: रुकुम पश्चिममा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। सोमबार बेलुका मुसीकोट नगरपालिका–२, राउखेतमा दुर्घटना हुँदा रसुवा घर भई कास्की पोखरा बस्दै आएका ६० वर्षीय मानबहादुर प्याकुरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। प्रहरीका अनुसार पातुखोला–राउखेत सडक खण्ड मर्मतको क्रममा एक्स्काभेटर पल्टिएको थियो।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसकी सांसद लक्ष्मी परियारले दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कारबाही गर्न सरकारसँग माग गरेकी छन् । गृह मन्त्रालयको निर्देशन अनुसार नागरिकतामा आफ्नो नाम सच्याउन पुगेका कर्णबहादुर कामीमाथि जातीय विभेदलाई प्रश्रय दिने गरी अपमानपूर्वक व्यवहार गरेको भन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेकी हुन् । मंगलबार प्रतिनिधिसभा […]
अमेरिकी सेनाको १८ जनाको टोली हतियारसहित नेपाल आएको भन्दै सांसदले सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीले यसबारे सरकारको जवाफ माग गरेका हुन् । ‘हिजो मात्रै १८ जना अमेरिकी सशस्त्र सेना नेपाली सेनासँग संयुक्त अभ्यास गर्न नेपाल आएको खबर छ । विश्व शक्ति हाबी भइरहेको बेलामा […]