होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् । एनपीएलमा एकएक […]
नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाश शाह नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल लगायतका नेताहरुले पार्टीमा स्वागत गरे । यसअघि भीम रावललाई नेकपा एमालेले कारबाही गरेपछि उनी पनि रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा जोडिएका थिए । २०७४ को चुनावमा प्रदेश सांसद जितेका बाजुराका शाह सुदूरपश्चिम प्रदेशको आन्तरिक […]
काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट […]
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) […]
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । […]
प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष वडा दसैँमा टीका तथा जमरा नलगाउने भएकी छन्। प्रधानमन्त्रीको स्वकीय सचिवालयले यसबारे जानकारी गराइएको हो। सचिवालयले भनेको छ, ‘हालै सम्पन्न युवापुस्ताको आन्दोलनमा धेरै युवाले ज्यान गुमाउनु परेको पीडा हाम्रो सामु छ। त्यसैले यस वर्ष प्रधानमन्त्रीज्यूले आफू टीका नलगाउने र देशवासीलाई पनि टीका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सादर अनुरोध गर्दछौँ।’
काठमाडौँ । सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या हरेक वर्ष करिब उस्तै हुन्छ, त्यस्तै हुन्छ यात्राको कष्ट पनि । देशभरका धेरै सडकको अवस्था बेहाल छ । दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ […]
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार […]
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको […]
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो । २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको […]
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिई बुधबार स्वदेश फर्कंदैछन्। प्रधानमन्त्री ओली यही भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको तियानजिन गएका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गरेका थिए। यस्तै, उनले शिखर सम्मेलनलाई […]
दशैंका लागि सुकिला नोट यही भदौ २९ गतेदेखि साट्न पाइनेछ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म सुकिला नोट साट्न पाइने जानकारी गराएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार विभागको थापाथलीस्थित कार्यालयका साथै प्रदेश कार्यालयहरू विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सटही गर्न सकिनेछ । […]
नागरिक रैबार/बाजुरा ९ भदौ । बाजुराको बडीमलिका नगरपालिका वडा नम्वर ९ कि २७ वर्षिया मृगौला पीडित रमिला कुमारी विकको उपचारका लागि ३० हजार बढी आर्थिक रकम संकलन भएको छ । विगत २ वर्षदेखि काठमाण्डौंको विर अस्पतालमा उपचारारत रहेकी मृगौैला पीडित रमिलाको उपचारका लागि ३० हजार ५८ रूपैयाँ संकलन भएको हो । एक हप्ता देखि विर […]
बाजुरा । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)को नतिजा अनुसार बाजुराको बुढीगंगा नगरपालिका सुदुरपश्चिम प्रदेशमै दोस्रो र बाजुरामा पहिलाे बनेको छ । कैलालीको घोडाघोडी नगरपालिकापछि बाजुराको बुढीगंगा दोस्रो स्थानमा आएको हो । घोडाघोडी नगरपालिकाले ८५ दशमलव ५० अंक ल्याएको छ भने बुढीगंगाले ८४ दशमलव २५ अंक ल्याएको हो । बाजुराका ९ स्थानीय तहमध्ये बुढीगंगा नगरपालिकाले […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र […]
नागरिक रैबार/बाजुरा ६ भदौ। सदरमुकाम मार्तडीस्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले मालिका मन्दिर र बजार एरिया सरसफाई गरेका छन् । क्रियटर जोन एकेडेमीका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले शुक्रवासरीय कार्यक्रम अन्तरगत मालिका मन्दिर र बजार क्षेत्रमा सरसफाइ गरेका हुन् । वर्षायामको समयमा फोहरका कारण विभिन्न रोगहरु फैलिन सक्ने भन्दै बजारभित्र थुप्रिएको फोहर र मालिका मन्दिर […]
काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । […]
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश दिँदै उनको रिहाइको माग अस्वीकार गरेको छ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानत पेस गरी तारेखमा रहँदै मुद्दा लड्न अनुमति पाउन निवेदन दिएका […]