होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ । उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या हरेक वर्ष करिब उस्तै हुन्छ, त्यस्तै हुन्छ यात्राको कष्ट पनि । देशभरका धेरै सडकको अवस्था बेहाल छ । दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ […]
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले […]
काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी […]
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार […]
आज विश्वकर्मा बाबाको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छ । हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी यो पर्व मनाइने गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना […]
सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिने गरेका छन् । ब्रतालु महिलाहरूले बिहानै नुवाईधुवाई गरेर साँझो समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आचार्य विष्णुदत्त भट्टले बताए । […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र […]
काठमाडौँ। गृह मन्त्रालयले बाजुरासहित १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको सरुवा गरेको छ । बुधबार सचिवस्तरीय निर्णयबाट बाजुरासहित १२ प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो। उपसचिव प्रमुख जिल्ला अधिकारी हुने सोलुखुम्बु,रसुवा,मनाङ,बाजुरा लगायत १२ जिल्लाका सीडीओहरुको सरुवा गरिएको हो। जस अनुसार बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे गृह मन्त्रालयमा सरूवा भएकाे छ । भने, उनकाे […]
काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । […]
नागरिक रैबार/बाजुरा २४ साउन । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दाको दर्शन गरेर फर्किने क्रममा हराएका खिमराज उपाध्याय सम्पर्कमा आएका छन् । बडीमालिका नगरपालिका ९ उखाडी स्थायी घर भएका ५५ वर्षका उपाध्याय हिजो शुक्रबार दिउसो चरिदह भन्ने स्थानबाट हराएका थिए । निरन्तरको खोजी पश्चात बुढीनन्दाकै पाटनको भेडीगोठमा सकुसल भेटिएको उनका छोरा हिमालराज उपाध्यायले बताएका छन् […]
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ . पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा […]
नागरिक रैबार/बाजुरा २४ साउन। प्रशिद्व धार्मिक स्थल बुढीनन्दा माताको दर्शन गर्न गएका एक जना सम्पर्क विहिन भएका छन् । सम्पर्क विहिन हुनेमा बडीमालिका नगरपालिका ९ उखाडी निवासी ५५ वर्षका खिमराज उपाध्याय रहेका छन् । बुढीनन्दा माताको दर्शन गरेर फर्किने क्रममा चरिदह भन्ने स्थानबाट सम्पर्क विहिन भएको उनका छोरा हिमालराज उपाध्यालय जानकारी दिएका छन् । उनका […]
नागरिक रैबार/बाजुरा २१ साउन। बाजुराको बुढीगंगा नगरपालिकाले बडीमालिकामा लाग्ने पुजाकाे अवसरमा साउन २३ गतेका दिन सार्वजनिक बिदा दिने दिएको छ । बुधबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै साउन २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन २० गते बसेको कार्यपालिकाको बैठकले गरेकाे निर्णय अनुसार उक्त दिन सार्वजनिक विदा दिन लागेको हो […]
नागरिक रैबार/बाजुरा २० साउन। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको पूजाका लागि बाजुराको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल र बडीमालिका नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन नाथको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो। सरकारी टोलीले बाजुराको बडीमालिका माताको मन्दिरमा साउन २३ गते […]
नागरिक रैबार/बाजुरा १९ साउन। बाजुराको बडीमालिका नगरपालिकाले प्रमुख धार्मिक स्थल बडिमालिकामा लाग्ने मेलाकाे अवसरमा २ दिन विदा दिने भएको छ । साेमबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गरेर साउन २० र २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो । नगरपालिकाको साउन आज बसेकाे कार्यपालिकाको बैठकले उक्त २ दिनसार्वजनिक विदा दिने निर्णय गरेकाे हाे । […]
कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले बडिमालिका जाने तीर्थयात्रीका लागि चिकित्सकसहितको टोली परिचालन गरेको छ। बडिमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ। यस वर्ष भाद्र शुक्लपक्ष चतुर्दशी साउन २२ गते परेकाे छ। साेकाे मध्यनजर गर्दै नगरपालिकाले पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको […]
काठमाडौँ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने […]
प्रमित विक–बाजुराको बडीमालिका नगरपालिका–८ र ६ को सिमा क्षेत्रमा पर्ने वीरेखोला झरनामा लाइभ देउडा हुने भएको छ । केही वर्षयता आन्तरिक पर्यटकको गन्तव्य बनेको वीरेखोला झरनाको प्रचार प्रसार तथा प्रर्वद्धनका लागि लाइभ देउडा कार्यक्रम सञ्चालन गरिने भएको हो । साउने सक्रान्तिको अवसर पारी भोली साउन १ गते विहीबार वीरेखोला झरनामा देउडीया विस्ना विष्ट र पुने […]
नागरिक रैबार/बाजुरा १० जेठ । बाजुराको सदरमुकाम मार्तडीमा बडीमालिका भक्तियोग समागम २०८२ सूरु भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले उक्त कार्यक्रमको उद्धघाटन् गरेका हुन् । बडीमालिका भक्तियोग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम सूरु भएको हो । […]
नागरिक रैबार/बाजुरा ९ जेठ ।बडीमालिका भक्तियोग समागम २०८२ भोलिबाट सूरु हुने भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच विधिवत रुपमा उद्घाटन गरि सूरु हुने भएको हो । बडीमालिका भक्ति योग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम संचालन हुने भएको छ । शुक्रबार आयोजकले मार्तडीमा पत्रकार […]