होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः अछाममा बाढी पहिरोको स्थलगत निरिक्षणमा आएको गृहमन्त्री रामबहादुर थापा बादल सहितको जम्बो टोली धानबाली मासेर गएको भन्दै आलोचना हुन थालेको छ। गृहमन्त्री थापा सहित उद्योग मन्त्री लेखराज भट्ट, पूर्व उपप्रधानमन्त्री भीम रावल लगायतका नेताहरुले शोकमा डुबेको गाउँमा पुगेर धान बाली मासेर औपचारिक कार्यक्रम गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ। खेतबारीमा आयोजना गरिएको फोटो […]
धनगढीः सार्वजनिक खरिद ऐन अनुसार प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १९ लाख ८९ हजारका आइसोलेसन बेड सहितका सामाग्री खरिद गरेको छ। विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका संक्रमितका लागि आवश्यक बेड सहितका उपकरण खरिदका लागि सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४५ प्रयोग गरिएको छ। केन्द्रले उपलब्ध गराएको सूचनामा १९ लाख ८९ हजार दुई सय […]
७ भदौ, डोटी । अछामको रामारोशन गाउँपालिका–५ कैलाशखोलामा बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये शनिबार थप एक जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोशन–५ र ६ को बीचमा पर्ने झोलुङ्गे पुल नजिक अन्दाजी १८ वर्षका रमेश साउदको शव भेटिएको हो । अन्य १० शवको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं- चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको निगमको जहाज दिउँसो ४ : १५ बजे काठमाडौँ आइपुग्ने तालिका छ । दुबईबाट २६० भन्दा बढी यात्रु लिएर वाइडबडी जहाज साँझ काठमाडौँ आइपुग्ने निगमका प्रवक्ता अर्चना खड्काले […]
७ भदौ, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हरेक २४ घण्टामा ५ हजार ९०० जनाको मृत्यु भइरहेको पाइएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार शुक्रबारसम्म लिइएको पछिल्लो दुई साताको आँकडाका आधारमा यो नतिजा निकालिएको हो । यसआधारमा हेर्दा एक घण्टामा २४६ र प्रति १५ सेकेण्डमा एक व्यक्तिको मृत्यु भइरहेको छ । जोन्स हापकिन्स विश्वविद्यालयका अनुसार विश्वभर […]
काठमाडौं – विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख […]
७ भदौ, वीरगञ्ज । पर्सा र बारामा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर ल्याबमा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा ३४ जना महिलासहित १५६ जनामा कोरोना पुष्टि भएको हो । पर्साका १४५ र बाराका ११ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले थारू समुदायले मनाउने अट्वारी पर्वका अवसरमा आज शुभकामना व्यक्त गरेका छन।आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा शुभकामना सन्देश जारी गर्दै यस पर्वले प्रदेशमा सामाजिक एवं सांस्कृतिक एकता तथा भातृत्वको सन्देश दिन सकोस् भन्ने शुभेच्छा प्रकट गर्दै अट्वारी पर्व मनाउने थारू समुदायलगायत सम्पूर्ण प्रदेशवासी दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर […]
जाजरकोट । छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य […]
डोल्पा । माथिल्लो डोल्पाका केही गाउँपालिकामा बहुपति र पाण्डु प्रथा अझै चल्दैछ । तिब्बती संस्कार प्रचलनमा रहेका क्षेत्रमा त्यस्ता पुराना प्रथा हट्न सकेको छैन । डोल्पोबुद्ध, शे–फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाका केही परिवारमा अझै बहुपति प्रथामा छन् । जेठो दाजुले विवाह गरी भित्र्याएकी दुलहीलाई सबै भाइले श्रीमति मान्ने चलन नै बहुपति प्रथा हो । खाद्यान्न उत्पादन कम […]
सुदूरपश्चिम प्रदेशमा आज परेको थारू समुदायको पर्व अट्वारीको उपलक्ष्यमा सार्वजनिक बिदा दिइएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता तेजप्रकाश जोशीले प्रदेशभरिका सरकारी तथा सार्वजनिक कार्यालयमा अट्वारी पर्वका अवसरमा आज बिदा दिइएको जानकारी दिए। अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ । विसं २०७७ […]
धनगढी: कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नौँ सय एक जनाको […]
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आफ्नो काम सम्पन्न गरेर रिपोर्ट बुझाएको छ। शनिबार साँझ प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कार्यदलले रिपोर्ट बुझाएको हो। प्रधानमन्त्रीको राजीनामाको मागलाई थाती राख्ने, सैद्धान्तिक तथा अन्य विवादलाई महाधिवेशनले टुंगो लगाउने लगायत सुझाव रहेको छ। नेकपाले पार्टीमा जारी विवाद समाधानका […]
सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायले मनाउँदै आएको अतबारी पर्वको अवसरमा प्रदेशभर सार्बजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कृष्ण बहादुर राउतले जानकारी दिए। उनका अनुसार गत जेठ २३ गते बसेको प्रदेश सरकार मन्त्रिपरिषदको बैठेकले श्रावण १९ गते सोमबार रक्षाबन्धन, भाद्र ७ गते आइतबार अतबारी, पौष २९ गते बुधबार भुवा पर्व र चैत्र २३ […]
६ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विदेशमा भएकाहरुको उद्धारमा भएको ढिलाईप्रति असन्तुष्टि जनाएको छ ।सरकारले बिहीबार मात्र पीसीआर टेष्ट सहज भएका देशहरुमा भदौ १६ बाट सशर्त नियमित उडान गरेर नेपालीहरुलाई आउन दिने निर्णय गरेको छ । यसरी आएकाहरु आफ्नै खर्चमा सात दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्नुपर्छ । यस्तै पीसीआर टेस्ट सहज नभएका मुलुकहरुबाट […]
काठमाडौं । पुजारी हत्याको विरोधमा प्रदर्शन गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेको छ । गत भदाै ३ गते राति रौतहटको माधवनरायण नगरपालिकाको खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले हत्या गरेको थियो । तर सो हत्याका दोषी हालसम्म पत्ता नलागेकाे तथा प्रदेश सरकारले जनताको सुरक्षा दिन […]
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र […]
डोटी – अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा […]
काठमाडौँ – पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।संक्रमित सबै पर्साका हुन् । त्यसमध्ये पर्सागढी नगरपालिकाका विभिन्न वडाका २५ जना, वीरगञ्ज महानगरपालिका विभिन्न वडाका १६ जनासहित सखुवा […]
नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन ग्लान तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र प्रविन बेडवाल पुगेका छन् । भोट कम भएका कारण केबिन उत्कृष्ट ४ बाट बाहिरिएका छन् । अब टप ३ मा पर्न सफल यिनै प्रतिस्पर्धीबाट नेपाल […]