होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र विक बाजुरा,१६असोज नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय समिती सचीव तथा सुदुरपश्चिम प्रदेशका इन्चार्ज डिलाराम आचार्य बाजुरा आउने भएका छन् । माओवादी केन्द्र बाजुराले संचालन गरेको जनता संग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत एक महिने कार्यक्रमको प्रभाव बारे समिक्षा तथा नेता कार्यकर्तामा उर्जा प्रदानका निम्ति गरिने प्रशिक्षण कार्यक्रमका लागि सचीव आचार्य संगै माओवादी केन्द्रका […]
राजेन्द्र विक बाजुरा,१५असोज। यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने गरि तयारी सुरु गरिएको छ ।बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको अतरिया,धनगढी, लगायतका […]
असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारेमा सकारात्मक छलफल भएको बताएका छन् । चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले आफ्नो चीन भ्रमणबारे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दुई देशको हवाइ उडान सहकार्यका विषयमा पनि कुराकानी भएको बताए । ‘नेपाल र चीनको जनस्तरको सम्बन्धलाई प्रगाढ […]
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए । यस्तै, सचिवमा नवराज सिलवालले […]
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए । दाहाल गएको […]
गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ५ को प्रसारण आजबाट सुरू हुने भएको छ। बुधबार काठमाडौंमा शोको प्रिमियर राखिएको थियो। उक्त प्रिमियरमा शोको पहिलो एपिसोड प्रदर्शन गरिएको थियो। शोमा १२० जनाले ब्लाइन्ड अडिसनमा प्रतिस्पर्धा गर्दैछन्। यस सिजनमा कोच परिवर्तन गरिएको छ। अघिल्ला ३ वटा सिजनमा कोच रहेका राजु लामा र चौथो सिजनमा कोच […]
नागरिक रैबार/बाजुरा १२ असोज । अनन्ते मेला आजबाट विधिवत रुपमा सूरु हुने भएको छ । सदरमुकाम मार्तडीको उपरकोटमा लाग्ने मेला आजबाट सूरु हुन् लागेको हो । आजबाट सूरु हुने अनन्ते मेलालाई व्यवस्थित र मर्यादित बनाउन हिजो बडीमालिका नगरपालिका ८ को वडा कार्यालयमा स्थानीयबासीहरुको बैठक बसेको थियो । बैठकले अनन्ते मेलालाई व्यवस्थित बनाउन व्यवस्थापन समिति गठन […]
काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार बिहान पौने १० बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र त्यहाँबाट छेन्दुका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री दाहाल […]
नागरिक रैबार/बाजुरा ११ असाेज। बाजुराकाे सदरमुकाम मार्तडीकाे जिउलाबाट हराएका बालक आफन्तकाे सम्पर्कमा आएका छन् । बिहिबार विहान जिउलाबाट हराएका बुढिगंगा नगरपालिका ५ निमनि घर भई हाल मालिका नमुना माविमा कक्षा ८ मा अधययनरत सुशिल विक हराएका थिए । आज विहान ६ बजेदेखि कोठाबाट बेपत्ता भएकाे उनी अहिले सम्पर्कमा आएकाे आफन्त जगतबहादुर विकले जानकारी दिएका छन् […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकामाथि प्रश्न उठाएका छन् । बनेपामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र राष्ट्रपति भएको भए दलले पालेका गुण्डा र अपराधीलाई छाड्न हस्ताक्षर नगर्ने बताए । उनले भने, ‘फेरि अहिले अर्को अपराधी मुख मिठ्याएर बसेको छ मलाई चाहिँ नछुटाउने उसलाई चाहिँ छुटाउने भनेर मैले मात्रै […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्म दिनको अवसरमा मधेश प्रदेश सरकारले आज (बिहीबार) सार्वजनिक बिदा दिएको हो । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तमप्रसाद खरेलले बुधबार नै एक सूचना जारी गर्दै आजको लागि सार्वजनिक बिदाबारे जानकारी दिएका हुन् […]
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदान अनिश्चित बनेको छ । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो । आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । […]
काठमाडौँ । चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ । उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको गृह प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए । पछिल्लो समय देशका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्नहरूलाई कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिने निर्णय गरिएको […]
बग्दाद– उत्तरी इराकमा एक विवाह समारोहमा आगलागी हुँदा कम्तिमा एक सय जनाको मृत्यु भएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार इराकको निनेवेह प्रान्तको अल हमदानिया जिल्लामा भएको आगलागीमा परी १५० जना घाइते भएको छन् । दुलहा र दुलहीसमेत घटनामा पीडित बनेका छन् । प्रत्यक्षदर्शीका अनुसार सयौँ मानिसहरू विवाह समारोहमा रमाइलो गरिरहेका बेला स्थानीय समयअनुसार मंगलबार […]
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । ‘दशैं, तिहार र छठ पर्वका लागि २१ असोजदेखि सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय भएको छ,’ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र ठाकुरले भने, […]
काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र पर्यटन विभाग तथा पर्यटन क्षेत्रका अगुवा सङ्घसंस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । ‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन […]
काठमाडौँ । हङकङबाट तस्करी गरेर काठमाडौँ ल्याएको ६० किलो ७ सय ग्राम सुन प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । बयान सकिएसँगै सुन प्रकरणमा बुधबारबाट थुनछेक बहस सुरु हुनेछ । मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले रातोपाटीलाई बताए । चिनियाँ […]
छिङछोङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दै छन्। गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल आज बिहान चीनको छिङछोङ सहरबाट ल्हासाका लागि त्यसतर्फ प्रस्थान गर्दै छन् । स्थानीय समयअनुसार आज दिउँसो १२:०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज […]
काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आज बेइजिङमा आयोजित नेपाल–चीन बिजनेस समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बनेको र यसको लाभ लिनका लागि चिनियाँ लगानीकर्तासमक्ष आग्रह गरे । चीनस्थित नेपाली राजदूतावासको समन्वय तथा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको […]
बैतडीः बैतडीकी शिक्षा चन्द अन्तर्राष्ट्रिय तेक्वान्दोमा प्रथम भएकी छिन्।काठमाडौँमा शनिवार सम्पन्न भएको चौथो अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता २०२३ मा चन्दले प्रथम स्थान हासिल गरेकी हुन्। बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ कुलाउ घर भएकी चन्दले स्वर्ण पदक जितेकी हुन्। प्रतियोगितामा शिक्षाले स्वर्ण पदक जितेकोमा पञ्चेश्वर गाउँपालिकाले बधाई समेत दिएको छ। दिनेशखबरबाट