होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोनाभाइरस संक्रमित धमाधम थपिन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरोकारवाला र विज्ञहरुलाई बालुवाटारमा बोलाएर सुझाव लिएका छन् । सो क्रममा विज्ञहरुले प्रधानमन्त्रीलाई दुईथरीका सुझाव दिएका छन् । केही विज्ञले तत्काल १५ दिन कडा खालको लकडाउन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् भने केहीले चाहिँ अवस्थालाई सामान्यकरण गर्दै आवश्यकता हेरी ठाउँ विशेषमा लकडाउन गर्न […]
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी फागुनमा हुने भनिएको महाधिवेशनलाई ध्यानमा राखेर आफ्ना सम्भावित प्रतिस्पर्धीप्रति आक्रामक बन्न थालेका छन् । सभापति देउवा विधान विपरीत एक्लै अघि बढेको आरोप इतर पक्षले लगाएको छ तर उनलाई रोक्न सक्ने अवस्थामा छैन । संस्थापन पक्षका एकलौटी क्रियाकलापको खबरदारीमा समेत अल्पमत पक्ष कमजोर हुँदै गएको […]
काठमाडौं । संघीय सरकारले आगामी भदौ १ गते विद्यालय तहमा विद्यार्थी भर्ना सुरु गर्ने भनेको छ । यही साउन ५ गते भएको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको थियो । सरकारले कोरोना भाइरसका कारण क्वारेन्टिन बनाइएका देशभरका करिब साढे चार हजार विद्यालय भवन खाली गराउन र भवनहरू निःसंक्रमण गर्न स्थानीय तहलाई निर्देशन पनि दिइसकेको छ । […]
दार्चुला : भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ। तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो। अहिले धार्चुलादेखि लिपुलेकसम्मको सडकखण्डमा दैनिक सयौंको सङ्ख्यामा एसएसबी र सेनाका सवारीसाधन परिचालन गरिएको छ। सीमा क्षेत्रमा सवारी साधनमार्फत भारतले गस्ती बढाएको स्थानीयवासी बताउँछन्। ‘विगतमा यतिका भारतीय सुरक्षाकमीको सवारी साधन यस सडकखण्डमा […]
कञ्चनपुर: कञ्चनपुरमा आठ फिट सात इन्च लामो लामो अजिंगर फेला परेको छ। जिल्लाको बेदकोट नगरपालिका– ८ गाउजीका स्थानीय मानप्रसाद भट्टको आँपको रूखमा लोपोन्मुख अजिंगर फेला परेको हो। मंगलबार रूखमा फेलापरेको अजिंगर आठ फिट सात इन्च लामो र साढे आठ किलो तौलको रहेको डिभिजन वन कार्यालय सुरक्षा शाखा प्रमुख अर्जुन थापाले बताए। घरनजिकै बारीमा फेला परेको उक्त […]
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा एक जनाको शव फेला परेको छ । सोही स्थानका ५५ वर्षीय कामी लामाको शव फेला परेको वडाध्यक्ष पासाङ लामाले जानकारी दिए । कामी लामा यही साउन १९ गतेदेखि हराइरहेका थिए । उनको शव आज छहरे खत्कुलो छाङ्गोमा देखिएको वडाध्यक्ष लामाले जानकारी दिए । छाङ्गो ठूलो भएकाले शव निकाल्न […]
काठमाडौं- सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले एक विज्ञप्तिमार्फत थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमित मध्ये ८ महिने शिशु तथा ३ र ५ वर्षीया बालिका छन् । त्यस्तै ७ जना महिला र २६ जना पुरुषमा कोरोना पुष्टि भएको […]
काठमाडौं । राष्ट्रिय युवा परिषद्ले साताव्यापी रुपमा विभिन्न कार्यक्रम गरी यस वर्ष अन्तरराष्ट्रिय युवा दिवस देशभरि नै मनाउने भएको छ । युवा नेतृत्व विकास गर्नका लागि साताव्यापी विभिन्न कार्यक्रम गरी दिवस मनाउन थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिए । कोभिड–१९ का कारणले दिवसको मुख्य दिन भने भर्चुअल रुपमा […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा चेतना बढाउन सकेमात्र कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि विज्ञ र विपक्षी दलका नेताहरुसँग सुझाव लिने क्रममा प्रधानमन्त्री ओलीले सरकारको प्रयासले मात्रै कोरोनालाई परास्त गर्न नसकिने तथ्य बुझ्न पर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले सरकारले २५ जनाभन्दा बढी मानिस […]
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञ तथा सरोकारवालाहरुको बैठकमा आफ्नो ७ बुँदे धारणा राखेका छन् । देउवाले प्रमुख प्रतिपक्षी दलको तर्फबाट आफ्नो २ बुँदे धारणा राखेका हुन् । बैठकमा देउवाले कोरोना नियन्त्रणका क्रममा हालसम्म भएका कमजोरी र प्रगतिको गहिरो समीक्षा गर्दै स्वास्थ सामग्री खरिदमा भएको अनियमिततामा संलग्नलाई कारबाही गर्न सुझाएका […]
काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण दर बढ्दै गएको भन्दै फेरि लकडाउन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले कम्तीमा २ साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएका हुन् । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूसहित विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सुझाव दिएको […]
काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी ओलीले बोलाएको विज्ञहरुको बैठकबाट बाहिरिएका छन् । छोटो समय बसेर आफ्नो धारणा राखेका देउवाले कोरोना नियन्त्रणमा सरकारले आफूहरुले दिएको सुझाव अनुसार काम नगर्दा भयाबह स्थिति आउन लागेको भन्दै सरकारका कामकारवाही प्रभावकारी हुन नसकेको बताएका थिए । बैठकपछि बालुवाटारमा सञ्चारकर्मीहरुसँग छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले काम गर्ने सरकारले […]
धनगढी: स्वास्थ्य निर्देशनालय राजपुर डोटीले ज्वरो आएका वा खोकी लागेका तथा श्वास फेर्न कठिनाई भएकाहरुको कोरोना परीक्षण गर्न निर्देशन दिएको छ। निर्देशनालयले प्रदेशका सम्पूर्ण स्वास्थ्य कार्यालयलाई पत्राचार गर्दै कोभिड –१९ को नयाँ मापदण्ड तय भएका कारण जिव्रोले स्वाद अथवा गन्ध नपाउने तथा पखाला लागेको व्यक्तिहरुको स्थानीय तहमार्फत कोरोना परीक्षण गर्न निर्देशन दिएको हो। प्राथमिक स्वास्थ्य केन्द्र […]
२० साउन, सुर्खेत । कर्णाली प्रदेशका तीन जिल्ला हुम्ला, डोल्पा र जुम्लामा कोरोना संक्रमितको संख्या शून्य भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य महाशाखाका अनुसार हुम्ला ५ जना, डोल्पा ४ जना र जुम्ला ४० जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै निको भएर घर गइसके । मंगलबार यी जिल्लामा संक्रमितको शून्य रहेको […]
२० साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटलाई बिरोध गर्ने अवसरका रुपमा लिने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । कोरोना संक्रमणको जोखिम बढिरहेको सन्दर्भमा अब लिनुपर्ने रणनीतिबारे विज्ञहरुसँग छलफल गर्न मंगलबार आयोजित बैठकमा प्रधानमन्त्रीले संकटलाई विरोध गर्ने अवसरका रुप लिन नहुने धारणा राखेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा प्रधानमन्त्रीले भने ‘यता पल्टाएर पनि […]
जल तथा मौसम विज्ञान विभागले आज देशमा मनसुनी न्यून चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको जनाएको छ । मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै महाशाखाले देशको पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको जानकारी दिएको छ । मौसम विज्ञान विभागको मौसम पूर्वानुमानका अनुसार आज दिउँसो देशभर आंशिक बादली रहेता पनि अपरान्हपछि […]
भारतको नयाँ दिल्लीस्थित एम्समा भारतमा निर्मित कोभिड–१९ को विरुद्धको सम्भावित खोप ‘कोभ्याक्सिन’ को परीक्षणका लागि दर्ता गर्न आएका २० प्रतिशतको शरीरमा पहिले नै कोरोनाभाइरसविरुद्ध एन्टिबडी रहेको पाइएको छ । उनीहरुलाई परीक्षणका आयोग्य करार गरिएको थियो । एम्सले इच्छुक सहभागीहरुलाई भर्ना गर्न दुई हप्ताअघि सुरु गरेको थियो । हालसम्म ८० जनाको स्क्रिनिङ गर्दा १६ जनालाई मात्र […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता लाग्न नसक्ने जनाएको छ। संगठनका महानिर्देशक डाक्टर टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्न सक्ने बताएका हुन्। उनले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका […]
सम्भावित भ्रष्टाचारको अनुसन्धानमा मुछिएपछि स्पेनका पूर्वराजा हुवान कार्लोसले देश छाड्ने निर्णय गरेको राजदरवारले जनाएको छ । ८२ वर्षीय कार्लोसले आफ्नो छोरा राजा फिलिपेलाई पत्र लेख्दै यसबारे जानकारी दिएका हुन् । यद्यपि, आवश्यक परे अनुसन्धानमा बयानका लागि उपस्थित हुने उनले बताएका छन् । गत जुनमा स्पेनको सर्वोच्च अदालतले साउदी अरबमा द्रूत गतिको रेलको करारमा भएको भ्रष्टाचारमा […]
हाम्रो देश विविधतायुक्त छ, त्यसैले कुनै कार्यक्रम ल्याउँदा वा योजना बनाउँदा त्यसरी नै सोच्नुपर्ने हुन्छ । स्थानविशेषलाई ध्यान दिएर त्यही किसिमको कार्यक्रम लैजानुर्पे हुन्छ । जस्तो– काठमाडौंका लागि बनाएको योजनाले हुम्ला, जुम्लामा काम गर्दैन । तर, कोरोना भाइरस(कोभिड १९)को विषयमा सरकारले यस विषयलाई ध्यान दिन सकेन । कोरोनाले विश्वलाई नै आक्रान्त बनाएको छ । तसर्थ […]