होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौँ उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका […]
काठमाडौँ । आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि […]
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्की संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्र भएका हुन् । कोही प्रदेशको मुख्यमन्त्रीमा र्काीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी पेश गरेका थिए । कार्की र आङ्बो दुवैजनाले शुक्रबार ४७÷४७ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए । त्यसपछि प्रदेश […]
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ। आरम्भकै दिन असोज १३ गते प्रतिपदा र द्वितीया तिथि श्राद्ध गरिएको थियो। आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा उल्लेख छ। मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने […]
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आगामी कार्तिक १२ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवराज घिमिरेले आउँदै गरेका चाडपर्वहरुको शुभकामना व्यक्त गर्दै कार्तिक १२ आइतबारसम्मका लागि बैठक स्थगित गरेका हुन् । आजको बैठकले बिद्युत विधेयक २०८० संसदीय समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले स्वीकृत गरेको छ । यस्तै […]
नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही निर्विरोध भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र […]
जनकपुरधाम– नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ ।जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ । […]
काठमाडौँ– इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आज देशभर राष्ट्रिय शोक मनाउँदैछ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमण ज्यान गुमाएका नेपालीको सम्झनामा आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो । राष्ट्रिय शोक अन्तर्गत आज देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।
काठमाडौं । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा आज मध्यान्ह १२ बजे संसदीय दलको बैठक बस्ने कांग्रेसले जनाएको छ । बैठकमा मुलुकको समसामयिक अवस्था र शनिबारदेखि इजरायल हमास द्धन्द्धबारे छलफल हुने प्रमुख सचेतक रमेश लेखकले बताए । संसदीय दलको बैठकअघि कांग्रेस सभापति […]
धनगढीः नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ। निर्वाचन तालिकाअनुसार आज बिहान उम्मेदवारी दर्ता, प्रारम्भिक नामावली प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने सकिनेछ। उम्मेदवारी फिर्ता गर्न साढे १२ बजेदेखि २ बजेसम्मको समय तय गरिएको छ। दिउँसो साढे २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। बेलुकी ५ बजेदेखि मतदान शुरु गर्ने तयारी […]
काठमाडौं । इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले मंगलबार राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले मृतकप्रति श्रद्धान्जली अर्पण गरेको छ भने घाइतेहरुको शिघ्र स्वास्थलाभको कामना गरेको छ । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत हुनु भएकाका नेपालीहरुप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनको बन्दसत्र सोमबार दिउँसोदेखि सुरु भएको छ । धनगढीमै रहेका पार्टी महासचिव शंकर पोखरेलले नेतृत्वमा सहमति जुटाउन छलफल अघि बढाए पनि सहमति जुट्न सकेको छैन । महासचिव पोखरेलले सबै तहका नेता, कार्यकर्तासँग व्यक्तिगत र समूहगत छलफल थालेका हुन् । तर सहमतिको प्रयास कमजोर बन्दै गएको एमालेका एक नेताले बताए […]
काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरेका छन् । घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा दुखितरहेको उनले बताएका छन् […]
राजेन्द्र विक बाजुरा,२२असोज।यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी हुँदै […]
राजेन्द्र विक बाजुरा,२२असोज यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ । जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने कार्य सुरु गरिएको छ । बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ बाजुराको सदरमुकाम मार्तडी […]
विराटनगर, २० असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । प्रदेशसभा बैठकमा कार्कीले शनिबार राजीनामा घोषणा गरेका हुन् । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रदेशसभा बैठक बसेको थियो । तर, विश्वासको मतको प्रक्रिया सुरु हुनुअघि नै कार्कीले राजीनामा दिने बताए । त्यसअघि बसेको प्रशदेशसभा संसदीय […]
कैलाली– धनगढी–खुटिया– बीपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ । सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ । योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ ।गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना […]
नागरिक रैबार/बाजुरा १७ असोज।बझाङ जिल्लालाई केन्द्र विन्द बनाएर गएको भुकुम्पका परि घाइते भएका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका वडा नम्वर ४ खाती गाउँका दिर्घ धामीको धनगढीस्थित नोभा अस्पतालमा उपचार भईहरहेको छ । बाजुराका २० वर्षिया धामी कामको सिलसिलामा बझाङ रहेका बेला पहाडको थुम्को भत्केर खुट्टामा गम्भिर चोट लागि घाइते भएका थिए । घाईते धामीलाई जिल्ला अस्पताल […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैंको साइत सार्वजनिक गरेको छ। जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। यस वर्षको बडादसैं अर्थात् दुर्गा पक्षको सुरूआत भने असोज २८ गते आइतबार हुनेछ। जसलाई नवरात्रारम्भ पनि भनिन्छ। त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले […]
काठमाडौँ । बझाङ केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । मंगलबार दिउँसो बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । दिउँसो ३ बजेर ६ मिनेट जाँदा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । आजै दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको […]