होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ । प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि […]
काठमाडौँ– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसिरहेको छ । पार्टीले यही मङ्सिर १४ गतेदेखि एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ […]
काठमाडौँ । आज बाँकेको नेपालगंजस्थित रुपैडिया–जमुनाहा नाकाबाट मुर्रा राँगा भित्र्याइँदै छ । नेपाललाई भारतले उपहार स्वरुप दिएका १५ वटा मुर्रा जातको राँगा आज दिउँसो १ देखि २ बजेभित्र नेपालगस्थित रुपैडिया–जमुनाहा नाकामा आइपुग्ने नेपालजंगस्थित पशु क्वारेन्टाईन कार्यालयका प्रमुख डा.विनयकुमार कर्णले बताए । उनका अनुसार ती राँगा ट्रकमा ल्याउन लागिएको हो । उनकाअनुसार उन्नत जातको नश्ल सुधारका […]
काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाललाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्यसहित निर्देशिका बनाएको छ । सामाजिक सञ्जालमार्फत हुने अवाञ्छित गतिविधि रोक्दै मर्यादित बनाउने लक्ष्यसहित सरकारले ‘सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०’ बनाएको हो । निर्देशिका बनेसँगै नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल प्लेटफर्म अनिवार्य रुपमा सूचना तथा सञ्चार मन्त्रालयमा दर्ता हुनपर्नेछ । यस्तै, अबदेखि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्। छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी […]
राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् । हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् । बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात […]
काठमाडौं । पश्चिम नेपालका केही ठाउँमा वर्षा भएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा भएको हो ।पश्चिमी वायुको प्रभावका कारण पश्चिम नेपालमा मौसम बदली भई वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई केही […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक।बाजुराको बडीमालिका नगरपालिकाले जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि जनप्रतिनिधि र कर्मचारीहरुको १ दिनको तलव सहयोग गर्ने भएको छ । नगरपालिकामा हिजो (शुक्रबार) बसेको कार्यपालिकाको बैठकले जाजरकोट र रुकुम पश्चिम कार्तिक १७ गते गएको भुकम्पबाट घाइते भएकाको उपचार र व्यवस्थापनका लागि नगरपालिका जनप्रतिनिधि र सम्पूणर् कर्मचारी तथा शिक्षकहरुको १ दिनका तलब सहयोग […]
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी […]
काठमाडौँ । जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ […]
काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक बुधबार दिउँसो १२ः४५ मा पार्टी केन्द्रीय कार्यालयमा बस्ने तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार पार्टीले चलाउन लागेको मध्यपहाडी लोकमार्ग अभियानबारे छलफलको मुख्य एजेन्डा छ । “मध्यपहाडी लोकमार्ग अभियानको कार्यक्रम तय गर्नु बैठकको मुख्य एजेन्डा छ,” उनले भने, “भूकम्प […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन् । आज दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले रातोपाटीलाई जानकारी दिए । गत शुक्रवार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले मानवीय र भौतिक रूपमा ठुलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०: ५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने शास्त्रीय नियम रहेको […]
काठमाडौं – कोशी प्रदेश सभाको बैठक बस्दै छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। आजको बैठकमा विषयगत समितिको टुंगो लगाउने र निजामती सम्बन्धी विधेयक संसदमा टेबुल हुने कार्यसूची रहेको कोशी प्रदेश सचिवालयले जनाएको छ। त्यस अघि कार्यव्यवस्था समितिको बैठक ११ बजे बोलाइएको प्रदेश सभा सचिवालयका प्रवक्ता गौतम राज अमात्यले जानकारी दिए। गत कात्तिक १ गते […]
काठमाडौँ – नेपाली कांग्रेसले शुक्रबार पश्चिम नेपालमा गएको भूकम्प र सभाहलको प्राविधिक कारणले पार्टीको महासमिति बैठकको निर्धारित मिति दुई साता पछाडि सारेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले महासमिति बैठक आगामी मङ्सिर २९ देखि पुस २ गतेसम्म गर्ने नयाँ मिति तय गरेको पार्टीको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यसअघि […]
जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका– १ रामिडाँडालाई केन्द्रबिन्दु बनाई गएको भूकम्पका कारण जाजरकोटमा मात्रै २१३ वटा विद्यालयमा क्षति पुगेको छ । अहिलेसम्मको प्राप्त विवरण अनुसार ९१ वटा विद्यालय भवनहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने १२२ वटा विद्यालय भवनमा आंशिक रुपमा क्षति पुगेको छ । यस्तै ३६६ वटा कक्षाकोठाहरु पूर्णरुपमा ध्वस्त भएका छन् भने ४७६ वटा […]
नागरिक रैबार/बाजुरा १९ कार्तिक। बाजुराकाे बुढीगंगा नगरपालिकामा अन्तर पालिका स्तरीय प्रथम नगर प्रमुख कप भलिवल प्रतियोगिता सूरू भएकाे छ । बुढीगंगा नगरपालिकाकाे आयाेजनामा आजबाट सूरू भएकाे उक्त प्रतियोगिताकाे एक औपचारिकका विच नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । बडा दशैं तथा शुभदिपालीकाे अवसर पारेर आयाेजना गरिएकाे प्रतियाेगिता […]
नागरिक रैबार/बाजुरा १९ कात्तिक । धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुँदा ४ जनाको मृत्यू र ५ जना घाईते भएका छन । के आईसिंह राजमार्ग अन्तरगत डोटीको शिखर नगरपालिका ६ मा जिप दुर्घटना भएको तलकाेट प्रहरी चौकी डोटीले जनाएको छ ।प्रहरीका अनुसार गाैमुल गाउँपालिका ४ घर भएका २१ वर्षका महेश बुढाले चलाएकाे ग २ […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।बाजुरामा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी एफसिले जितेकाे छ । सेमिफाईनल खेलबाट आयोजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिले पाँचौ छेडेदह कपको उपाधि जितेको हो । हिजो भएको सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचको खेल विवादित बनेपछि आयोजकलाई हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिलाई आयोजकले स्वतः प्रतियोगिताको […]