होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, २७ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार थप ३५ सय ५६ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले विपद् जोखिम न्यूनीकरण र यसको सामना गर्न सरकारले निश्चित लक्ष्य, उद्देश्य, नीति र कार्य योजना बनाएर काम गरिरहेको बताएका छन् । विपद् जोखिम न्यूनीकरण अन्तरराष्ट्रिय दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा उनले व्यापक जागरण, साझा प्रयास र शक्ति सङ्गठित गर्दै तीनै तह सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको स्पष्ट पारे । […]
काठमाडाैं, २७ असाेज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सको ७० औं दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टले दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि नभएको बताउनुभएको हो । उहाँले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनैपनि खाद्यान्न लगायत दैनिक रुपमा प्रयोगमा आउने वस्तुमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन भएका छन्। कैलाली र कंचनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको तदर्थ समितिको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ। कंचनपुरको महेन्द्रनगरमा आज भएको भेलाले संघको उपाध्यक्षद्वयमा राघवेन्द्र कार्की (कैलाली) र तेज बहादुर चन्द (कंचनपुर) लाई चयन […]
२७ असोज, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव नीरज पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्री त्रिपाठीको सोमबार राति पित्तथैलीमा पत्थरी भएपछि शल्यक्रिया गरिएको थियो । मन्त्री त्रिपाठीलाई गत आइतबार अचानक अस्वस्थ भएपछि थापाथलीस्थित […]
२७ असोज, काठमाडौँं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाइ घोषणा तयारीको काम अन्तिम चरणमा पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । उचाइ घोषणाको काम कहिले, कुन तहबाट र कस्तो कार्यक्रम गरेर घोषणा गर्ने भन्ने सम्बन्धमा नापी विभागले भूमिव्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयसँग छलफल गरिरहेको छ । सगरमाथाको उचाइ मापनको काम एक बर्षअघि नै सकिएको […]
कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी […]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले हालसम्म ५० जनाको मृत्यु भएको जानकारी दिँदै अहिले अस्पतालमा भर्ना भएकामध्ये ५२ जना पीसीआर पोजेटिभ, ३ कोरोनाका संकास्पद बिरामी रहेको बताए । डा श्रेष्ठका अनुसार हालसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार २२५ जनाको नमुना जाँच […]
२७ असोज, लहान । एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ । अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने […]
काठमाडौँ- कोरोना भाइरसको महामारी बढे पनि सरकारले चाडबाडलाई लक्षित गरी सार्वजनिक यातायातमा सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको छ । सबै सिटमा यात्रु राख्न दिने निर्णयसँगै भाडादर पनि पूरानै कायम गरिएको छ ।यसअघि सरकारले सार्वजनिक सवारीमा आधा सिटमा मात्रै यात्रु राख्न पाइने र साविकको भाडा भन्दा दोब्बरसम्म लिन पाउने निर्णय गरेको थियो । दशैँको […]
चाडपर्वको बेला सामान किन्ने ठाउँ र सवारी आवागमन हुने मुख्य केन्द्रमा ठेलमठेल भिडभाड हुन्छ । त्यस्ता ठाउँमा हुनसक्ने यौनजन्य हिंसा, पाकेटमार र लुटपाट नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ । आउँदै गरेको दसैँ र तिहारमा भिडभाड हुने ठाउँमा महिलामाथि हुनसक्ने हिंसा रोक्न शुरु गरिएको सो अपरेशनको नाम हो–‘सेफ्टी पिन अपरेशन […]
सप्तरीको तिरहुत गाउँपालिका–२ मैनाकडेरीकी ५० वर्षीया दाइमनदेवी यादवको हत्याका तीन आरोपित १६ दिनपछि सोमबार पक्राउ परेका छन्। पक्राउ पर्नेमा तिरहुत गाउँपालिका–२ का २१ वर्षीय अजयकुमार यादव, ५२ वर्षीय राधे भनिने ओमप्रकाश यादव र कञ्चनरुप नगरपालिका–११ ठेलियाका ५५ वर्षीय बमबहादुर साह रहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ। घरमा एक्लै बस्ने गरेकी शिक्षक शिवनारायण यादवकी श्रीमती […]
धनगढीः धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० […]
२७ असोज, काठमाडौं । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा हुने अमेरिकी अन्तरीक्ष निकाय नासाले जनाएको छ । यस घटनालाई खगोलशास्त्रको भाषामा मंगल […]
कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागिपरेका छन्। उनले सोमबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग यस विषयमा अलगअलग परामर्श गरे। त्यस्तै उनले पार्टीभित्र आफू निकट नेताहरूसँग […]
२६ असोज, दाङ । कोरोना भाइरस संक्रमणका कारण दाङमा जिल्ला प्रशासनसहितका चार सरकारी कार्यालयहरु बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत ३० गतेसम्मका लागि बन्द गरिएको छ । यसैगरी नापी र मालपोत कार्यालय २८ गतेसम्मका लागि बन्द गरिएको छ । नापी र मालपोत कार्यालय असोज २२ गतेदेखि नै बन्द छन् । […]
काठमाडौँ — गोदावरी नगरपालिकाको लेलेस्थित नल्लु खोला क्षेत्रमा मापदण्डविपरीत स्थापित क्रसर उद्योगले वन क्षेत्र मिचिरहेका छन् । यस्ता क्रसर उद्योग सञ्चालन गर्नेमा जनप्रतिनिधिसमेत छन् । गोदावरी–६ का वडाध्यक्ष विष्णुमान महर्जन र वीरेन्द्र महर्जन मिलेर नल्लु खोला किनारमा क्रसर उद्योग स्थापना गरेका छन् ।क्रसर उद्योगले जथाभाबी डोजर लगाएर खोतल्दा उजाडिएको डम्सीडोल सामुदायिक वन क्षेत्र । उनीहरूले कित्ता नम्बर ३५, […]
जिल्ला प्रहरी कार्यालय चितवनले भन्सार छलिगरी ल्याएको रु ४ लाख ७५ हजार वराबरको अबैध कपडा सहित ट्रक नियन्त्रणमा लिएको छ । कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार लु२ ख ३४० नम्बरको ट्रकमा भन्सार छलिगरी ल्याएको ९ सय ५० थान कुर्ता सलवार नियन्त्रणमा लिइएको हो । भरतपुर महानगरपालिका वडा नं ३ शहिदचोक नजिक चेकजाँचको क्रममा आइतबार सो […]
२६ असोज, चितवन । कोरोना संक्रमणबाट वडाध्यक्षको निधन भएपछि भरतपुर महानगरपालिका र मातहतका कार्यालय आज सोमबार एक दिनका लागि बन्द गरिएको छ । महानगरकी मेयर रेनु दाहालले एक विज्ञप्ती जारी गर्दै भरतपुर–२० का वडाध्यक्ष मणिलाल तामाङको निधनमा दुःख ब्यक्त गरेकी छिन् । जारी विज्ञप्तीमा शोक मनाउन एक दिन महानगरपालिका र त्यस मातहतका सबै कार्यालय बन्द […]
२६ असोज, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ । कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । कोरोना संक्रमणका […]