होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिताअनुसार आजदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५ गतेभन्दा ४८ घण्टा अघि अर्थात् गएराति १२ बजेदेखि मतगणनाको कार्य सम्पन्न नभएसम्म प्रचारप्रसार […]
कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज विश्वासको मत लिँदै छन् । २३ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री शाहले विश्वासको मत लिन लागेका हुन् ।दिउँसो तीन बजे विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गरिएको छ ।मुख्यमन्त्री शाहले विश्वासको मत पाउने दाबी गरिरहेका छन् । तर, नाउपाभित्रैको किचलो […]
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामाको घोषणा गरेका छन् । बुधबार प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । राजीनामा घोषणा गर्नुअघि उनले संसदमा आफू नेतृत्वको सरकारले गरेको कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका थिए ।उनले आफूले परिवेश बदलिएकाले विश्वासको मत नलिई राजीनामा दिने निर्णय गरेको जानकारी दिए । शर्माले राजीनामा दिएसँगै मुख्यमन्त्रीले विश्वासको […]
नागरिक रैबार/ बाजुरा २१ चैत। नेकपा एमाले बाजुराले पार्टीको ८ औं जिल्ला अधिवेशन २०८१ जेठ १ देखि ३ गतेसम्म सदरमुकाम मार्तडीमा गर्ने निर्णय गरेकाे छ । नेकपा एमाले बाजुराकाे आज सदरमुकाम मार्तडीमा बसेकाे १३ औं पुर्ण बैठकले पार्टीकाे आठौं जिल्ला अधिवेशन आगामी जेठमा सम्पन्न गर्ने निर्णय गरेकाे हाे । यस अघिकाे जिल्ला कमिटीकाे बैठकले माघ […]
राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराएका हुन् । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि सो पद खाली रहँदै आएको थियो । उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले संघीय संसदका महासचिव पदमप्रसाद […]
काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मङ्गलवार बिहान विश्वासको मत लिने प्रस्ताव दर्ता प्रदेशसभा सचिवालयमा गराएका हुन् । लगतै प्रदेशसभा सचिवालयले बिहीबार दिउँसो ३ बजे बस्ने बैठकमा विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिएका छन् । केन्द्र सरकारको समीकरण बदलिएसँगै सुदूरपश्चिम प्रदेश सरकारबाट […]
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले […]
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७ गतेसम्म चल्ने छ । आज पहिलो दिन परीक्षार्थीहरुले अनिवार्य अंग्रेजी विषयको परीक्षा दिइरहेका छन् । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ बजे सकिने छ । एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलिदेखि सुरु हुँदै छ । परीक्षा भोलि (बिहीबार) बिहान ८ बजेबाट सुरु हुनेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार पहिलो दिन भोलि अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ । यस वर्षदेखि नयाँ पाठ्यक्रमअनुसार सञ्चालन हुने एसईईमा देशभरबाट १० हजार आठ सय ६ विद्यालयबाट पाँच लाख चार हजार ४१४ परीक्षार्थी सामेल हुने परीक्षा […]
नागरिक रैबार। भोलि (बिहिवार) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोवाईल फोन तथा चिटजन्य सामग्री नल्याउन शिक्षा विकास तथा समन्वय इकाई बाजुराले आग्रह गरेको छ । एसईईको बार्षिक परीक्षाको परीक्षा केन्द्र नजिक तथा भित्र मोवाईल, चिटजन्य सामग्री तथा हाततियार निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ । त्यस्तै निषेयिधत सामग्री […]
काठमाडौँ । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उता […]
नागरिक रैबार। अनेरास्ववियुका नेता स्वर्गीय चेतनदीप अयडी हत्याका आरोपीहरुलाई कारबाहीको माग गर्दै नेकपा एमाले बाजुराले आजबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका अयडीको हत्यामा संलग्नहरुलाई कानुन बमोजिम कारबाहीकाे माग राख्दै शान्तिपूर्ण आन्दोलन तथा धर्ना कार्यक्रम सुरु गरेको एमाले सचिव काँशी विकले बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयका तत्कालिन अध्यक्ष ३२ […]
काठमाडौं : सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ। बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गरेको एक मन्त्रीले जानकारी दिए।एमाले नेतृत्वको नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो आयोगलाई खारेज गर्ने निर्णय गरेका हुन्। पाँचदलको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा दुई वर्षभित्र सुकुम्बासी, मुक्त […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्न थालेको छ। स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन्।यसअघि गत फागुन १२ देखि ३० गते सम्मको १८ दिन २६ जनामा कोरोनाको सङ्क्रमण देखिएको थियो। कोरोना सङ्क्रमित बढ्दै गएपनि यो रोगको रोकथाम र निगरानीका […]
काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणाली तथा विहार राज्यको आसपासको न्यूनचापीय प्रणालीको प्रभावले आज पनि काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् चिरञ्जीवी भेटुवालका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली भएको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने […]
धनगढी- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने निर्दाेश रहेको बताएका छन् । मंगलबार धनगढीमा संचारकर्मीसँग कुरा गर्दै पुर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नेपाली कांग्रेसले रविकाे पार्टी आफूसँग नमिलेकाेमा आक्राेश पाेखिरहेकाे बताएका हुन् । साथै, ओलीले रवि निर्दोष भएका कारण गृहमन्त्री पदबाट राजीनामा दिनुपर्ने सम्मको अवस्था नभएको बताएका छन् । ‘उनी (रवि) सहकारी […]
पोखरा । आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको उच्च स्रोतले बताएकाे छ । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् । अहिले गण्डकीको […]
काठमाडौँ —माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानमा लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार आरोपितहरूलाई कारबाही गर्न उपप्रधान गृहमन्त्री […]
काठमाडौँ । सुन तस्करीमा संलग्न आरोपमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले पूर्व सभामुख समेत रहेका महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो । इलेक्ट्रिक चुरोट ‘भेप’मा भेपमार्फत गरिएको […]
नागरिक रैबार/बाजुरा १ चैत । नेकपा एमाले बाजुराको आज बस्ने भनिएकाे १२ औं जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ । यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनकाे तयारीका लागि बाेलाईएकाे बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार अर्काे सूचना जारी नहुन्जेल सम्मका […]