होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ पुस,काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको किताब उपहार पठाएका छन् । प्रतिनिधिसभा विघटन संविधानसम्मत रहेको जिकिर गर्दै ओलीले संविधान पढ्न सुझाव दिएपछि जवाफमा शर्माले संविधानको किताब उपहार पठाएका हुन् । प्रवक्ता शर्माले संविधानसँगै भोकका कारण मृत्यु भएका सूर्यबहादुर तामाङ, आइसोलेसनमा उपचार नपाएर मृत्यु भएका राजु सदा र […]
२६ पुस २०७७ काठमाडौं । कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल नेपालमा पनि गरिने भएको छ । इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालका शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो । हिमालय टेलिभिजनका अनुसार खोप ट्रायल गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को […]
काठमाडौँ — पुस ७ गते दाहाल–नेपाल समूहको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनायो । पुस ९ गते ओली समूहको नेकपाले पुष्पकमल दाहाललाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो । पुस १४ गते आफ्नो समूहको शक्ति प्रदर्शनमा नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई […]
काठमाडौं । नेकपाका दुवै खेमामा नलागेका नेता वामदेव गौतमले पार्टी एकताका लागि अपिल गरेका छन्। गौतमले शनिबार आफ्नो संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियान घोषणा गरी पार्टी एकताका लागि जुलुस सञ्चालन गर्न र एकताको सन्देश दिने गरी पोस्टर छापेर बाँड्न अपिल गरेका हुन्। पार्टी एकता जोगाउने वा पुनर्एकीकरण गर्ने उद्देश्य लिएर आफूले दुवै […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ ।महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।यसैगरी, महाशाखाले हाल देशका केहि भूभागमा आंशिक बदली रहेको र बाँकी भूभाग सामान्यतयाः सफा रहेको जनाएको छ । आइतबार दिउँसोः प्रदेश १ र प्रदेश २ मा […]
झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुतगतिमा अघि बढेको छ । दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु २० लाखका दरले […]
धनगढीः कैलालीका ११ सहित सुदूरपश्चिमका थप १४ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टा एक सय ४९ जनाको नमूना परीक्षढा गर्दा १४ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। धनगढी उप–महानगरपालिकाका ६ जना, टीकापुर नगरपालिकाका ४, जानकी गाउँपालिकाका १ जना र कञ्नपुरको भीमदत्त नगरपालिकाका ३ जनामा पनि संक्रमण […]
२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलले पूर्वमाओवादी नेताहरुलाई ‘हेग’ पुर्याउने धम्की नदिन चेतावनी दिएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अछाम–काठमाडौं सम्पर्क मञ्चको भेलामा नेता रावलले द्वन्द्वकालीन विषय उछालेर कार्यकर्ताको भावना भड्काउने दुस्प्रयत्न नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । ‘तत्कालीन माओवादीमा काम गर्ने सबै योद्धा साथीहरुलाई हेगमा पुर्याउनुपर्छ भन्ने लाग्या […]
२४ पुस, कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई खेममा विभाजित भएपछि राजधानी बाहिर पहिलो कार्यक्रमका रुपमा धनगढीलाई रोजे । नेकपा ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको आमसभामा सहभागी धनगढी पुगेका उनले करिब ४५ मिनेट सम्बोधन गरे । सुदूरपश्चिमको दुःख पीडाबारे मलाई थाहा छ भन्दै सम्बोधन सुरु गरेका उनले विकास […]
२४ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाउँदा पक्राउ परेकाहरूलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएको भन्दै प्रहरीले पक्राउ गरेका सात युवा रिहा गर्नुपर्ने उनको माग छ […]
२४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता भीम रावलको प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएका छन् । शुक्रबार धनगढी पुगेका ओलीले प्रचण्ड माधव समूहका नेताहरुलाई भगौडाको संज्ञा दिएका थिए । त्यसको केही घण्टापछि काठमाडौंमा आयोजित कार्यक्रममा रावलले त्यसको जवाफ दिए । अछाम काठमाडौं सम्पर्क मञ्चको भेलालाई सम्बोधन गर्दै रावलले भने, […]
२४ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका छन् शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हुन् । सूर्य चिन्ह कसको […]
२४ पुस, धनगढी । ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको सभामा सहभागी सात जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । नेकपा ओली समूहले शुक्रबार धनगढीमा सभा गरेको थियो, जसलाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष ओलीले पनि सम्बोधन गरेका थिए । प्रधानमन्त्री आउने थाहा पाएपछि युवाहरु भने ‘निर्मला पन्तको […]
धनगढी: धनगढीमा नेकपा ओली समूहको जनसभा सुरु भइसकेको छ। धनगढीस्थित खुुला मञ्चमा सुरु भएको सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले केहीबेरमा सम्बोधन गर्ने बताइएको छ। यसैबीच उक्त सभामा सहभागी भएका एक युवकले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या भएको २ वर्ष बित्दा पनि सरकार मौन रहेको भन्दै विरोध जनाएका छन्। उनले ‘निर्मला पन्तको […]
२४ पुस, काठमाडौं । नेविसंघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् । उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज […]
धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेका छन् । नेकपामा देखिएको राजनीतिक विभाजनसँगै आफू पक्षका कार्यकर्तालाई सम्बोधन गर्न उनी पहिलो पटक काठमाडौँ बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् । प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार आफ्नो पक्षका कार्यकर्ताको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । केहीबेर अघि धनगढी आइपुगेका उनलाई आफ्नै पक्षका नेता तथा कार्यकर्ताले […]
डडेल्धुरा: डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल समूह र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार पुतला दहन गरेको हो। प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले जिल्ला सदरमुकामस्थित तुफानडाँडा चोकमा प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। […]
धनगढीः नेकपा ओली समूहको जनसभा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा प्रमुख वक्ता रहेको सो जनसभा धनगढीस्थित खुुला मञ्चमा सुरु भएको हो। कार्यक्रममा प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य.४ मन्त्रीसहित नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश […]
धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा नगएका सुदूरपश्चिमका मुख्यमन्त्रीले गाडी भने पठाएका छन्। नेकपा सुदूरपश्चिम ओली समूहले धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री ओलीका लागि मुख्यमन्त्री त्रिलोचन भट्टले गाडी पठाएका हुन्। जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले प्रधानमन्त्रीका लागि गाडीको व्यवस्थापन गरेको हो। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले […]
२४ पुस, काठमाडौं । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । तर सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्यो भने संविधान नै कागजको खोस्टामा परिणत हुने उनको चेतावनी छ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै श्रेष्ठले संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधिसभा […]