होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
५ माघ, जाजरकोट । ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ । अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ । […]
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ(अनेमसं) को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। उनले […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यसैगरी, हाल देशका विभिन्न स्थानहरु प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । आगामी तीन दिनको […]
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको हो । आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन […]
मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना ,सशत्र प्रहरी बल र नेपाल प्रहरीले डढेलो नियन्त्रण लिएका थिए । यसका लागि अग्नि रेखा तयर गरी आगो आउने क्षेत्रमा आगो लगाएर […]
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश रोएका बेला प्रधानमन्त्री केपी शर्मा ओली हाँसेर बसेको बताएका छन् । अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार काठमाडांैमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिंगो देश रोएका बेला ओली हाँसेर बसेको बताएका हुन् । ‘केपी ओली मलामी जानेबेलामा हाँस्दै हिँड्नुभएको छ । जन्ती जानेबेलामा रुँदै हिँड्नुहुन्छ’, प्रचण्डको भनाइ छ […]
४ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन् । आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए । आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन । हाम्रो आन्दोलन आवेगमय हुनुपर्यो । आक्रामक हुनुपर्यो । बाघ र सिंह गर्जिए […]
४ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र वरिष्ठ अभिवक्ता भीमार्जुन आचार्यबीच रोचक सवाल-जवाफ भएको छ । संसद विघटन असंवैधानिक भएको भन्दै बहस गरेका आचार्यले संविधानको धारा ७६ को जिकिर गरेका थिए । त्यसक्रममा इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश जबराले केही प्रश्न गरे । प्रन्या : धारा ७६ […]
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । आइतबार प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भएकोमा वकीलहरुले बहस गर्ने क्रम जारी रहेकाले लगातार सुनुवाइ हुनेगरी हेर्दाहेर्दैमा राखिएको हो । आज रिट निवेदनकर्ताको तर्फबाट अधिवक्ताहरु भीमार्जुन आचार्य, बद्रीराज भट्ट, सुनील पोखरेललगायतले बहस गरेका थिए । बहसका क्रममा पोखरेलले प्रचण्ड र माधव नेपालले असहयोग गरेकै कारण […]
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी ओली गन्हाएर बालुवाटार गइनसक्नुभएको बताएका छन् । प्रचण्ड–माधव नेपाल पक्षको अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेता रावलले ओली एक नम्बर भगौडा भएको आरोप समेत लगाए । उनले ओलीलाई सिद्धान्त र नीतिका डल्लाले धोएर समेत पखाल्न नसकिएको भन्दै ब्यंग्य […]
४ माघ, काठमाडौं । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरिएको छ, तर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ । त्यही बेला आयोगले राजनीतिक दलहरुलाई छलफलमा बोलाएर मतदाता नामावलीसम्बन्धी […]
५ माघ, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् । रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो माग राखेका हुन् । २०४७ सालको संविधानको धारा ५३ को (४) मा स्पष्ट रुपमा प्रधानमन्त्रीलाई संसद विघटन […]
४ माघ, दाङ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् । कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा झमेला भइसकेको बताए । ‘बालुवाटारतिर मान्छे जानै डराउँछन् । पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो […]
काठमाडौं । निर्वाचन आयोगले विभिन्न दलहरुसँग छलफल गर्दैछ । आयोगले आइतबार छलफलका लागि दलका प्रतिनिधिहरुलाई बोलाएको छ । आयोग सूचना अधिकारी सुर्यप्रसाद अर्यालले मतदाता नामावली अध्यवाधिक, मतदानस्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न बोलाइएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामीे बैशाख […]
काठमाण्डाै – ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आर्कषण देखिएको छ । यस एप एन्ड्रोइडमा आइतबार १२ बजेसम्म एक लाख ६२ हजार पाँच सय प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्ने मध्येबाट अहिलेसम्म ४० हजार बढी […]
४ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शितल निवास पुगेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन । प्रधानमन्त्रीले समसामयिक परिस्थितिबारे राष्ट्रपतिलाई बिफ्रिङ गर्ने परम्परा छ । तर पछिल्लो समय ओलीले आफू […]
४ माघ, चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं. २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौं पुण्यतिथिका दिन आज आयोजना गरेको श्रद्धाञ्जलिसभामा उनले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने बताए । उनले तिमिल्सिनाको […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव नेपाल पक्षको राष्ट्रिय युवा संघको कार्यक्रम कालो मास्क वितरण गरिएको छ । नेकपा केपी ओली समूहको कार्यक्रममा कालो मास्क लगाउनेलाई प्रतिबन्ध गरिएकोमा प्रचण्ड–नेपाल समूहमा ठीक उल्टो भेटिएको छ । प्रचण्ड नेपाल पक्षको युवा संगठनको दास्रो पूर्ण बैठकमा कार्यक्रम हलमा प्रवेश गर्दा कालो मास्क वितरण गरिएको छ। आइतबार काठमाडौं […]
४ माघ, सिमकोट । नेपालगञ्ज र सुर्खेतबाट हवाई मार्ग हुँदै हुम्ला आउँदा यात्रुलाई अब कोरोनाको पीसीआर रिपोर्ट नचाहिने भएको छ । यसअघि जिल्ला प्रवेश गर्दा अनिवार्य रिपोर्टको प्रावधान थियो । २०७६ चैत ११ गतेदेखि कारोना जोखिम हुन नदिन लकडाउन जारी गरिए पश्चात् जिल्लाका नागरिक आवतजावत गर्नका लागि अनिवार्य गरिएको थियो । जिल्ला बाहिरबाट सदरमुकाम […]
४ माघ, काठमाडौं । नर्वेमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लिएका २९ जनाको मृत्यु भएको छ । समाचार संस्था ब्लूमवर्गका अनुसार फाइजरले बायोएनटेकसँग मिलेर बनाएको कोरोना खोप लगाएका २९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सबै ७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरु छन् । उनीहरु सबैलाई कोरोना खोपको पहिलो डोज दिइएको थियो । मृत्यु हुने […]