होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । फूलपातीको अवसर पारेर बिहीबारदेखि तीन वटा नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘छक्का पन्जा– ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साब’ देशभरका हलमा प्रदर्शनमा आएका हुन् । यसरी फिल्म जुध्दा सबैलाई असर पर्छ नै । किनभने दर्शक बाँडिनु व्यापारिक हिसाबले सुखद होइन । यद्यपि बजारमा तीनै वटै फिल्मको चर्चा राम्रो छ । सबै निर्माता […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ बजे बस्ने जनाइएको छ । बैठकमा विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, समसामयीक राजनीति, बडादशैँको शुभकामना आदानप्रदानलगायत विषयमा छलफल हुनेछ । यस्तै, आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको बारेमा पनि छलफल हुने बताइएको छ ।
काठमाडौँ — यो वर्ष बडादसैंको टीकाको उत्तम साइत शनिबार बिहान ११ बजेर ३६ मिनेटमा परेको छ । कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहीबार फूलपाती पर्व मनाइँदै छ । यो वर्ष महाअष्टमी र महानवमी पर्व शुक्रबार एकैदिन परेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत विजयादशमीको दिन […]
काठमाडौँ । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर अथवा पूजाकोठामा शुभ साइतको […]
काठमाडौँ । कोशी प्रदेश लगायत मधेस प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र […]
काठमाडौं– आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक सङ्घको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस दिन विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाको १५० वर्ष […]
काठमाडौँ — आश्विन शुक्ल षष्ठीका दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार […]
नागरिक रैबार। बाजुराको खप्तड छेडेदह गाउँपालिकाले पारित गरेको बजेट विरुद्ध नेपाली काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका छन् । बजेट संसोधन र परिमार्जनको माग सहीत नेपाली काँग्रेस खप्तड छेडेदह गाउँ कार्य समितिले आन्दोलन थालेको छ । करिब ४ करोड बढी रकम अनावश्यक शिर्षकमा विनियोजन गरेको र विकासमा योजनामा बेवास्ता गरेको आरोप काँग्रेसको छ । यता कार्यपालिकामा काँग्रेसबाटै जितेका […]
काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी […]
काठमाडौं । गृहमन्त्री रमेश लेखक काभ्रेको बाढी–पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा गएका छन् ।गृहमन्त्री लेखक सोमबार पनौती नगरपालिका–१२, बेथानचोक गाउँपालिका–४ लगायतका क्षेत्र पुगेका हुन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले राहत वितरणका साथै सडकको अवरोध हटाउने, खानेपानी, विद्युत लगायतका आधारभूत सेवा सञ्चालन गर्ने भएको बताए । लगत्तै पुनर्स्थापना तथा पुनर्निर्माणमा जु्ट्ने उनले बताए । […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।
म्याग्दी– गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ । सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र […]
आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् । भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने […]
काठमाडौँ । असोज ११ र १२ मा आएको अविरल वर्षापछि सडक अवरुद्ध हुँदा दसैँ मनाउन पुर्ख्यौली थातथलोमा फर्किन खोज्नेहरू काठमाडौँ उपत्यकामै रोकिन बाध्य भएका छन् । वर्षा रोकिएपछि असोज १४ देखि आजसम्म ३ लाख ८० हजार मानिसले उपत्यका छाडेका छन् । पछिल्लो एक हप्तामा ३ लाख ८० हजार १६४ जना मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिएको उपत्यका […]
काठमाडौँ । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छ, भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ, भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका […]
वीरेन्द्रनगर — हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२० राँजा बस्ने ४९ वर्षीया विष्णु परियार र हुम्लाको चंखेली गाउँपालिका-६ का ५ वर्षीय अभिषेक बुढा रहेका छन् । बुढा विष्णुसँग नेपालगन्ज मामा घर दसैं मान्न जान लागेका थिए । हुम्लाको ताजाँकोट गाउँपालिका-२ पुइमामा शनिबार जिप दुर्घटना भएको […]
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडितहरू ब्यानरसहित नारा लगाउँदै कार्यक्रम स्थल आउने क्रममा नारायणगढको लायन्स चोकमा प्रहरीले तितर-वितर […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दसैँ र तिहार सकिए लगत्तै अहिलेको व्यवस्था फाल्नुपर्ने आवश्यकता औँल्याएका छन् । शनिबार काठमाडौँमा आयोजित साक्षात्कारमा बोल्दै उनले सरकारको उपस्थिति नागरिक विपत्तिमा परेर सयौँको सङ्ख्यामा ज्यान गुमाउँदा पनि नदेखिएपछि यो सरकारलाई पाल्नुपर्ने कुनै कारण नै नभएको टिप्पणी गरे । उनले अहिले सरकार र सत्ता […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलान्चोकका तीन वटा पालिकाहरूको कोषमा उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका […]
काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त छिन्। सो सम्मेलनको ‘साइडलाइन’मा परराष्ट्रमन्त्री डा. राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवं मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गरेकी हुन् । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहरूका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री […]