होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सत्तारूढ दल नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले सर्वोच्च अदालतले माग नै नगरेको विषयमा प्रवेश गरेर नेकपाको विषयमा फैसला गरेको टिप्पणी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रावलले यस्तो बताएका हुन् । आफूहरु एमालेमा फर्किएको सुनाउँदै उनले अब पार्टीलाई एकदम […]
२५ फागुन, काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । परीक्षा जेठ २६ देखि असार ४ गतेसम्म हुनेछ । कोभिड-१९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई […]
२५ फागुन, काठमाडौं । फागुन २३ गतेदेखि काठमाडौं लगायत देशभर दोस्रो चरणको कोरोना खोप अभियान जारी छ । ६५ वर्षमाथिका जेष्ठ नागरिकहरुले पनि अहिले धमाधम आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाइरहेका छन् । काठमाडौंको चावहिलस्थित ऊँ अस्पताल खोप केन्द्रमा पनि जेष्ठ नागरिकहरु कोरोना खोप लगाउने पुगिरहेका छन् । सो खोप केन्द्रमा मंगलबार एकजना […]
२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीले स्वतन्त्र रुपमा निर्णय गर्न पाउने अधिकार अपहरण गरेको बताएका छन् । मंगलबार माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले राजनीतिक पार्टीहरु स्वतन्त्र हुन् कि अधिनस्त हुन् भन्ने गम्भीर प्रश्न उठेको बताए । ‘राजनीतिक प्रकृतिको निर्णय र मागदावी […]
कैलाली । नेकपाका बारेमा आइतबार सर्वोच्च अदालतले गरेको फैसलासँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अस्तित्व समाप्त भएको छ । सर्वोच्च अदालतको फैसलाअनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा स्थापित भएका कारण संघीय सरकार र प्रदेश सरकारमा त्यसले पार्ने प्रभावबारे लेखाजोगा गर्न थालिएको छ । सर्वोच्चको […]
बाजुरा २५, फाल्गुन । बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक कालाजार रोगका बिरामीको सफल उपचार भएको छ। यसअघि कालाजारका बिरामीलाई तराईका जिल्ला, सुुर्खेत तथा नेपालगञ्ज रेफर गर्नुपर्ने बाध्यता थियो। तर कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाटै कालाजारको उपचार हुने भएपछि उक्त बाध्यताको अन्त्य भएको स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुुराज जैशीले बताए।पहिलोपटक कालाजारबाट ग्रसित भएकी स्वामीकार्तिक खापर […]
जुम्ला । एक छाक सादा खानाको कति पर्छ ? भन्दा सहजै जवाफ आउन सक्छ सामान्यतया १ सय रुपैयाँ । तर, कर्णाली प्राविधिक शिक्षालयको सामूहिक भान्छामा भने साकाहारी खानाको १२ रुपैयाँदेखि ४५ रुपैयाँसम्म पर्ने गरेको छ । यहाँका विद्यार्थीहरुको एउटा नियम छ । एक वर्षको लागि सुरुमै १२ देखि १५ हजार रुपैयाँ मेसमा बुझाउने विद्यार्थीको संख्याअनुसार […]
काठमाण्डौ । मष्तिष्कघात भई २०७७ फागुन १४ गते शुक्रबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ । नर्भिक अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्थामा सुरुवातका केही दिनमा राम्रो सुधार भए पनि शनिवार बिहानदेखि एक्कासी समस्या आएको हो । […]
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले गोपाल किराती अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र र सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई खारेज गरेको छ । साविकका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई सर्वोच्च अदालतले मान्यता नदिई पूर्वपार्टीकै हैसियतमा कायम गरिदिएपछि पछि दर्ता भएका किराती र तिवारीको पार्टीलाई खारेज गरेको हो । मंगलबार बसेको आयोगको […]
२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने […]
२५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर […]
२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठकमा पार्टी पुनर्गठन प्रक्रिया र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिए । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई व्युँताइदिएपछि माओवादी केन्द्रको स्थायी कमिटीको बैठक […]
२५ फागुन, काठमाडौं । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँचजनामध्ये ४ जनाको शव भेटिएको छ । एकजनाको अझै भेटिएको छैन । तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश […]
काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि संचालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको एसईई जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो […]
काठमाडौँ — अदालतले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता खारेज गरिदिएसँगै भावी सत्ता गठबन्धनमा प्रमुख प्रतिपक्ष कांग्रेस र जसपा निर्णायक शक्ति बनेका छन् । यी दुई विपक्षी दलले सत्ता गठबन्धन वा निर्वाचनमध्ये कुन बाटो लिन्छन्, त्यसैबाट भावी राजनीतिको दिशा तय हुने देखिन्छ । कांग्रेस नेताहरूले अदालतको पछिल्लो निर्णयपछि संसद् सहज रूपमा अघि बढ्ने देखेका छैनन् । आइतबारबाटै […]
२५ फागुन, विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रलाई व्युँताउने सर्वाेच्च अदालतको फैसलाले राजनीतिक कोर्स नै परिवर्तन गरिदिएपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राई झन् शक्तिशाली बनेका छन् । प्रचण्ड पक्षको साथ छोडेर एमालेमै फर्किने माधव नेपाल पक्षको निर्णयले शेरधन शक्तिशाली बनेका हुन् । ९३ जना सदस्य रहेको १ नम्बर प्रदेशसभामा एमालेका ५१ सदस्य छन् […]
काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल संयुक्त रुपमा अध्यक्ष रहेको पार्टीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दिन नमिल्ने फैसला गरेसँगै मुलुकमा राजनीतिक कोर्स परिवर्तन भएको छ । सर्वोच्चको उक्त फैसलासँगै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा फर्किएका छन् । दुवै दल पार्टी एकताभन्दा अघिको अवस्थामा फर्किएसँगै सत्ता समीकरणका […]
२४ फागुन, सुर्खेत । कर्णाली प्रदेशका हिमाली भेगमा हिउँ परेपछि कोरोनाविरूद्धको खोप लगाउने कार्यक्रम प्रभावित भएको छ । आइतबारदेखि सुरु भएको खोप कार्यक्रम हिउँ परेपछि सोमबार अवरूद्ध भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आइतबार रातिबाट नै हिउँ पर्न थालेपछि सोमबार खोपकार्यक्रम अवरुद्ध भएको हो । हिउँ परेपछि हुम्ला, माथिल्लो मुगु […]
२४ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले संघीय शिक्षा ऐन ल्याउने तयारी गरिरहेको बताएका छन् । २०२८ सालको शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखिएको सबै विषय समेट्न नसकेको भन्दै उनले अब नयाँ शिक्षा ऐन ल्याउने तयारी गरेको बताएका हुन् । चन्द्रागिरि नगरपालिका–१५ नैकापमा निर्माण हुन लागेको विष्णुदेवी माविको भवन शिलान्यास […]
२४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्स्थापित संसदको पहिलो दिनको बैठकमा भएको बहिस्कार र नाराबाजीलाई पहिलो गासमै झिँगा भनी टिप्पणी गरेका छन् । आइतबारको संसद बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै नेकपाको प्रचण्ड–माधव समूहले बहिस्कार गरेको थियो भने विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्टम घेराउ गरेर नाराबाजी गरेको थियो । […]