होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्थीले छ वटै विषयको […]
विपक्षी गठबन्धनमा सम्बद्ध प्रमुख पाँच विद्यार्थी संगठनले आज देशभर प्रदर्शन गर्दै छन् । प्रधानमन्त्री केपी शर्माको असंवैधानिक कदमको बिरोध गर्दै विहीबार दिउँसो ३ बजे उपत्यकाको प्रदर्शनी मार्ग तथा देशका विभिन्न स्थानमा स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक दूरी कायम गर्दै बिरोध प्रर्दशन गरिने भएको हो । काँग्रेस निकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), एमालेको माधव नेपाल […]
८ असार, काठमाडौं । २०७६ सालको चैतदेखि ०७८ सालको जेठसम्म विभिन्न कारणले २६८ जना गर्भवतीले ज्यान गुमाएका छन् । ०७७ सालको चैतदेखि ०७८ को जेठसम्म मात्रै ४५ जना गर्भवतीले ज्यान गुमाएको परीवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाको अनुसार अहिलेसम्म कोरोना संक्रमणबाट ३३ जना गर्भवतीको ज्यान गएको छ । महाशाखामा आएको तथ्यांकहरु मध्ये अस्पतालमा भर्ना […]
काठमाडौं, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अब सम्वाद नहुने भएको छ । पार्टी एकताको लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि खेर गएको छ । खासगरी कर्णाली प्रदेशका सांसदहरुको पूनर्वहाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएपछि दुई पक्षबीचको वार्ता भंग […]
८ असार, काठमाडौं । आइतबार साँझ ‘क्लबहाउस’को दोहोरी गायन समूहमा एक युवकले आफ्नो रहस्य खोल्दा सहभागीहरू आश्चर्यमा परे । ती युवकका अनुसार समय कटाउन लगातार २० घन्टादेखि उनी क्लबहाउसकै विभिन्न ग्रुपमा जोडिएका थिए । त्यस्तै दुई सातादेखि निरन्तर क्लबहाउसका विभिन्न विषयमा बहसमा सक्रिय थिए । छलफलमा ती युवकले भने, ‘म बीस घन्टादेखि क्लबहाउसमै छु, साथीहरू […]
असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु भएसँगै असार १ गतेदेखि देशभरका विद्यालयमा भर्ना अभियान थालिएको छ । भर्ना अभियान सुरु भएको एक सातामै केही सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढेको छ । कोरोना महामारीको प्रभावका कारण सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना हुन आउने विद्यार्थीको संख्या बढिरहेको उनीहरूको भनाइ छ । कोरोना महामारीका […]
८ असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको उनले बताए । देशै के हुने हो भन्ने जस्तो स्थिति आएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘धेरै नपाली जनता सचेत रहेकाले र […]
सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो […]
८ असार, चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक धाउँछन् । यी ब्यापारी मात्रै होइन जिल्लाका धनाढ्यमा गनिनेहरुले पनि छोड्दैनन् सामाजिक सुरक्षा भत्ता । राज्यले विपन्नलाई सहयोग पुगोस् भनेर दिने यस्ता सुविधा ‘अधिकार’ भन्दै करोडौँ आम्दानी गर्नेहरुले […]
७ असार, काठमाडौं । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । उनको रिटमा मंगलबारका लागि पेशी तोकिएको छ । फागुन २३ गतेदेखि चैत ३ गतेसम्म सञ्चालित […]
नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम पनि दिइएको छ । हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरुमा पुष्टि भइसकेको मन्त्रालयका सहप्रवक्ता समीर कुमार […]
७ असार, कर्णाली । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ । लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो । सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको […]
काठमाडौँ- आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन्। आइतबार राति साढे ८ बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् । उनको बायाँ चिउँडोको मुनि र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार […]
अनलाइन टिभी पत्रकार सङ्घले पत्रकार परिचयपत्रको दुरुपयोग भइरहेकाले रोक्न माग गरेको छ । सङ्घका महासचिव पवन फुयाँलले आइतबार प्रेस वक्तव्य जारी गर्दै बन्दाबन्दीमा पत्रकारका नाममा गैरपत्रकारबाट पत्रकार परिचयपत्रको प्रयोग बढेकाले रोक्न माग गरेका हुन् । गैरपत्रकारले पत्रकारको परिचयपत्र लिएर बन्दाबन्दीका बेलामा पनि हिँडडुल गर्ने, पत्रकारले पाउने पहुँचको प्रयोग गर्नेलगायतका क्रियाकलाप भइरहेको सङ्घले जनाएको छ । […]
७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । […]
काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय सर्वोच्च अदालतसँग मतभेद बढेको छ । भित्र भित्र बढेको मतभेद सतहमै देखिन थालेको हो । त्यसो त प्रधानमन्त्री ओलीले क्याबिनेटमै अदालतप्रति असन्तुष्टि पोखेका थिए । उनले क्याबिनेटका मन्त्रीहरुलाई ब्रिफिङ गर्दै अदालतले राजनीतिलाई कता लान्छ भन्ने अन्यौल रहेकोले मानसिक रुपमा तयार हुनुपर्ने समेत बताएका थिए । […]
काठमाडौं, असार ३ । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म सात जनाको ज्यान गएको छ भने दर्जनौ मानिष बेपत्ता भएका छन् । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं […]
काठमाण्डाै – लगातारको वर्षाका कारण देशका धेरै नदी तथा खोलामा बाढी आएको छ । मनसुन सक्रिय नै रहेकाले आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । यसले गर्दा आज पनि ठूला तथा साना नदी, खोलामा बाढीको सम्भावना रहेको विज्ञले बताएका छन् । विज्ञले आज कोशी, नारायणी, कर्णाली र महाकालीलगायत केही नदी तथा खोलामा […]
काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ५ दलका ५ नेताले प्राकृतिक विपत्तिको सामनामा उदासिनता देखिएको भन्दै सरकारको आलोचना गरेका छन् । प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्वतयारी नगरी सरकारले गैरजिम्मेवार पन देखाएको उनीहरुले बिहीबार संयुक्त वक्तव्य जारी गरेर बताएका हुन् । विज्ञप्तिमा बाढी र पहिरोमा परि ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त […]
३ असार, काठमाडौं । कन्टेनर गाडीमा रहेको १४३.३ किलोग्राम अवैध लागूऔषध गाँजासहित हेटौंडाबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभञ्ज्याङमा ना १ ख ९९१० नम्बरको कन्टेनर गाडीमा रहेको उक्त परिमाणको गाँजासहित तीन जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गाडी चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–५ सिगार्सेका २८ वर्षीय सनकबहादुर तामाङ, […]