होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताको आह्वान गरेको छ । संविधानको धारा २७१ बमोजिम आयोगले आगामी मंसिर १६ गते तय भएको उपनिर्वाच्नका लागि दल दर्तासम्बन्धी सूचना निकालेको हो । दल दर्ताका लागि निवेदन दिँदा राजनीति दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने छ । यस्तै दलको विवरण, वार्षिक […]
नागरिक रैबार। जिल्ला प्रशासन कार्यालय बाजुराले आजबाट राष्ट्रिय परिचय पत्रको सेवा बन्द गरेको छ । बुधबार एक सार्वजनि सूचना जारी गर्दै प्रशासनले राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रेपछि सेवा केहि दिनका लागि सेवा बन्द गरेको हो । राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनमा रहेको आइरिस उपकरण बिग्रिएको र उपकरण जिल्लाभित्र मर्मत गर्न सम्भव नभएपछि सेवा बन्द […]
काठमाडौँ — दसैंका लागि आगामी असोज १२ गतेबाट गाडीको अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकायहरुको उपस्थितिमा भएको छलफल पश्चात् अग्रिम बुकिङ खुल्ला गर्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिए । बुकिङ खुल्ला गरिएसँगै यात्रुको चाप हुने क्षेत्रमा यात्रु सहायता […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका छन् । मंगलबार साँझ फेसबुक लाइभबाट लामिछानेले संसदीय छानबिन समितिले प्रतिवेदनमा गरेको सिफारिस कार्यान्वयन गर्न तयार रहेको बताएका हुन् । उनले आफू ग्यालेक्सी टेलिभिजनमा रहँदा भएको ‘आर्थिक अपचलन’को जिम्मेवारी लिन तयार रहेको पनि बताए । […]
धनगढीः सुदूरपश्चिममा सीमा नाका भएर स्वदेश फर्कनेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। नेपाल–भारत सीमा नाका हुँदै सुदूरपश्चिम प्रवेश गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको हो। कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा), जुलाघाट बैतडी, पुलघाट नाका दार्चुला र जोलाजिमी नाका दार्चुलाबाट कामका लागि भारतका विभिन्न सहर पसेकाहरु यतिबेला स्वदेश फर्कन थालेका छन्। पछिल्लो एक साताता ठुलो संख्यामा […]
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले साउन २३ देखि ३१ गतेसम्म सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को पूरक (ग्रेडवृद्धि परीक्षा)को नतिजा सोमबार प्रकाशन गरेको हो। परीक्षामा सहभागी भएका २ लाख १० हजार ३२१ परीक्षार्थी मध्ये १ लाख १९ हजार ४२५ परीक्षार्थी अर्थात ५६.७८ प्रतिशत परीक्षार्थीहरुले ग्रेड प्राप्त […]
Tata box 1 यसपालि मनसुन लम्बिने भएको छ। मनसुन लम्बिएर दसैंसम्मै वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाकी वरिष्ठ मौसमविद् प्रतीभा मानन्धरले मनसुन बाहिरिने सरदर मितिभन्दा पाँच दिन पर धकेलिने सम्भावना देखिएको बताइन्। नेपालमा सामान्यतया अक्टोबर दुई तारिख (असोज १६) मा मनसुन बाहिरिने गर्छ। यसपटक लम्बिएर […]
काठमाण्डाै – आउँदो बिहीवारसम्म नै मौसम बदली र पानी पर्ने सम्भावना रहेकाले मौसमविद्ले मुख्यगरी धानखेती गरेका किसानलाई सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् । हिजो/अस्तिको तुलनामा अबको तीन दिन अर्थात् सोमवारसम्म पानी पर्ने क्रम केही बढ्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले देशका विभिन्न ठाउँमा हल्कादेखि केही ठाउँमा ठूलो […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली अहिले बिहान साढे ११ बजे कतार एयरलाइन्सबाट अमेरिकाको न्यूयोर्कमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद […]
काठमाडौँ । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् । उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या […]
नागरिक रैबा। गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधबार बसेको बैठकले उनीहरूको जिम्मेवारी हेरफेर गरेको हो। गृहले बाजुराका प्रमुख जिल्ला अधिकारी भिमकान्त पाैडेललाई सरुवा गरेर मेघनाथ पाध्यालाई पठाउने भएको छ । बाजुराका सिडियो भिमकान्त पौडेललाई गृह मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद […]
काठमाडौं : आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए । संविधान निर्माण […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमार्फत जनताले प्राप्त गरेका अधिकारको रक्षा, प्रयोग र थप परिस्कृत गर्दै जनताको अवस्था बदल्न दृढताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् । संविधान दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवाद निर्माणको अभियानमा अघि बढ्नु अबको सुस्पष्ट बाटो भएको […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै सबै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताएका छन् । संविधानले विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा संयोजन गरेको राष्ट्रपति पौडेलको भनाइ छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ […]
काठमाडौँ । सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकांक्षाको प्रतिबिम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा शुभकामना […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन् । अहिलेको संविधानको सबैलाई अधिकार सम्पन्न गराएको भन्दै ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको बताएका छन् । आज संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले लेखेका छन्, ‘आज संविधान दिवस, हाम्रो […]
काठमाडौँ । नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पमा ढलेको भीमसेन स्तम्भको छेउमै धरहरा बनेसँगै संविधान दिवसको दिन बिहीबार सर्वसाधारणका लागि खुला गरिएको हो । संविधान दिवसको अवसरमा खुला गरिने धरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएको सहरी […]
काठमाडौं । भोलि बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौंको सुन्धारास्थित नवनिर्मित धरहरा ३ असोजदेखि अन्तरिम रुपमा सञ्चालन गर्ने निर्णय ७ भदौको मन्त्रिपरिषद बैठकले नै गरेको थियो । लगतै संविधान दिवसको अवसर पारेर धरहरा चढ्न पाउने व्यवस्था गर्न सरकारले शहरी विकास मन्त्रालयमार्फत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) का परियोजनालाई निर्देशन […]
काठमाडौँ —भैरहवा र पोखरामा ६५ अर्ब लागतमा निर्मित दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि हवाई रुट तथा अवतरण प्रणाली इन्स्ट्रुमेन्ट ल्यान्डिङ प्रणाली (आईएलएस) का विषयमा भारतीय समकक्षीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई आश्वासन मात्रै दिएका छन् । भारतको नयाँ दिल्लीमा बुधबार भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को एसिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनका […]
काठमाडौँ —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदै छ । मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको […]