होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : सरकारले अविरल वर्षाका कारण प्राकृतिक प्रकोपमा परेको नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको छ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा शनिबार सिंहदरबारमा बसेको आपतकालीन समन्वयात्मक बैठकले प्राकृतिक प्रकोपका घटनाप्रति दुख व्यक्त गर्दै नागरिकको उद्धार र राहतमा कुनै कमी हुन नदिने निर्णय गरेको हो। बैठकले प्राकृतिक प्रकोपबाट प्रभावितलाई आवश्यक राहत क्षतिपूर्ति दिने […]
सरकारले हाल जारी रहेका परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ। कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा शनिबार दिउँसो बसेको आपतकालीन समन्वयात्मक बैठकले भारी वर्षा भइरहेकाले अहिले चलिरहेका परीक्षाहरू केही समयका लागि स्थगित गर्ने निर्णय गरेको हो। ‘भारी वर्षाका कारण अहिले भइरहेको परीक्षा थोरै समयका लागि भएपनि स्थगित गर्ने निर्णय भएको छ,’ बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता […]
काठमाडौं – तीन दिनदेखि परिरहेको अविरल वर्षा आज बेलुकादेखि कम हुँदै जाने अनुमान गरिएको छ । बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले पछिल्ला तीन दिनमा भइरहेको वर्षाको स्तर बेलुकादेखि विस्तारै कम हुँदै जाने राससलाई जानकारी दिए । ‘आज बेलुकादेखि नै वर्षा केही कम हुन सुरु हुन्छ, तर ठ्याक्कै रोकिने होइन, भोलिसम्मै रहन सक्छ, जुन ‘इन्टेन्सिटी’मा […]
काठमाडौं– सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका […]
काठमाडौं– अविरल वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरेको छ । आज बिहान करिब २:३० बजे तिर आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।सो क्षेत्रमा फसेका यात्रुहरूलाई चन्द्रागिरी नगरपालिका ले बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ ।
काठमाडौँ । अविरल वर्षासँगैको बाढीपहिरोमा परेर देशभर ६० जनाको मृत्यु भएको छ । यस्तै ६४ जना बेपत्ता भएका छन् । सशस्त्र प्रहरीले देशका विभिन्न स्थानमा बाढी पहिरोमा परेर सो सङ्ख्याका मानिसहरूको मृत्यु भएको पुष्टि गरेको हो। सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाका अनुसार बाढी–पहिरोमा परेर पाँचथरमा ५, धनकुटामा २, काठमाडौँमा ११, भक्तपुरमा ५, ललितपुरमा १८, काभ्रेमा […]
नागरिक रैबार/बाजुरा १२ असोज।नेकपा एमाले जिल्ला कमिटी बाजुराको जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम शनिबारबाट मार्तडीमा सूरु भएको छ । नेकपा एमाले केन्द्रिय कमिटी उपमहासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम आजबाट सूरु मार्तडीमा सूरु भएको हो । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओलीको अध्यक्षतामा संचालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको […]
काठमाडौं– दशैंका लागि लक्षित गरी आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ । आज बिहान ६ बजेदेखि नै अग्रिम टिकट बुकिङ खुला भएको हो । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएकाहरुलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरिएको हो । घटस्थापना आउन पाँच दिन बाँकी रहँदा सरकारले अग्रिम टिकट […]
सिन्धुली । सिन्धुलीको दुम्जामा ३१ जना बढीमा फसेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३१ जना शिक्षक र विद्यार्थी फसेका हुन् । बाढीमा ३ शिक्षक र २८ विद्यार्थीसहित ३१ जना फसेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत […]
नागरिक रैबार/बाजुरा ११ असाेज । नेकपा एमालेका केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवाली बाजुरा आउने भएका छन् । नेकपा एमाले बाजुराको भाेलिदेखि संचालन हुने प्रशिक्षण कार्यक्रमका लागि उपमहासचिव ज्ञवाली बाजुरा आउन लागेकाे पार्टीका प्रचार विभाग प्रमुख राजन राेकायाले बताएका छन् । उपमहासचिव ज्ञवाली आज साँझ मार्तडी आईपुग्नेछन् । असाेज १२ देखि १४ सम्म संचालन हुने पार्टीको प्रशिक्षण […]
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो वाइडेनबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेनसँग प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्। महासभाका क्रममा अमेरिकी राष्ट्रपति वाइडेन र प्रथम महिला जिल वाइडेनले न्युयोर्कमा स्वागत समारोह गरेका थिए। सो क्रममा प्रधानमन्त्री ओलीले भेटवार्ता गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम छिटो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ७९ औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताए। सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै […]
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले नजिकिएका चाडपर्वका सन्दर्भमा सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । शुक्रबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर दसैँ, तिहार, नेपाल संवत्, छठ र इद जस्ता चाडपर्व जनताले धूमधामसँग मनाउने वातावरण निर्माण गर्न ध्यानाकर्षण गराउन लागेको हो । विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका प्रमुख खिमलाल भट्टराईले कार्यबहाक प्रधानमन्त्री […]
काठमाडौं : संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। ४५ औं पर्यटन दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै पर्यटन मन्त्री पाण्डले हाम्रो संस्कृति,प्रकृति,सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आवद्ध गर्दै नेपालाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नेतर्फ सबैले ध्यान दिनुपर्ने बताएका हुन्। ‘हाम्रो संस्कृति, […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार विहान ११ः३० बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी गराए । पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने बैठकका छलफलका लागि ६ एजेण्डा रहेको झाले जानकारी गराए । छलफलका एजेण्डामा समसामयिक राजनीतिक गतिविधि, चिन भ्रमण र पार्टी गतिविधि रिपोर्टिङ, प्रथम […]
काठमाडौं । सरकारले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ ।गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । उनी हाल कास्कीमा सहायक सीडीओ थिए । यसैगरी रुकुम पश्चिममा कुलबहादुर जिसीलाई सीडीओको रुपमा पठाइएको छ । कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका […]
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर वर्षा भइरहेको छ […]
काठमाडौँ । १६ महिनादेखि सार्वजनिक यातायातको भाडादर वैज्ञानिक प्रणालीअनुसार समायोजन हुन सकेको छैन । पछिल्लो पटक सरकारले २०८० जेठ २ गते सार्वजनिक यातायातको भाडादर समायोजन गरेको थियो । सार्वजनिक यातायातको भाडा समायोजन गर्दा मुख्य आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुनुपर्छ । यसो भएमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन […]
काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार रात्रीकालीन बस नचलाउन आग्रह गरेको छ । जल तथा मौसम विभागको बिहिबारको प्रक्षेपणअनुसार बिहिबारदेखि १३ गते आइतबारसम्म ४ दिन भारी वर्षा हुने भएपछि भोलि र पर्सि रात्रीकालिन बस नचलाउन आग्रह गरेको हो । त्यस्तै प्राधिकरणले सो समयमा धान नकाट्न, काटिसकेको भए तत्काल थन्काउन, […]
नागरिक रैबार। बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको हिजो राति साढे ११ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर कटुवालले बताएका छन् । यस्तै मंगलबार राति चट्याङ लागेर गाैमुल गाउँपालिका-४ कि साउनी राेकाया घाइते भएकी छन् भने […]