होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । संसद डा. तोसिमा कार्कीले […]
काठमाडौं– भारतको पाँच दिनको भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारतको नयाँदिल्ली गएकी मन्त्री राणा आज अपराह्न ४ बजे स्वदेश आइपुग्ने उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको […]
काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ । सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ मा दुर्घटना भएको थियो । उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब २ बजेतिर निधन भएको प्रहरीले जनाएको छ । उनी […]
काठमाण्डौ – हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् […]
काठमाडौं: नेपाल टेलिकमको सेवा अवरुद्ध हुने भएको छ। टेलिकमले ग्राहक सेवा प्रणाली स्तरोन्नति गर्न लागेकाले आज राति ब्यालेन्स रिचार्ज, प्याकेज खरिद र सोधपुछ सेवा प्रभावित हुने भएको हो। नेपाल टेलिकमको ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कार्य आज राति गर्दै छ। त्यसक्रममा शुक्रबार साउन ३२ गते राति ११ बजेदेखि करिब चार घण्टा सेवा प्रभावित हुने टेलिकमले जनाएको […]
डोटीः डोटीमा बस दुर्घटना भएको छ। धनगढीबाट दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दिपायलको सिलगडी नगरपालिका-४ समुहगाडमा आज बिहान ५ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बसमा सवार १४ जना पुरुष र २ जना महिला घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुको सुजङ् अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ ।बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा […]
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले असोजको पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने भएको छ । बिहीबार सकिएको स्थायी समिति बैठकले छलफल र सुझावका आधारमा असोजको पहिलो साता केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको हो । केन्द्रीय समिति बैठक बोलाउनुअघि प्रदेशस्तरीय संयुक्त परामर्श समितिको बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । प्रदेश सभा बैठकमा विश्वासको मत लिने तयारी गरिएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । नेकपा एमाले, काँग्रेस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २६ गते शाह मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । ५३ सदस्यीय प्रदेश सभा रहेको यहाँ बहुमतको सरकार निर्माणको लागि […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । कार्यवाहक प्रवक्ता मनिष झाले बैठकमा छलफलका लागि मुख्यगरी पाँच एजेण्डा तय गरिएको बताए ।उनका अनुसार समसामयिक राजनीतिक घटनाक्रमसहित प्रस्तावित जलन सम्बन्धी गैरसरकारी विधेयक, प्रतिनिधि सभाको बैठक र समितिमा छलफल भइरहेका विधेयकहरू सम्बन्धी, कानुन, न्याय तथा मानव अधिकार समितिबाट सर्वसम्मतिले […]
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूसँग स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ । प्रधानमन्त्री ओलीले जाडाेअगावै निर्वाचन मिति तय […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। […]
काठमाडौं, २६ साउन । ब्राजिलको राजधानी पाउलोमा भएको विमान दुर्घटनामा ६१ जनाको मृत्यु भएको छ । शुक्रबार भएको विमान दुर्घटनामा ५७ जना यात्र र चालक दलका ४ सदस्यसहित ६१ जनाको मृत्यु भएको हो । ब्राजिलको दक्षिणी सहर परानाको कास्काभेलबाट साओ पाउलो सहरको ग्वारुल्होस जाँदैगरेको विमान भिन्हेडो सहरनजिकै दुर्घटना भएको हो । विमानमा सवार ६१ जनाकै […]
जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार राति सुर्खेत-जुम्ला सडकखण्डअन्तर्गतको कालीकोट जिल्लाको राँचुली, मोल्फा र फुर्केमा आएको पहिरोले सडक अवरुद्ध भएको हो । बिहानैदेखि पहिरो हटाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । राँचुली, मोल्फालगायत स्थानमा सानाठूला पहिरो जाँदा सडक अवरुद्ध भएपछि जुम्ला र मुगुबाट सुर्खेत, […]
जुम्ला – जुम्लाको सरकारी टोली भगवती पूजाका लागि बाजुरा जिल्लाको धार्मिकस्थल बडिमालिकातर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरास्थित बडिमालिका भगवती मन्दिरको पूजाआजाका लागि जुम्लाको सरकारी टोली शुक्रबार प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रशासकीय अधिकृत मीनबहादुर रावलको नेतृत्वमा पुजारी विष्णुप्रसाद उपाध्यायसहित दर्जनौं भक्तजनको टोली बडिमालिका प्रस्थान […]
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानको मापन अनुसार भेरी नदीको समजिघाट केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको छ । त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ । आज रामेछाप, दोलखा, […]
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगमको सुधारबारे नेपाल वायु सेवा निगमका पदाधिकारीसँग छलफल गरेका छन् । शुक्रबार मन्त्रालयमा भएको छलफलका क्रममा मन्त्री पाण्डेले राष्ट्रिय ध्वजा वाहक जहाजलाई नेपालीहरूले गर्व गर्न लायक बनाउन निर्देशन दिएका हुन्। छलफलका क्रममा मन्त्री पाण्डेले भने,राष्ट्रिय ध्वजा वाहक विमान आम नेपाली जनताको गर्व […]
काठमाडौँ । देशभर पाँच जिल्लामा हैजा फैलिएको छ । ललितपुर, काठमाडौँ, कैलाली, प्युठान र रुपन्देहीमा हैजा फैलिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर ४७ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । सो मध्ये सबैभन्दा बढी ललितपुरमा ३४ जनालाई हैजा देखिएको छ । यस्तै, कैलालीमा ८ जना, काठमाडौँमा २ जना, प्युठानका २ […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सृजनशील बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार ३०औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहहरूलाई थप समावेशी बनाउनका लागि संविधानले मान्यता […]