होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः सुदूरपश्चिममा राज्य पक्ष र अन्य पक्षबाट गरी सन २०२१ मा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७ सय ६ घटना घटेको तथ्यांक सार्वजनिक गरिएको छ। यो अवधिसम्ममा २२ जना पुरुष र १२ जना महिला गरी ३४ जनाको हत्या भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ ले देखाएको छ। बाल अधिकार, गिरफ्तारी, अमानवीय व्यवहार, महिला अधिकार, […]
सुर्खेत । कर्णाली प्रदेशमा मानवअधिकार उल्लंघन र ज्यादतीका गम्भीर घटनामा पुरुषभन्दा हिला पीडित देखिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णालीले ‘नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२’ मार्फत शनिबार सार्वजनिक गरेको तथ्यांकमा मानवअधिकार उल्लंघनका घटनामा महिला बढी पीडित भएको देखिएको हो । इन्सेकले सन् २०२१ मा संकलन गरेको मानवअधिकार उल्लंघनका घटना विवरणअनुसार प्रदेशमा एक […]
काठमाडौं । नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले नेपालमा जारी एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन् । एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरुले आज संसद भवन घेराउ र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय पनि गरेका छन् । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, […]
काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले जनतालाई भोक, रोग र शोकमा राख्नु प्रजातन्त्र नभएको भन्दै राजतन्त्र फर्काउनु पर्ने इच्छा व्यक्त गरेका छन् । ७२औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले प्रजातन्त्रको नाममा भइरहेको अभ्यासले राष्ट्रिय एकतालाई संकटापन्न अवस्थामा पुर्याएको आरोप लगाएका छन् । यसो हुनुमा नेतृत्वको मात्र दोष हो कि प्रणाली पनि परिवर्तन योग्य छ भन्नेबारेमा […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिहरुलाई नदीजन्य पदार्थको उत्खननको मापदण्डको विषयमा परिपत्र गरेको छ । मन्त्रालयले नदीजन्य पदार्थको उत्खनन वा संकलन गर्ने स्थानमा सूचनापाटी राख्न सर्वोच्चले दिएको आदेश पालना गर्न परिपत्र गरेको हो । ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ को दफा […]
महेन्द्रनगरः महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु […]
जुम्ला । जुम्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरणको परियोजना लागू भएको पाँच वर्र्षपछि यहाँका आठवटै स्थानीय तहमा स्याउ सुपरजोन कार्यक्रम सञ्चालन हुने भएको छ । परियोजना एकाइ जुम्लाका निमित्त कार्यालय प्रमुख गङ्गा पोख्रेलका अनुसार पहिले चार स्थानीय तहमा कार्यक्रम सञ्चालन भएको थियो । यहाँको चन्दननाथ नगरपालिका सहित तातोपानी, गुठीचौर र पातारासी गाउँपालिकामा सञ्चालन भइरहेको थियो । अब […]
दार्चुलाः अपिहिमाल गाउँपालिका–५ सौगन्नाकी धुर्मा धामी पुरुषले सरह अप्ठ्यारो भारी बोकेर सधैँ गाउँपालिका केन्द्रसम्म पुग्छिन्। पालिका केन्द्रसम्म सडक नपुगेकै कारण उनले दिनहुँ मकरीगाडबाट सरिया, जस्तापाताजस्ता अप्ठ्यारो भारी गाउँपालिका केन्द्रसम्म पु¥याउने गरेकी हुन्। गाउँपालिका केन्द्रमा अहिले प्रशासकीय भवन निर्माण भइरहेको छ। भवन निर्माणका लागि चाहिने सरिया बोकेर उनी दिनहुँ यहाँ पुग्ने गर्छिन। त्यसबाहेक उनले स्थानीयदेखि व्यापारिक […]
काठमाडौ: सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत रकम उपलब्ध गराउन एक अर्ब निकासा गरेको छ। हाललाई जिल्ला विपद् व्यवस्थापन समितिबाट यकिन भई आएका जिल्लालाई मापदण्ड बमोजिमको आधार र प्रक्रिया पूरा गरी रकम उपलब्ध गराउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव समेतको उपस्थितिमा […]
काठमाडौं । भारतको विशेष अदालतले १४ वर्ष अघि भएको एक श्रृंखलाबद्ध बम विष्फोटको घटनामा संलग्न ३८ जनालाई फाँसीको सजाय सुनाएको छ । अन्य ११ जनालाई आजीवन कैदको सजाय सुनाइएको छ । सन् २००८ मा अहमदावाद बम विष्फोटमा ७७ जना आरोपी थिए । तीमध्ये ४९ जना दोषी ठहर भएका हुन् । २८ जनाले भने सफाइ पाएका […]
नेपालगन्ज — बिहेको रौनक सुरु भइसकेको थियो । भोजका लागि चाहिने सामग्रीले घर भरिएको थियो । केटा पक्षलाई लत्ताकपडा र छोरीलाई दिइने भाँडाकुँडा जुटाइएको थियो । इष्टमित्र र टाढाबाट पाहुना आउँदै थिए । प्रेसबाट छापिएर आएका एक हजार निमन्त्रणा कार्ड बाँड्न मात्रै बाँकी थियो । एकाएक केटा पक्षले दाइजोका अनेकौं माग राख्न थाले । केटी पक्ष अलमलमा परे । विवाद भयो । सुरुमा […]
आसन्न स्थानीय तहको निर्वाचनमा लम्की चुहा नगरपालिकाको मेयरमा स्थानीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय २१ वर्षीय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएकाे भन्दै उम्मेदवारी घाेषणा गरेका हुन् । लम्कि बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका […]
उपसचिव सीता परियार दलित समुदायबाट पहिलो प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेकी छिन् । गृह मन्त्रालयले उनलाई हुम्लाको सिडिओको जिम्मेवारी दिएको छ । कास्कीको रूपा गाउँपालिका– ६ की स्थायी बासिन्दा परियार ०६८ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेकी थिइन् । त्यसको तीन वर्षपछि नै खुला प्रतियोगिताबाट उपसचिवमा नाम निकालेकी उनी पछिल्लो समय जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक प्रमुख […]
काठमाडौं । रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सुरु हुँदै छ । यान्त्रिक परीक्षण उडानका लागि थाइल्याण्डबाट एरो थाईको विमान बिहीबार साँझ गौतम बुद्ध विमानस्थलमा पुगेको छ । आज बिहान १० बजेदेखि परीक्षण उडान सुरु हुने छ । परीक्षण उडानको क्रममा अन्य उडानहरु प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ […]
धनगढी: बझाङको एक पसलमा आगलागी हुँदा लाखौँको क्षती भएको छ। बित्थडचिर गाउँपालिका–१ बित्थडबजारका ४० वर्षीय व्यापारी वीर बहादुर बोहराको पसलमा आगलागी हुँदा लाखौं रुपैया बराबरको धनमाल नष्ट भएको हो। पसलमा विद्युत सर्ट भएर बिहीबार बिहान आगलागी हुँदा नगद ५० हजार, खाद्यान्न, विभिन्न ब्राण्डका मदिरा लगायत जलेर करिब ३१ लाख ४४ हजार रुपैयाँ बराबरको धनमाल नष्ट […]
६ फागुन, मान्म (कालीकोट) । कालीकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कालीकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्धि भएको कार्यालयका सूचना अधिकारी […]
बैतडी: नेपाल पत्रकार महासंघ बैतडीको शाखाको नयाँ कार्यसमितिको अध्यक्षमा खगेन्द्र अवस्थी सर्वसम्मत चयन भएका छन्। १८ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा नरी बडू, महिला उपाध्यक्षमा बिन्दु चन्द, सचिवमा तृप्ती शाही, कोषाध्यक्षमा दत्तराम भट्ट (डीआर), सहसचिवमा विनोद सिंह विष्ट, समावेशी सहसचिवमा प्रेम ओड चयन भएका छन्। यस्तै चारजना राष्ट्रिय परिषद् सदस्य र नौजना प्रदेश परिषद सदस्य समेत […]
धनगढीः बझाङको बाहुलीखोलामा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। बझाङको सदरमुकाम चैनपुरमा एसइईको तयारी गरिरहेका साइपाल गाउँपालिका धलौन घर भएका अन्दाजी १७ वर्षीय कल्क बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। बिहिबार दिउँसो बाहुली खोलामा नुहाउन गएका बोहरालाई डुबेको स्थानीयले देखिपछि उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल सिमखेत पुर्याइएको र उपचारको […]
कर्णाली प्रदेशमा विद्युतीकरणमा देखिएका समस्या समाधान गर्न कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहद्वारा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशी, कर्णाली प्रदेश विद्युत प्राधिकरण प्रदेश प्रमुख शम्भु कुसैयात यादव र प्रदेश वन निर्देशक गोविन्दप्रसाद दाहालसँग छलफल गरेका छन् । विद्युत लाइन विस्तार गर्नका लागि रुख कटान गर्नुपर्ने भएकाले मन्त्री सिंहले सरोकारवाला […]
नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् । […]