होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं – काठमाडौंको तीनकुनेसहितका क्षेत्रमा शुक्रबार दिउँसोदेखि जारी कर्फ्यू शनिबार बिहान ७ बजेबाट स्थगित भएको छ ।काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सूचना सार्वजनिक गर्दै कर्फ्यू स्थगन भएको जानकारी गराएका हुन् । पहिलो सूचनामा शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्म मात्र कर्फ्यू आदेश जारी गरेको थियो। त्यसपछि शनिबार बिहानसम्म थप भएको कर्फ्यू स्थिति सामान्य […]
काठमाडौँ — राजावादीको आन्दोलनका क्रममा आगजनीमा परी एक पत्रकारको मृत्यु भएको छ । राजावादी प्रदर्शनकारीले तीनकुनेस्थित एक घरमा तोडफोड गर्दै आगजनी गरेका थिए । सो क्रममा फोटो/भिडियो खिच्न पुगेका सुरेश रजकको आगोले जलेर मृत्यु भएको हो । उनी चौथो तलामा पुगेर दृश्य लिइरहेका थिए । एभीन्युज टेलिभिजनका सञ्चालक भाष्करराज राजकर्णिकारले टीभीका लागि लाइभ गर्दागर्दै उनी […]
काठमाडौं । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको छ । गृहका सहसचिव छवि रिजालका अनुसार अहिलेसम्म १५ सुरक्षाकर्मी घाइते भएको विवरण आएको छ । यो संख्या थप बढ्न सक्ने उनले बताए । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती […]
काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’ आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ । […]
धनगढीः राष्ट्रिय युवा संघ नेपाल सुदूरपश्चिमले भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीले चैत १९ गतेदेखि खुुला पुुरुष भलिबल प्रतियोगिता गर्ने जनाएको हो। प्रदेश कमिटी अध्यक्ष अरुण कुँवरले राष्ट्रिय युवा संघ कप–२०८१ खुला भलिबल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। चैत १९ गतदेखि २३ गतेसम्म धनगढीमा खुला पुरुष भलिबल प्रतियोगिता […]
काठमाडौं । आज मार्च २४ तारिख । हरेक वर्ष आजकै दिन संसारभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तरराष्ट्रिय क्षयरोग दिवस मनाइन्छ । क्षयरोग रोग विरुद्ध जनचेतना जगाउने, सरल र सहज रुपमा उपचारको प्रबन्ध गर्ने, गराउने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको छ । दिवसको यो वर्षको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं । लगानीको प्रतिबद्धता […]
विराटनगर– नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीनिकट पत्रकारहरूलाई सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशन दिएका छन् ।विराटनगरमा आइतबार सुरू प्रेस चौतारी नेपालको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधनका क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । ‘महाधिवेशन आजका दिनमा जुन परिस्थितिमा हुँदै छ, अहिले हामीलाई एकता चाहिएको छ’, उनले भने, ‘हामीलाई प्रतिस्पर्धा होइन, सहमति चाहिएको छ । अहिले कांग्रेस […]
म्याग्दी । म्याग्दीमा हिमपात र हिउँदे वर्षा भएको छ । लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ । वर्षा नहुँदा गहुँ, जौँ, आलुलगायत खाद्यबाली र सागसब्जीखेतीसँगै फलफूलखेतीलाई असर परेको थियो । हिउँदमा वर्षा नभएर बाली नै सुक्ने अवस्थामा पुगेको थियो । वर्षाले खेतबारीमा लगाएको मकै, सिमीलगायत खेतीबाली र फलफूल बगैँचामा सिँचाइ भएको रघुगङ्गा गाउँपालिका–३ […]
बाजुराको त्रिवेणी नगरपालिका वडा नं ९ स्थित बडीमालिका मन्दिर पुग्न चार अर्ब बढी रुपैंया खर्च गरी केबुल कार निर्माण गर्न लागेको समाचारप्रति त्रिवेणी नगरपालिकाले आपत्ति जनाएको छ । विहीबार दिउँसो त्रिवेणी नगरपािलकाले एक पत्रमार्फत ध्यानाकर्षण गराएको छ । उक्त समाचार झुटो भएको र यस्ता अफावाका पछाडी नलाग्न सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ । बडीमालिका […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक विदा दिएको छ।रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो। कैलाली, कञ्चनपुरमा बसोबास रहेको यो समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरीको समापन गर्ने गर्दछन्। पर्वको अवसरमा प्रदेशभर शुक्रवार सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ। […]
काठमाडौँ । सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत २४ गते रामनवमीका दिन सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । त्यस्तै बैठकले नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को […]
काठमाडौं । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै दलित परिवारको घर भत्काइएको विषयमा सांसदहरूले आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । पीडित […]
काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत हुने बताएका छन् ।गृह मन्त्रालयमा आज दर्ज्यानी चिह्न ग्रहण समारोहमा सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । प्रहरी महानिरीक्षक बन्न पाउँदा गम्भिर जिम्मेवारीवोध भएको भन्दै उनले कसैप्रति पूर्वाग्रह नराखी निष्पक्षताका साथ सेवा गर्ने प्रतिबद्धता जनाएका छन् । प्रहरी संगठनलाई नागरिकमैत्री बनाउन सहयोग […]
काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन जारी छ। अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएपनि केहि क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ । यसैक्रममा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन् । फर्जी […]
काठमाडौं । गाईलाई ढुंगाले हानेको घटना संसदमा उठेको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली कांग्रेसकी सांसद सीताकुमारी रानाले यो विषय उठाएकी हुन् । ‘परम्पराको नाममा मान्छे कतिसम्म निच भइदिन्छन् भन्ने बाजुरा जगन्नाथ गाउँपालिका वडानम्बर ६ काभ्रेको घटनाले देखाउँछ’, उनले भनिन् । ‘गौदान पश्चात गरिएको ती हृदयबिदारक घटनाले जो कोहीको पनि मन […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला मालपोत कार्यालय बाजुराका कार्यालय प्रमुख जंगविर सुनारलाई पत्नी शोक परेको छ । उनकी पत्नी पार्वती सुनारको ५१ वर्षको उमेरमा गएराती उपचारका क्रममा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार काठमाण्डाैमा रहेकाे विरेन्द्र शैनिक अस्पताल छाउनीमाउनको मुटु , सुगर तथा थाइराइडको उपचार भईरहेको बेला निधन भएको हो । लामो समयदेखि मुटु […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पारस बहादुर शाहीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी शाहीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो । गाउँपालिकाको निर्णय बमोजिम मन्त्रालयले शाहीलाई पालिकाको आर्थिक तथा प्रशासनिक कार्यको जिम्मेवारी दिएको गाउँपालिकाका अध्यक्ष भरतबहादुर […]
धनगढी । धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो । उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो […]
रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ। हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो। आज नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), चितवन, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, […]